लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, २० असार । प्रतिनिधिसभाको बुधबारको बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची थियो । माओवादीका प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिँहबारे किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार भितम सिंह इन नेपाल’ सार्वजनिक कार्यक्रममा “उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरै चोटि दिल्ली जानु पनि भयो । काठमाडौँमा नेताहरू साथीहरूसँग लगातार छलफल गर्नुभयो” व्यहोराको भनाइ राखेको बिहानदेखि चर्चा चल्यो ।
प्रमुख विपक्षी दल एमालेले यो विषयलाई सत्ता पक्षका नेका, जसपा, एस, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायत विपक्षी दल रास्वपा र राप्रपासमेतलाई पुनः सम्झाउँदै संसद्मा जोडका साथ उठाउनुपर्ने सन्देश प्रवाह ग¥यो ।
सङ्घीय संसद् भवन बानेश्वरमा बैठकको लागि पुगेका सत्ता पक्ष नेका र जसपाका सांसदहरू र विपक्षी एमाले, राप्रपा, रास्वपाका सांसदहरूको मुखमा प्रधानमन्त्री दाहालले बोलेका उक्त भनाइलाई लिएर ‘त्यस्तो भन्न नहुने’ एकै स्वरमा निस्किरहेको थियो ।
प्रधानमन्त्री दाहालको प्रमुख भरोसा नेकाको देउवा गुट प्रधानमन्त्री दाहाललाई समर्थन गर्नुपर्ने र कोइराला गुट प्रधानमन्त्री दाहाललाई विरोध गर्नुपर्ने हाउभाउ देखाउँदै थिए । जसपा खुलेरै प्रधानमन्त्री दाहालको भनाइको विरोधमा थियो भने एस मौन थियो । सीके राउतको जनमत पार्टी प्रधानमन्त्री दाहालको सरकार गिराउने भए असार १३ गते बजेट निर्णयार्थ पेश हुँदा विपक्षमा मत दिनुपर्ने तर्क राख्दै थियो । उक्त दिन दाहालले जसपाका उपेन्द्र यादवलाई संसद् भवनभित्रै भेटवार्ता गरी बजेटको अर्थ विविधमा राखिएको ७३ अर्ब रूपैयाँभन्दा बढी रकम भागबन्डा गरिदिने वाचा गरी समर्थनमा ल्याएका थिए भने जनमत पार्टीले बजेट निर्णयार्थ पेश हुँदा बैठक बहिष्कार गरेको थियो ।
बुधबार बैठक एक घण्टा ढिलो दिउँसो ४ बजे सुरू भयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि आकस्मिक समयमा बोल्न समय माग्नुभएको थियो । एमाले, रास्वपा, राप्रपाले पनि समय मागेका थिए ।
सभामुख देवराज घिमिरेले एमालेका सांसद रघुजी पन्तलाई बोल्न समय दिनुभयो । एमाले अध्यक्ष केपी ओलीको पनि बैठकमा उपस्थिति थियो ।
सांसद पन्तले प्रधानमन्त्री दाहालको भनाइले नेपालीको स्वाभिमानमा चोट लागेको उल्लेख गर्दै अहिले नेपाल रोएको चर्चा गर्नुभयो ।
सांसद पन्तले नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने हो र भनी प्रश्न उठाउँदै नीलाम्बर आचार्य र हरि शर्माको भनाइ उल्लेख गर्दै नेपालको स्वाभिमान होचो बनाएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ईपीजीको प्रतिवेदनबारे कुरा उठाउँदा वातावरण धमिल्ने भएकोले नउठाएको भनी भन्नुभएको दोहो¥याउँदै सांसद पन्तले सन् १९५० को सन्धिबारे प्रम दाहालले उठाउनु भएन बरु नेपालको जलस्रोत भारतको एकलौटी हुने सम्झौता गरेर आउनुभयो । ‘अखण्ड भारत’ नक्साबारे बोल्नुभएन† नेपाललाई कुनै देशको स्याटलाइट बनाउने स्वीकार्य नहुने भएकोले प्रधानमन्त्री दाहालले राजीनामा गर्नुपर्ने र दिल्लीतर्फ नफर्कने प्रधानमन्त्री जरुरी भएको विषयमा जोड दिनुभयो ।
सांसद पन्तले नेपाललाई लेन्डुप दोर्जेको नेपाली संस्करण प्रधानमन्त्री आवश्यक नभएको उल्लेख गर्दै दिल्लीको बिल्लीले म्याउ भनेको हुँदा प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान राख्नुभयो ।
तत्पश्चात् सभामुखले माओवादीका सांसद छिरिङ ल्हामु लामा (महिला) लाई बोल्ने समय दिनुभयो । सांसद ल्हामु बोलिरहँदा एमाले र राप्रपाका सांसदहरू आ–आफ्नो स्थानबाट आपत्ति जनाउँदै थिए । सभामुखले आकस्मिक समय पालोपालो सांसदहरूलाई बोल्न दिने उद्घोष २–३ पटक गर्नुभयो ।
राप्रपाका सांसदहरू उठेर रोस्टमतिर नारा लगाउन पुगे । एमालेका सांसदहरू आ–आफ्नो स्थानमा बसेर अस्पष्ट नारा लगाउँदै थिए । सभामुख पालोपालो समय उपलब्ध गराउने दोहो¥याउँदै हुनुहुन्थ्यो ।
बैठकमा एमाले र राप्रपाको नाराबाजी चालु भएपछि माओवादीका सांसद लामा बोलिरहेकै बेला सभामुखले बैठक आधा घण्टाको लागि स्थगित गर्नुभयो । यतिबेला दिउँसो ४ः१५ बजेको थियो । त्यसपछि झन्डै दुई घण्टा नेका, एमाले, माओवादीबिच छलफल भयो । तर, सहमति नभएपछि बैठक असार २२ गते दिउँसो ३ बजेको लागि स्थगित गरियो ।
बैठक स्थगितसँगै मिटरब्याजीलाई कारबाही गर्न भनी ल्याइएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन सकेन र स्वतः निस्क्रिय भयो । अब पुनः अध्यादेश जारी गरिएमात्र मिटरब्याजीलाई कानुनी कारबाहीको बाटो खुला हुनेछ । हुनत अध्यादेश र विधेयकमा पनि मिटरब्याजलाई अन्त्य गर्ने होइन वैधानिक बनाउने व्यवस्था हुँदा पीडितले न्याय पाउने अवस्था थिएन ।
राजनीतिक विश्लेषकहरूले नेपालका प्रधानमन्त्रीहरू भारतबाट ‘नियुक्ति’ हुने सत्य कुरा प्रधानमन्त्री दाहालले बोलेको अस्वाभाविक नभएको बरू अन्य प्रधानमन्त्री र राष्ट्रपतिहरूले पनि आ–आफूलाई ती पदमा क–कसले पु¥याएको खोल्नु जरूरी भएको औँल्याएका छन् । कतिपयले सत्ताको छटपटिमा एमाले रहेको पनि सार्वजनिक गरे । तर, नेकाले प्रधानमन्त्री दाहाललाई समर्थन गरेसम्म एमालेको दाल नगल्ने स्पष्टै छ । अन्ततः एमाले चिसो पानीमै नुहाउने अवस्थामा छ ।
प्रमुख विपक्षी एमालेले संसद्मा सबै पार्टीहरूलाई बोल्न दिएर त्यसपछि संसद् अवरोध गर्ने या के गर्ने हो बुद्धिमत्ता देखाउनुपथ्र्याे तर सकेन ।
एमालेले अध्यक्ष ओलीको अध्यक्षतामा बसेको संसदीय दलको सोही दिनको बैठकमा प्रम दाहालको राजीनामा नआएसम्म संसद् अवरोध गर्ने एकसूत्रीय निर्णय गरेको बताइन्छ ।
Leave a Reply