जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
जनवरी २०२२ मा पाँच आणविक हतियारसम्पन्न देशहरू (चीन, रुस, संरा अमेरिका, बेलायत र फ्रान्स) ले आणविक युद्ध रोक्न र हतियारको दौडबाट बच्ने आवश्यकतामा जोड दिँदै संयुक्त वक्तव्य जारी गरे ।
आणविक हतियारले रक्षात्मक उद्देश्यका लागि मात्र काम गर्नुपर्छ भन्ने कुरामा जोड दिँदै उनीहरूले आणविक अप्रसार सम्झौता र प्रतिबद्धताको महत्व दोहो¥याए । यद्यपि, वास्तविक अमेरिकी नीतिहरू, जस्तै रणनीतिक फर्वार्ड–बेसिङलाई सुदृढ पार्ने, अन्तरिक्षमा आधारित क्षेप्यास्त्र प्रतिरक्षा क्षमताहरूलाई सुदृढ पार्ने र उच्च जोखिमयुक्त सामग्रीहरू हस्तान्तरण गर्ने उद्देश्यहरू वक्तव्यको कथनको भावनाको विरुद्धमा छ । यसले विश्वव्यापी स्थिरतालाई गम्भीररूपमा कमजोर पारेको छ, आणविक हतियारको प्रसारहरूले विश्व शान्ति र सुरक्षाको ख्याल राख्नेहरूका बिचमा गहिरो चिन्ता पैदा गरेको छ ।
गैरजिम्मेवार कार्यहरू
बाइडेन प्रशासनले अमेरिकी आणविक नीतिलाई सुधार गर्ने अपेक्षाहरू उच्च थिए । किनभने जो बाइडेनले आफ्नो चुनाव प्रचार अभियानको क्रममा जोड दिएका थिए कि आणविक हतियारहरू आणविक आक्रमणहरू रोक्नमात्र प्रयोग हुनेछन् । तर, आणविक मामिला समीक्षा प्रतिवेदन – २०२२ ले गैर–रणनीतिक आणविक शक्तिहरूलाई बलियो बनाउन र सामरिक आणविक हतियारहरूको विकासमा ध्यान केन्द्रित गर्दै ट्रम्प प्रशासनले तय गरेको मार्गलाई निरन्तरता दिएको खुलासा ग¥यो ।
यसको आणविक नीतिअन्तर्गत, गैरजिम्मेवार कार्यहरूको श्रृङ्खलाले परमाणु द्वन्द्वको जोखिमलाई उल्लेखनीयरूपमा बढाएको छ । एउटा उल्लेखनीय उदाहरण दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योलसँग बाइडेनको भेटमा जारी गरिएको वाशिङटन घोषणा हो, जसमा उनीहरूले तथाकथित ‘विस्तारित प्रतिरोध’ को प्रतिक्रियामा कोरियाली प्रायःद्वीपमा नयाँ आणविक परामर्श समूह स्थापना गर्ने र आणविक पनडुब्बीहरू तैनाथ गर्ने निर्णय गरेका छन् ।
यो ध्यान दिन जरूरी छ कि यो ४० वर्षभन्दा बढी अवधिमा पहिलोपटक संरा अमेरिकाले दक्षिण कोरियामा घोषितरूपमा रणनीतिक आणविक पनडुब्बीहरू तैनाथ गरेको हो ।
२०२२ को अन्त्यमा अमेरिकी रक्षा विभागले रोयल अस्ट्रेलियन एयर फोर्स बेस टिन्डलमा आणविक युद्धशीर्षहरू बोक्न सक्षम छ बी–५२ रणनीतिक बमवर्षकहरू तैनाथ गर्ने घोषणा ग¥यो ।
रणनीतिक आणविक फर्वार्ड–बेसिङको यस्तो सुदृढीकरणले थप सङ्केत गर्छ कि संयुक्त राज्यले अझै पनि आणविक हतियारहरूलाई अन्तिम उपायको रूपमा मात्र नभई युद्धक्षेत्रको फाइदा खोज्ने मुख्य तत्वहरूको रूपमा लिन्छ । अझ अगाडि भन्नुपर्दा संरा अमेरिकाले चीनको ‘पहिलो प्रयोग नगर्ने’ नीतिप्रतिको चीनको प्रतिबद्धतालाई बेवास्ता गर्दै तथाकथित ‘चिनियाँ आणविक खतरा’ लाई बढावा दिइरहेको छ, विशेषगरी २६१–१६ लगायतका सामरिक आणविक हतियारहरूमा आधारित चीनको विरुद्धमा विशेषरूपमा प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्दैछ । चीनलाई आणविक खतराको रूपमा प्रस्तुत गर्नु अमेरिकाको हास्यास्पद बहानाबाहेक केही होइन, जसले आफ्नै घरेलु मामिलाबाट ध्यान हटाएर चीनलाई थप नियन्त्रणमा राख्न खोजिरहेको छ ।
यसबाहेक, संरा अमेरिकाले आफ्नो इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) रणनीतिलाई जोड दिइरहेको छ र यस क्षेत्रमा खेमा द्वन्द्व सिर्जना गर्दैछ, सहयोगीहरूलाई संरा अमेरिकासँग आफ्नो सुरक्षा रणनीतिहरू बाँध्न दबाब दिइरहेको छ ।
अमेरिकी खतरनाक आणविक रणनीतिसँग जोडिएका आणविक प्रसारका गतिविधिहरूले यसले क्षेत्रीय द्वन्द्व र आणविक द्वन्द्वको जोखिम धेरै बढाउने छ ।
आणविक अप्रसार उल्लङ्घन
संरा अमेरिकाले अष्ट्रेलियालाई आणविक–शक्तियुक्त पनडुब्बीहरू प्रदान गर्न र त्रिपक्षीय अउकस गठबन्धनअन्तर्गत अष्ट्रेलियामा अत्यधिक समृद्ध युरेनियम हस्तान्तरण गर्न सहयोग गर्नेछ, जुन पहिलोपटक परमाणु हतियार सम्पन्न राष्ट्रले आणविक हतियाररहित राष्ट्रलाई आणविक क्षमता हासिल गर्न मद्दत गरेको छ ।
ईन्धन भर्ने आवश्यकतालाई हटाउन र परिचालन तयारीमा सुधार गर्न, अमेरिकी आणविक पनडुब्बीहरू हतियार–ग्रेड उच्च समृद्ध युरेनियमले सुसज्जित छन्, जसले एक पटक यो महत्वपूर्ण परिमाण नाघ्यो भने आणविक विस्फोट हुन सक्छ ।
मार्चमा भएको अउकस सम्झौता अन्तर्गत, संयुक्त राज्य अमेरिकाले अष्ट्रेलियालाई कम्तिमा तीन आणविक पनडुब्बीहरू बेच्नेछ र संयुक्त सहयोगमार्फत अष्ट्रेलियाले २०५५ सम्म आठ आणविक पनडुब्बीहरू प्राप्त गर्ने लक्ष्य राखेको छ । यसको अर्थ अष्ट्रेलियाले आफ्ना आठ आणविक पनडुब्बीहरूबाट लगभग दुई टन हतियार–ग्रेड उच्च समृद्ध युरेनियम परिचालन गर्न सक्छ, जुन ८० आणविक युद्धशीर्षहरू बराबर हुन आउँछ । यसले अभूतपूर्वरूपमा आणविक हतियारको अप्रसारसम्बन्धी सन्धिका सिद्धान्त र अभ्यासहरूको उल्लङ्घन गरेको छ, अन्तर्राष्ट्रिय अप्रसार सन्धि र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को सुरक्षा प्रणालीलाई कमजोर पारेको छ ।
आइएइएको आधारभूत सिद्धान्तहरूलाई बेवास्ता गर्दै अउकस देशहरूले प्रमाणीकरणलाई बेवास्ता गर्न र सुरक्षा छुटको व्यवस्था गर्न व्यापक सुरक्षा सम्झौताको धारा १४ आह्वान गर्ने प्रयास गर्छन् ।
यद्यपि, यस दृष्टिकोणले अन्तर्राष्ट्रिय समुदायमा धारा १४ को विभिन्न व्याख्या र लागू हुने कुरालाई विचार नगरी जबरजस्ती व्यवस्था थोपर्छ । कुनै पनि देश वा संस्थालाई यो धारा वा सम्झौता लागू हुने कुरालाई एकतर्फीरूपमा लिने र सम्पूर्ण सदस्यतामा लाद्ने अधिकार छैन ।
सन् २०१० देखि लगातार चारपटक अप्रसारमा केन्द्रित आणविक सुरक्षा शिखर सम्मेलनको आयोजना गर्दै आएको संरा अमेरिकाका कार्यहरू विरोधाभासपूर्ण छन् । अन्य देशहरूमा आणविक क्षमताहरू विस्तार गरेर यसले आणविक अप्रसारको भावना र नियमहरूलाई कमजोर बनाएको छ ।
आइएइएको प्रमाणीकरणको उद्देश्य कुनै पनि देशलाई आणविक हतियारको सम्भाव्यता जम्मा गर्नबाट रोक्नको लागि हो । तिनीहरूले बताएको मनसायलाई पर्वाह गरेका छैनन् ।
विश्वास पर्यवेक्षणको विकल्प होइन । अष्ट्रेलियाको अप्रसार रेकर्डलाई आइएइएको लागि बहानाको रूपमा प्रयोग गर्दै विशेष गरी संरा अमेरिकाले आणविक अप्रसारका सिद्धान्तहरूलाई भूमरीमा पार्छ र स्थापित नियमहरूको उल्लङ्घन गर्दछ ।
मान्यताहरूको परिवर्तन
वर्षौंदेखि अमेरिकी आणविक नीतिको बदलिएको बयानले यो आणविक क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्न सङ्घर्ष गरिरहेको देखाउँछ । अमेरिकी राष्ट्रिय क्षेप्यास्त्र रक्षा ऐन १९९९ ले संरा अमेरिकाले सीमित राष्ट्रिय क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ । ‘सीमित’ शब्दले यूएस प्रतिरक्षातमक क्षमताको मापनमा प्रतिबन्धहरू हुनुपर्छ भन्ने बुझाउँछ । बुस प्रशासनले २००२ मा एन्टी–ब्यालिस्टिक मिसाइल सन्धिबाट पछि हटेको भए पनि संरा अमेरिकाले अझै पनि आफ्नो गृहभूमि मिसाइल रक्षा प्रणालीले चीन र रुसलाई लक्षित नगर्ने प्रतिबद्धता कायम राख्यो ।
यद्यपि, वित्तीय वर्ष २०१७ को लागि अमेरिकी राष्ट्रिय रक्षा प्राधिकरण ऐनले यसलाई ‘सीमित’ शब्द हटाउन संशोधन ग¥यो र २०१८ को उक्त ऐनले राष्ट्रिय क्षेप्यास्त्र रक्षा कार्यक्रममा विस्तारलाई अधिकार दियो, जसको अर्थ यसले आकार सीमित गर्न अघिल्लो प्रतिबद्धताहरूलाई उल्ट्याएको छ । चीन र रुसलाई लक्षित नगर्ने गृहभूमि एन्टि ब्यालेस्टिक मिसाइलको आफ्नै क्षमतामा विस्तार गरेको छ ।
ट्रम्प प्रशासनअन्तर्गत, अमेरिकी मिसाइल रक्षा क्षमताहरू रसिया र चीनबाट कथित खतराहरूविरुद्ध निर्देशित गरिएको थियो, जसमा अन्तरिक्षमा आधारित मिसाइल रक्षामा जोड दिइएको थियो । चीन र रुसको खतरालाई जोड दिँदै बाइडेन प्रशासनले स्पेसएक्सद्वारा उन्नत उपग्रह प्रविधि प्रयोग गर्ने स्टारशिल्डजस्ता परियोजनाहरूसहित तथाकथित ‘द नेक्स्ट जेनेरेशन इन्टरसेप्टर’ मा ठूलो लगानी गरेको छ ।
स्टारशिल्ड परियोजनाले ‘होस्टेड पेलोडहरू (स्टारशिल्ड स्याटेलाइट बसमा विभिन्न प्रकारका उपकरणहरू राख्ने क्षमता)’ प्रदान गर्न स्टारलिङ्क प्रविधि र यसको प्रक्षेपण क्षमताहरू प्रयोग गर्दछ र दोस्रो पुस्ताको स्टारलिङ्क उपग्रहहरूको तौल एक टनभन्दा बढी छ । यसले तिनीहरूलाई विश्वको जुनसुकै ठाउँबाट प्रक्षेपण गरिएका ब्यालिस्टिक मिसाइलहरूको धेरै अवरोधहरूको लागि इन्टरसेप्टर पेलोडहरू बोक्न सक्षम बनाउने छ । यसले ‘स्टार वार्स’ युगको सम्झना दिलाउने हतियार दौडमा सम्भावित फिर्ताकबारे चिन्ता जगाएको छ ।
त्यस्ता चिन्ताहरूलाई कम गर्न र विश्वास बढाउन संरा अमेरिकाले ठोस कदम चाल्नुपर्छ र आफ्नो मिसाइल रक्षा प्रणालीको उद्देश्य र सीमितताहरूको सम्बन्धमा पारदर्शी र विश्वसनीय प्रतिबद्धताहरू प्रदान गर्नुपर्दछ र चीन, रुस र अन्य राष्ट्रहरूलाई रणनीतिक शङ्काहरू हटाउन आश्वासन प्रदान गर्नुपर्दछ । यसो गर्दा, हतियार दौड परिदृश्यको सम्भावना कम गर्न सकिन्छ र अन्तर्राष्ट्रिय स्थिरता कायम गर्न सकिन्छ ।
जब तपाईँको हातमा हथौडा हुन्छ, सबैकुरा किलजस्तै देखिन्छ । प्रतिस्पर्धाबाट सञ्चालित देशको नजरमा सबै कुरा शून्य–योग खेलजस्तै देखिन्छ । अहङ्कारी राष्ट्रको नजरमा सबै कुरा द्वन्द्व र द्वन्द्वबाटै समाधान गर्नुपर्छ ।
साझा, व्यापक, सहकारी र दिगो सुरक्षा अवधारणालाई कायम राखेर र विजयी दृष्टिकोणमा अडिग रहँदामात्र हामीले अन्तर्राष्ट्रिय द्वन्द्वका मूल कारणहरूलाई हटाउन, विश्वव्यापी सुरक्षा सुशासन सुधार गर्न र अस्थिर र परिवर्तनशील युगमा स्थिरता र निश्चितता ल्याउन सक्छौंँ ।
आणविक क्षेत्रमा, सबै आणविक–सशस्त्र राज्यहरूले शीतयुद्धको मानसिकता र शून्य–योग खेलहरू त्याग्नुपर्दछ, र आणविक हतियारहरूको अप्रसारसम्बन्धी सन्धिका सिद्धान्तहरू र मापदण्डहरूको पालना गर्नुपर्छ । यसरी मात्र हामी आणविक युद्ध र आणविक–सशस्त्र राज्यहरू बिचको कुनै पनि सैन्य द्वन्द्वको जोखिमलाई प्रभावकारीरूपमा कम गर्न सक्छौंँ र विश्वव्यापीरूपमा दिगो शान्ति र सुरक्षालाई बढावा दिन सक्छौंँ ।
(सम्पादकको टिप्पणीः लिउ चोङ समकालीन अन्तर्राष्ट्रिय सम्बन्धको चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल सेक्युरिटी स्टडीजका निर्देशक र चाइना हतियार नियन्त्रण र निःशस्त्रीकरण सङ्घका परिषद् सदस्य हुन् । यस लेखमा व्यक्त गरिएका विचारहरू लेखकका हुन् र सिन्ह्वा समाचार एजेन्सीको स्थितिलाई प्रतिबिम्बित गर्दैनन् ।)
स्रोतः सिन्ह्वा
अनुवाद : प्रकाश
Leave a Reply