भर्खरै :

संसद् अवरूद्ध खुल्ने साँचो के होला ?

काठमाडौँ, २४ असार । नेकाका देउवा, एमालेका ओली र प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष दाहालबिच बिहान सिंहदरबारमा छलफल भयो । छलफलमा एमालेले संसद् अवरोध नगर्ने, प्रम दाहालले प्रितम सिंहको अभिव्यक्तिबारे स्पष्टीकरण दिने सहमति भएको सार्वजनिक भयो ।
दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकको लागि सांसदहरू सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुग्दै थिए । एमालेका ओली पनि पुगे । असार २० गते ओलीको नेतृत्वमा संसद् अवरोध भएको अब उनकै उपस्थितिमा खुल्ने प्रक्षेपण सुनियो । दिउँसो १ बज्यो† तर संसद बैठक सुरू भएन । दुई घण्टापछि दिउँसो ३ बजे प्रम दाहालले सम्बोधन गर्ने सार्वजनिक भयो । दिउँसो तीन बज्यो, संसद् सुरू भएन । असार २५ गते दिउँसो ३ बजे बैठक सारिएको सूचना सचिवालयबाट जारी भयो ।
बिहान ११ बजे बसेको राष्ट्रियसभाको बैठक एमालेको अवरोधपछि बैठक असार २५ गते नै बस्ने गरी स्थगित गरियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री दाहाल, सत्ता पक्ष र विपक्षीका नेतालाई बैठक बसेर संसद अवरोध हटाउन आह्वान गरे ।
प्रधानमन्त्री दाहालको सचिवालयले प्रितम सिंहबारे स्पष्टीकरण दिने वक्तव्यमा एमालेविरूद्ध लगाएको आरोप फिर्ता नलिए संसद् अवरोध नहटाउने भनी एमालेले बताएपछि बैठक सारिएको थियो । संसद् भवनबाट निस्कने क्रममा एमालेका ओलीले प्रम दाहालको राजीनामा आउनुपर्ने दोहो¥याए । तर, संसद् भवनमा प्रम दाहालको राजीनामा मागसहित संसद् अवरोध बजेटको अर्थ विविधमा राखिएको एक खर्ब रूपैयाँ भागबन्डा, समिति सभापति भागबन्डा, राजनीतिक नियुक्तिमा भागबन्डासँग पनि जोडिएको अनुमान गरिएको छ ।
असार २५ गते के कस्तो सहमति हुने र संसद् सुचारू हुने विषय अझै स्पष्ट भएको छैन । अर्थात् चिसो पानीले नुहाउने सत्तापक्ष वा प्रमुख विपक्षी को हुने अझै अनुमान गर्न गा¥हो छ । तर, अन्ततः एउटाले चिसो पानीमा नुहाउनेमा दुविधा राख्नु आवश्यक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *