भर्खरै :

आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमान खसाल्ले प्रजग कोरियाको चेतावनी

आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमान खसाल्ले प्रजग कोरियाको चेतावनी

सियोल, असार २५ (सिन्ह्वा) । प्रजग कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायःद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ ।
संयुक्त राज्य अमेरिकाले ‘युद्धकालको स्तरभन्दा बढी जासुसी गतिविधिलाई तीव्र पारेको’ प्रजग कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका एक प्रवक्ताले बताउनुभएको छ ।
अमेरिकी जासूसी विमानहफ्ले यस महिना लगातार आठ दिनमा ‘उत्तेजक’ उडानहफ् गरेका छन् । एउटा जासुस विमानले पूर्वी सागरमा प्रजग कोरियाको हवाई क्षेत्रमा ‘धेरै पटक’ घुसपैठ गरेको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् ।
“अमेरिकी वायु सेनाको रणनीतिक जासुस विमान खसाल्नेजस्तो डरलाग्दो दुर्घटना कोरियाको पूर्वी सागरमा हुने छैन भन्ने कुनै ग्यारेन्टी छैन,” प्रवक्ताले कोरियन सेन्ट्रल न्यूज एजेन्सीलाई उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रवक्ताले प्योङयाङले अमेरिकी विमान खसालेको विगतका घटनाहफ्को हवाला दिँदै अमेरिकाले आफ्नो हवाई जासुसीको मूल्य चुकाउने चेतावनी दिए ।
वक्तव्यमा कोरियाली प्रायःद्वीपमा अमेरिकी रणनीतिक आणविक सम्पत्ति तैनाथ गर्ने योजनालाई प्रजग कोरियाका लागि ‘सबैभन्दा अघोषित आणविक ब्ल्याकमेलिङ’ को संज्ञा दिँदै यसले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।
“अमेरिकी उत्तेजक सैन्य कारबाहीका कारण कोरियाली प्रायःद्वीपको अवस्था आणविक द्वन्द्वको सङ्घारमा पुगेको वर्तमान अवस्थाले स्पष्टफ्पमा प्रमाणित गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।
वासिङ्टनले गत अप्रिलमा दक्षिण कोरियाको बन्दरगाहमा दशकौँपछि पहिलोपटक भ्रमण गर्न आणविक हतियारले सुसज्जित ब्यालेस्टिक पनडुब्बी पठाउने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *