ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न
- जेष्ठ २, २०८३
भक्तपुर, २५ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा चौधौँं नगरसभाको बैठक सोमबार पनि चालु रह्यो ।
नगरसभाको सोमबारको बैठकले भक्तपुर नपाअन्तर्गत सञ्चालित शैक्षिक संस्थाहफ्, ख्वप अस्पताल, देको मिवा आवास योजनालगायतको लेखा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले पारित गर्यो ।
त्यस्तै भक्तपुर नगरपालिका न्यायिक समितिको प्रतिवेदन र भक्तपुर नगरपालिकाका कर्मचारीहफ्को तलबी प्रतिवेदन, भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्तावहफ् पनि नगरसभाले सर्वसम्मतिले पारित गरेको छ ।
सभामार्फत नगर प्रमुख प्रजापतिले कानुनले स्थानीय तहको बेरुजु फछ्र्योटको अधिकार नगरसभालाई दिएको बताउनुभयो ।
बैठकमा न्यायिक समितिका संयोजक रजनी जोशीले न्यायिक समितिको प्रतिवेदन, लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले लेखा समितिको प्रतिवेदन, भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाका कर्मचारीहफ्को तलबी प्रतिवेदन, भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्ताव र विधायन समितिका संयोजक हरिराम सुवालले स्थानीय सेवा (कर्मचारी) गठन, सञ्चालन र व्यवस्थापन, सेवा, सर्त तथा सुविधा सम्बन्धमा बनेको विधेयक — २०८० छलफलको लागि सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply