भर्खरै :

सी जिन पिङले १९ औं महाधिवेशनमा के के बोले ?

बुधबारबाट शुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौ महाधिवेशनमा पार्टीका महासचिव सी जिन पिङ्ले दिएको झण्डै ७० पृष्ठको प्रतिवेदनका मुलभूत बुँदा प्रस्तुत छन् ?
नयाँ विचारसहितको नयाँ युग
–चिनियाँ विशेषता सहितको समाजवाद नयाँ युगमा प्रवेश गरेको छ ।
–चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषता सहितको समाजवादको विचारलाई नयाँ युग सुहाउँदो आकारमा ढालेको छ । पार्टीले त्यसको लागि दिर्घकालीन कार्ययोजना बनाएको छ जसलाई पार्टीले विकास गर्दै जानुपर्नेछ ।
–यो विचारको आधार माक्र्सवाद, लेनिनवाद, माओ त्से तुङ् विचारधारा, तङ स्याओ पिङ, तीन प्रतिनिधिको सिद्धान्त, विकासको वैज्ञानिक दृष्टिकोण हुन् भने यो विचारले तिनलाई विकास गरेको छ । चिनियाँ सन्दर्भमा माक्र्सवादको अवलम्बन गर्दाको पछिल्लो उपलब्धिलाई यो विचारले प्रतिनिधित्व गरेको छ ।
महान् आधुनिक समाजवादी देश
–चीनलाई ‘महान आधुनिक समाजवादी देश’ को रुपमा विकास गर्न सन् २०२० देखि २१ औं शताब्दीको मध्यसम्मको अवधिको लागि विकासका दुई चरण चिनियाँ कम्युनिष्ट पार्टीले अघि सारेको छ ।
–पहिलो चरणअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०२० देखि २०३५ सम्ममा चीनलाई मध्यमस्तरमा समृद्ध समाजको रुपमा विकास गर्ने आधार तयार गर्नेछ भने त्यसपछिका १५ वर्षमा सामाजिक आधुनिकीकरणको सपना पूरा गर्न थप मिहिनेत गर्नेछ ।
दोस्रो चरणअन्तर्गत सन् २०३५देखि २१ औं शताब्दीको मध्यसम्म चिनियाँ कम्युनिष्ट पार्टीले आधारभूत रुपमा आधुनिकीकरणको काम सम्पन्न गर्नेछ र बाँकी पन्ध्र वर्ष चीनलाई आधुनिक, समाजवादी देश बनाउन मिहिनेत गर्नेछ । आधुनिक समाजवादी देश भन्नाले समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, साँस्कृतिक रुपमा अग्रगामी, सद्भावपूर्ण र सुन्दर चीन हो ।
–चीनले आज सामना गरिरहेको प्रमुख अन्तर्विरोध भनेको असन्तुलित र अपुग विकास तथा जनताको उत्तम जीवनप्रतिको बढ्दो चाहनाबीचको अन्तर्विरोध हो ।
–आज जनतालाई उत्तम जीवन जीउने चाहना बढ्दै गइरहेको छ । जनताको भौतिक र साँस्कृतिक आवश्यकता मात्र बढेको छैन बरु प्रजातन्त्र, कानुनी शासन, निष्पक्षता र न्याय, सुरक्षा र उत्तम पर्यावरणको माग पनि बढिरहेको छ ।
अर्थतन्त्र
–चीनको अर्थतन्त्र तीब्र वृद्धिको चरणबाट उच्च गुणस्तरको विकासको चरणमा प्रवेश गरेको छ ।
–आधुनिक अर्थतन्त्र विकास गर्न देशले वास्तविक अर्थतन्त्र विकासमा ध्यान केन्द्रित गर्नुपर्दछ । चीनले राज्य पूँजीलाई बलियो, अझ उन्नत र व्यापक बनाउन चाहन्छ । साथै चिनियाँ व्यवसायीहरु विश्वस्तर र प्रतिस्पर्धी भएको चाहन्छ ।
–चीनले आर्थिक वृद्धि प्रबद्र्धन गर्न र मौद्रिक नीति एवं वृहत आर्थिक नीतिअन्तर्गत नियमिततामा सुधार गर्न ध्यान दिन जरुरी छ ।साथै व्याज दर र सतही दर बढी भन्दा बढी बजारमा आधारित गर्नुपर्दछ ।
खुलापन
–चीनले संसारको लागि आफ्नो ढोका बन्द गर्नेछैन बरु झन झन चीनको ढोका संसारको लागि खुला हुनेछ ।
–चीनले विश्वभर पूर्व संस्थापन राष्ट्रिय व्यवहार प्लस नकारात्मक क्रमको प्रणाली कार्यान्वयन गर्नेछ ।
–चीनले उल्लेख्य रुपमा बजारमा पहुँचलाई सहज बनाउनेछ र विदेशी लगानीकर्ताहरुको वैधानिक अधिकार र हितको जर्गेना गर्नेछ ।
कानुन
–चिनियाँ कम्युनिष्ट पार्टीले सबै क्षेत्रमा कानुनमा आधारित प्रशासन विकास गर्न एउटा केन्द्रीय नेतृत्वदायी समूह गठन गर्नेछ ।
–संविधानको पालना, संवैधानिकताको समीक्षा अघि बढाउने र संविधानतः बनेका प्राधिकारको रक्षा गर्ने कामलाई अझ बलियो बनाउनेछ ।
पर्यावरणीय प्रगति
–सुन्दर चीन बनाउने दुई चरणको विकासको कार्यक्रममा पर्यावरणलाई पनि प्राथमितकतामा राख्न चिनियाँ कम्युनिष्ट पार्टी कटिबद्ध रहनेछ ।
–मानिस र प्रकृतिबीचको सद्भावपूर्ण सहअस्तित्व नै आधुनिकीकरणको एउटा चरित्र हो ।
–राज्य नियन्त्रित प्राकृतिक स्रोतको रक्षा र प्राकृतिक पर्यावरणको अनुगमनको लागि चीनले एउटा अनुगमनकारी निकाय स्थापना गर्नेछ । साथै राष्ट्रिय वन्यजन्तु संरक्षण क्षेत्रको विकासमा ध्यान दिइनेछ ।
सशस्त्र बल
–सन् २०२० सम्ममा सेनालाई आधुनिकीकरण गरिनेछ । विज्ञान प्रविधिको विकास र कार्यनीतिक क्षमता बिस्तारमा गर्न बाँकी धेरै काम छन् । राष्ट्रिय प्रतिरक्षा र सशस्त्र बलको आधुनिकीकरण आधारभूत रुपमा सन् २०३५ सम्ममा पूर्ण गर्नुपर्दछ ।
–२१ औं शताब्दीको मध्यसम्ममा जनताको सशस्त्र बललाई विश्वस्तरको सेनामा विकास गरिनेछ ।
कुटनीति
–चीन विकासको जुनसुकै चरणमा पुगे पनि चीनले प्रभुत्ववादी कहिल्यै बन्नेछैन न त बिस्तारवादी नै बन्नेछ ।
पार्टी निर्माण
–भ्रष्टाचारविरुद्धको संघर्षमा पार्टीले हासिल गरेको उत्साहजनक सफलताको कदर गर्दै त्यसमाथि अझ बलियो चुनौति तरिकाबाट विजय हासिल गर्दैजानेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *