भर्खरै :

‘शिक्षा आर्जन गरी स्वदेशको सेवा गर्नुस्’

भक्तपुर, १ कार्तिक । वागीश्वरी कलेज र माविमा अध्ययनरत स्नातक तह र कक्षा १२ को संयुक्त आयोजनामा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम भएको छ । तिहारको सन्दर्भ पारी बुधबार सांस्कृतिक कार्यक्रम साथ शुभकामना आदानप्रदान गरिएको हो । भक्तपुर, १ कार्तिक । वागीश्वरी कलेज र माविमा अध्ययनरत स्नातक तह र कक्षा १२ को संयुक्त आयोजनामा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम भएको छ । तिहारको सन्दर्भ पारी बुधबार सांस्कृतिक कार्यक्रम साथ शुभकामना आदानप्रदान गरिएको हो । कमलविनायकमा भएको कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरीका हरेक विद्यार्थीहरूले आर्जन गरेको शिक्षाले स्वदेशकै सेवा गर्ने आशा व्यक्त गर्नुभयो ।  उहाँले नेपालको संविधानमा समाजवादउन्मुख उल्लेख गरिए तापनि कथित ठूला दलहरूले व्यवहारमा निजीकरणलाई नै बढावा दिंदै जानु पूँजीवादको उपज हो भन्नुभयो । देशको राजनीति राम्रो भयो भने समग्र देश नै राम्रो हुने बताउँदै उहाँले राजनीतिबाट ठेकेदार, कालाबजारिया, भ्रष्टाचारीहरूलाई बढार्नका लागि राम्रा विद्यार्थीहरूले राजनीति गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।  च्याम्हासिंहमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी माविले पठन संस्कृतिसँगै देशका लागि योग्य, इमानदार र सक्षम नागरिक बनाउन विभिन्न किसिमका क्रियाकलापहरू गरिरहेको बताउनुभयो ।  प्रोफेसर डा. सिद्धिवीर कर्माचार्यले हरेक शिक्षकले विद्यार्थीको दिमागमा नकारात्मकताभन्दा सकारात्मकतालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले कुरालाई भन्दा कर्मलाई विश्वास गर्नुपर्ने र सङ्घर्ष गर्नतिर लाग्नुपर्ने बताउनुभयो ।  कलेजका प्रशासकीय प्रमुख मोहनप्रसाद प्रजापतिले कलेजलाई स्थापित गर्नको लागि भइरहेको हरेक प्रयासमा शिक्षक, शिक्षिकाहरू, विद्यार्थीहरूले हरेक कोणबाट सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ भन्नुभयो । विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाले उच्च श्रेणीको नतिजा ल्याई वागीश्वरीको गरिमा अझ उच्च राख्न सबै विद्यार्थीले हरदम प्रयास गर्नुपर्ने बताउँदै आफ्नो बौद्धिक क्षमतालाई देशकै निम्ति प्रयोग गर्नुपर्ने बताउनुभयो ।  विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले वागीश्वरी हरेक विद्यार्थीको संस्कृति आफ्नो व्यवहार, अनुशासन र इमानदारिताले देखाउने बताउनुभयो । उहाँले विद्यालय शैक्षिक, आर्थिक र भौतिक रूपमा सक्षम र सबल बन्नुको पछाडि स्थानीयवासी, विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीको देन रहेको स्पष्ट पार्नुभयो ।  नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ बाह«ांै राष्ट्रिय सम्मेलन तयारी समितिका सचिव सविन ख्याजुले भारतले नेपालमाथि गरेको हस्तक्षेप र सीमा अतिक्रमणको विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताउँदै पूँजीवादले गर्न नसक्ने सबै किसिमका राम्रो काम समाजवादी व्यवस्थाले गर्ने भएकाले समाजवादका निम्ति लड्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेज व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्य, डा. बलराम दुवाल, ग्याहेन्द्रप्रसाद दाहाल, विद्यार्थीहरू संगीता श्रेष्ठ, सविना कासुला, सरस्वती साखकर्मी, ममता गाइसी, रोशन शिल्पकार, सविना श्रेष्ठ, विपना ओझाखत्री, बिलम सुवाल, राजेश गौतम र रक्षा लामिछानेले पनि बोल्नुभएको थियो ।  कार्यक्रममा कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरूले गीत, नृत्य, कविता, क्यारिकेचरलगायतका सांस्कृतिक विधाहरू प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *