रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
संरा अमेरिकाका कोष सचिव (ट्रेजर सेक्रेटरी) जनेट यलिनको पछिल्लो पेइचिङ भ्रमण आफ्नो देश र चीनबिच रणनीतिक सम्बन्धलाई स्थायित्व दिनेमा लक्षित थियो । तर, उनको भ्रमणले संरा अमेरिका र चीनबिच उच्च प्रविधिमा बढ्दो दुश्मनी पनि उजागर गरेको छ । विशेषतः सेमिकन्डक्टर उत्पादनको क्षेत्रमा उनीहरूबिचको वैमनस्यता सतहमा देखिएको छ । यलिन पेइचिङ पुग्नुअघि सेमिकन्डक्टर उत्पादनको ज्ञान र प्रविधि चीनसम्म नपुगोस् भनी संरा अमेरिकाले थप नियन्त्रण गर्न खोजेको समाचार बाहिरिएको थियो । पेइचिङले पनि सेमिकन्डक्टर बनाउन नभई नहुने दुर्लभ माटो (रेर अर्थ) निर्यातमा रोक लगाउने नयाँ घोषणा गरेको थियो ।
तर, यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने यो भू–प्राविधिक द्वन्द्वमा संरा अमेरिका र चीन मात्र संलग्न छैनन् । युरोप र एसियाका अन्य प्रमुख उच्च प्राविधिक शक्ति देशहरूले पनि चीनसँग व्यापार र लगानी सम्बन्धबारे पुनःविचार गरिरहेका छन् । प्रायशः वाशिङटनको उक्साहटमा उनीहरूले यस्ता विचार गरिरहेका छन् । यी घटनाक्रम पछाडिका खास कुरा के हुन् ? यसले चीन–संरा अमेरिका सम्बन्धलाई कसरी प्रभावित बनाउँछ ? युरोप र एसियामा संरा अमेरिकाका प्रमुख पक्षधर शक्ति (एलाइस) हरूसँग उसको सम्बन्धमा यसले कस्तो प्रभाव पार्नेछ ? संवेदनशील प्रविधिमा चीनको पहुँचमा रोक लगाउने संरा अमेरिकी प्रयासको नियति कस्तो हुनेछ ?
कथा सुरु मात्र भएको छ, धेरै कुरा हुन बाँकी छ
हालैका वर्षमा संरा अमेरिकाले सेनासँग जोडिएका प्रविधिमा चीनको पहुँचमाथि रोक लगाउन जोड दिइरहेको छ । सन् २०१८ को निर्यात नियन्त्रण सुधार ऐनका केही बुँदा, अमेरिकाले नियन्त्रण गर्ने निकायहरूको सूचीमा बिस्तार, संरा अमेरिकामा चिनियाँ लगानीमाथि कडाइ र हङकङलाई व्यापारमा प्राथमिकता दिने नीतिको अन्त्य त्यही उद्देश्यले संरा अमेरिकाले चालेका केही कदम हुन् ।
राष्ट्रपति जो बाइडेनको नेतृत्वयता संरा अमेरिकाले सेमिकन्डक्टरमाथि नियन्त्रणमा विशेष जोड दिँदै यस्ता प्रयास जारी राखेको छ । सुरुमा अघिल्लो ट्रम्प सरकारले लागु गरेको निर्यात नियन्त्रण नीतिका धेरै कुरामा बाइडेनले पुनःविचार गर्ने र उल्टाउने अपेक्षा गरिएको थियो । तर, चीनको जनमुक्ति सेना (पीएलए) को ‘बुद्धिमान’ लडाइँ (बुद्धिमान लडाइँ भन्नाले सेनामा कृत्रिम बौद्धिकता (एआई) र त्यससँग सम्बन्धित प्रविधिको प्रयोग गर्नु हो ।) तिर आधुनिकीकरण गर्ने लक्ष्य सार्वजनिक गरिएसँगै बाइडेन सरकारले सेनामा प्रयोग हुनसक्ने सम्भावना भएका दोहोरो प्रयोगको प्रविधिमा चीनको पहुँचमाथि नियन्त्रण कडाइ गर्न थालेको हो । सेमिकन्डक्टर प्रविधि र सामग्रीमा उसले अझ बढी जोड दिएको छ । सेमिकन्डक्टर चीनको एआई क्षेत्र र त्यससँग सम्बन्धित सैनिक सामग्रीको विकास गर्न अपरिहार्य तत्व हो ।
गत वर्ष संरा अमेरिकाले ‘चिप्स र विज्ञान ऐन’ पारित ग¥यो । संरा अमेरिकी वाणिज्य विभागले चीनलाई अत्याधुनिक कम्प्युटिङ र सेमिकन्डक्टर उत्पादन गर्ने वस्तुमा निर्यात नियन्त्रण गर्ने निर्णय ग¥यो । यी निर्णयको लक्ष्य उच्च महत्वका सेमिकन्डक्टर र त्यससँग सम्बन्धित डिजाइन र उत्पादन प्रविधि तथा प्रणाली चीनमा रहेका संरा अमेरिकी कम्पनीहरूलाई समेत बिक्री रोक्नु थियो । हालै प्रकाशित समाचारअनुसार बाइडेन सरकारले चीनलाई सेमिकन्डक्टरसम्बन्धी कुनै पनि कुरा दिन थप कडाइ गर्ने कदम चाल्ने भएको छ । यो निर्णयले संरा अमेरिकी कम्पनीहरूलाई एआई क्षमता भएका क्वाड सर्भिससमेत चिनियाँ कम्पनीहरूलाई प्रयोगमा रोक लगाउनेछ ।
यो महिनासम्म संरा अमेरिकी वाणिज्य विभागले जारी गर्दै आएका निषेधात्मक सूचीमा चिनियाँ संस्था र व्यक्तिको सङ्ख्या ६ सय पुगेको छ । बाइडेन सरकार बनेयता यो सूचीमा थप ११० भन्दा बढी संस्था र व्यक्तिको नाम थपिएको छ । निषेध जारी गरिएका कम्पनी वा व्यक्तिलाई निश्चित खालका प्रविधि निर्यात गर्न वाणिज्य विभागको अनुमति आवश्यक पर्ने प्रावधान बनाइएको छ । यसको उद्देश्य त्यस्ता संरा अमेरिकी प्रविधि चिनियाँ कम्पनी र व्यक्तिको पहुँचबाट रोक लगाउनु र नियन्त्रण गर्नु हो । यसरी संरा अमेरिकी निषेध भोगिरहेका चिनियाँ संस्था र व्यक्तिको सूचीमा कम्पनी, अनुसन्धान निकाय र व्यक्तिका नाम पनि छन् । तिनले चिनियाँ जनमुक्ति सेनाको आधुनिकीकरणको प्रयासलाई मद्दत गरिरहेका छन् । कतिपय त्यस्ता संस्था चिनियाँ सेना–नागरिक सहकार्य रणनीतिमा सामेल छन् । कोही सैन्य प्रविधि र अत्याधुनिक दोहोरो प्रयासका प्रविधिमा संलग्न छन् ।
यो सूचीमा चिनियाँ रक्षा मन्त्री लि शाङफु पनि छन् । उनी रक्षामन्त्री पदमा नियुक्त हुनुअघि नै सन् २०१८ बाट यो सूचीमा सूचिकृत थिए । रुसबाट हतियार आयातमा संलग्न भएको आरोपमा उनीमाथि यस्तो कदम चालिएको थियो ।

पक्षधरसँग समन्वय
बाइडेन सरकारको अर्को प्रमुख चासो भनेको संरा अमेरिकी साझेदार देशहरूमार्फत आफ्नो सेमिकन्डक्टर प्रविधि लिने चीनको क्षमतामा नियन्त्रण गर्नु हो । सन् २०२३ को जनवरीमा यससम्बन्धी एउटा महत्वपूर्ण कदम चालिएको थियो । त्यति बेला भएको एउटा सम्झौतामा जापान र नेदरल्यान्डले अत्याधुनिक सेमिकन्डक्टर प्रविधि र सामग्रीको नयाँ निर्यातमा नियन्त्रण गर्ने विषयमा संरा अमेरिकालाई साथ दिन सहमत भएका थिए । उनीहरूले यो सम्झौता गर्नु पछाडिको खास निशानामा भने चीन थियो । यो सम्झौताबाहेक पनि हालैको एउटा समाचारअनुसार बाइडेन सरकारले संरा अमेरिकाको कुनै पनि सानोभन्दा सानो वस्तु पनि प्रयोग गरिएको सेमिकन्डक्टर उत्पादक मेसिन चीनलाई बेच्न विदेशी सामग्री वितरकलाई रोक्ने नियम ल्याउन खोजिरहेको छ ।
बाइडेन सरकारले जी ७ देशहरूसँग पनि बहुपक्षीय समन्वय गरिरहेको छ । सन् २०२३ को अप्रिलमा जी ७ देशका व्यापार मन्त्रीहरूले एउटा संयुक्त वक्तव्य जारी गरी सैन्य प्रयोगका साथै विश्व, क्षेत्रीय र राष्ट्रिय सुरक्षामा आँच आउने कुनै गतिविधिमा लगाउन सक्ने संवेदनशील प्रविधिको निर्यातमाथि नियन्त्रण गर्ने निधो गरेका छन् । जापानले सेमिकन्डक्टर प्रविधिमा नयाँ निर्यात नियन्त्रणको घोषणा गरेको केही दिनमा व्यापार मन्त्रीहरूको यस्तो निर्णय सार्वजनिक भएको हो । मे महिनामा जापानको हिरोसिमामा भएको जी ७ देशको शिखर सम्मेलनमा ‘जोखिम नमोल्न’ चीनलक्षित नयाँ समन्वयको अवधारणा सार्वजनिक भएको थियो ।
त्यस्तै, युरोपेली आयोगले पनि युरोपेली आर्थिक सुरक्षा रणनीति प्रकाशित गरेको छ । सो रणनीतिले ‘दोहोरो प्रयोगका सामानमा युरोपेली सङ्घको निर्यात नियन्त्रण पूर्ण कार्यान्वयन गर्न’ खोजेको छ । युरोपेली सङ्घले आफ्नो तहमा निर्यात नियन्त्रण लागु गर्न विद्यमान दोहोरो प्रयोगसम्बन्धी कानुनको पूर्ण कार्यान्वयन गर्दै अत्याधुनिक चिप्सको निर्यातमा नियन्त्रण गर्न मोर्चागत अवधारणामा समन्वय गर्ने तयारी गरेको छ । युरोपेली सङ्घका उपसभापति भाल्दिस दोमब्राभ्स्किसले ‘सुरक्षा, व्यापार र प्रविधिमा युरोपको साझा नीतिमा तालमेल सुनिश्चित गर्न’ यस्तो कदम आवश्यक भएको बताए ।
के अपेक्षा गर्ने अब ?
संरा अमेरिकाले आगामी दिनमा चीनमा निर्यात नियन्त्रण अझ बलियो बनाउनेछ । त्यसो गर्दा उनीहरू दुवैले धेरै चुनौती सामना गर्नुपर्नेछ । एउटा होसियारीपूर्वक गर्नुपर्ने सन्तुलनको काम भनेको वाशिङ्टनले चीनसँग आफू स्थायी र रचनात्मक आर्थिक सम्बन्ध राख्न चाहन्छ भन्ने चित्तबुझ्दो आधार दिनुपर्नेछ । यिलनले आफ्नो पेइचिङ भ्रमणमा पनि यही प्रयास गरेकी हुन् । कदाचित संरा अमेरिकाले त्यस्तो आधार देखाउन नसके पेइचिङले आफ्नो सार्वजनिक कूटनीतिमा उसलाई नाङ्गेझार गर्नेछ । आफ्नो बाटोमा तगारो बन्न खोज्ने अरू अत्याधुनिक आर्थिक शक्तिलाई चेतावनी दिन पनि चिनियाँहरूले त्यसै गर्नेछन् ।
फलतः युरोप र एसियाका आफ्ना पक्षधर देशहरूलाई उच्च प्राविधिक ज्ञान र प्रविधि तथा उत्पादन सामग्रीमाथि रोक लगाउनमा सहमत बनाइराख्न संरा अमेरिकालाई गा¥हो हुनेछ । संरा अमेरिकी निषेध चिप्स बनाउने अत्याधुनिक प्रक्रियाबाट अन्य संवेदनशील, दोहोरो प्रयोगका र सैनिक महत्वका प्रविधिसम्म निषेधको दायरा फराकिलो बनेपछि त्यस्तो अवस्था आउन सक्छ । सैनिक महत्व भन्नाले जल तथा सामुद्रिक प्रविधि (जस्तै जल मारक र पानीमुनि खोज्ने उपकरण), हवाई प्रविधि (जेट इन्जिन र एभियोनिक्स), विचरण र सञ्चार प्रणाली र अत्याधुनिक औद्योगिक उत्पादन उपकरण आदि पर्छन् ।
चीनलाई चिप्स निर्यात गर्न र चिप्स बनाउने गर्ने सामग्री निर्यात गर्न विदेशी कम्पनीमाथि रोक लगाउने संरा अमेरिकी दबाब कुनै कुनै शिविरले भने अस्वीकार गरेको छ । दक्षिण कोरिया सरकार र त्यहाँको सबभन्दा ठुलो उच्च प्रविधि कम्पनी स्यामसुङ इलेक्ट्रोनिक्स कम्पनीले अमेरिकी दबाब मानेको छैन । आफ्ना अन्य पक्षधर देशहरूका सरकार र उद्योगमाथि नजिकबाट निगरानी गर्दै बाइडेन सरकारले गत महिना चीनमा रहेका दक्षिण कोरिया र ताइवानी सेमिकन्डक्टर उत्पादक कम्पनीको काम चालु राख्न छुटलाई लम्ब्याउने घोषणा गरेको छ ।
चीनको सैनिक आधुनिकीकरण रोक्न निर्यात नियन्त्रण, विशेषतः संरा अमेरिकी निर्यात नियन्त्रणले मात्र पुग्दैन । वाणिज्य विभागको निषेध सूचीमा रहेका संस्थाहरूले सूचीमा नभएका संस्था अथवा नियन्त्रणबाट जोगिने लक्ष्यसहित बनेका नक्कली कम्पनीहरूबाट छुटमै संरा अमेरिकी सामग्री खरिद गर्न सक्छ । त्यस्ता नाम मात्रका नक्कली कम्पनीहरू हप्ता दिनभरमै स्थापना गर्न सकिन्छ । तर, तिनलाई पहिचान गर्न र कालोसूचीमा राख्ने प्रक्रिया भने वर्षौँ लाग्छ ।
चीनसँग भएका आफ्नै उत्पादन कम अत्याधुनिक भए पनि तिनीहरू प्रभावकारी छन् । कम अत्याधुनिक चिप्स र अन्य दोहोरो प्रयोगका वस्तुमा भर परेको सैनिक प्रणाली पनि अझै व्यापक छ ।
संरा अमेरिका र उसका पक्षधर देशहरूले जारी गरेको नियन्त्रण धेरै सम्भव चिप्सलाई व्यापारिक प्रयोजनको लागि उत्पादनमा रोक लगाउन सके पनि विशेष सैनिक प्रयोगको लागि सीमित सङ्ख्यामा उत्पादन गर्ने प्राविधिक क्षमतालाई भने उनीहरूले रोक्न सक्ने छैनन् । यो र यस्तै कारणको परिणामस्वरूप सन् २०२२ को पिटरसन प्रतिष्ठानको प्रतिवेदनले अहिलेको निर्यात नियन्त्रणले सन् २०२७ सम्ममा सैन्य प्रयोगको लागि अत्याधुनिक चिप्स उत्पादन गर्न सक्ने चीनको क्षमतालाई पर्दामात्र राख्ने बताएको छ ।
तर, यी सबै चुनौती हुँदाहुँदै पनि राष्ट्रिय सुरक्षा चासोले चीनप्रति सरा अमेरिकी आर्थिक नीति निर्देशित गर्नेछ । अत्याधुनिक सेमिकन्डक्टर र अन्य दोहोरो प्रयोगका प्रविधिमा चीनको पहुँच नियन्त्रण र निषेध गर्ने प्रयासले चीनको एआई र अन्य उच्च प्राविधिक क्षेत्र तथा सम्बन्धित सैनिक उपकरणको भविष्यमा गर्ने विकास निर्धारित हुनेछ । वाशिङ्टनले भने आफ्ना सबै पक्षधर देशले यस्तै सोच राखोस् भन्ने अपेक्षा गरेको छ ।
बेट्स गिल एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटअन्तर्गत चीन विश्लेषण केन्द्रका कार्यकारी निर्देशक, मेकरी विश्वविद्यालयका मानार्थ प्राध्यापक, लन्डनको शाही संयुक्त सेवा प्रतिष्ठानका वरिष्ठ सह–प्राध्यापक हुन् । कोनराड ली एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटअन्तर्गत चीन विश्लेषण केन्द्रका अनुसन्धानकर्ता हुन् ।
स्रोत : द डिप्लोमेट
नेपाली अनुवाद : नीरज
Leave a Reply