काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
मानिस जन्मने बित्तिकै क्रान्तिकारी र नेता मन्त्री हुँदैन । पढ्दै, अध्ययन गर्दै, काम गर्दै जाँदा सर्वसाधारण नागरिक पनि कर्मचारी, कार्यकर्ता, सांसद, मन्त्री नेता हुनसक्छन् । उनीहरूमध्ये कसैले पनि गल्ती गर्नु हुँदैन, गल्ती बोल्नु हुँदैन, देशविरोधी, जनविरोधी या देश, समाज र जनतालाई मर्का पर्ने काम गर्नु हुँदैन । सर्वसाधारण नागरिक, कार्यकर्ता र नेताको व्यवहार, बोली र विचारमा फरक हुन्छ । कर्मचारी, जनप्रतिनिधि, सांसद र मन्त्रीहरूको पनि व्यवहार, बोली र विचारमा फरक हुन्छ । सर्वसाधारणले बोलेजस्तो नेताले बोल्नु ठीक हुँदैन । एक कर्मचारीले गरेको व्यवहार मन्त्रीले गर्नु मनासिब हुँदैन । उनीहरूले सोच्ने, अध्ययन गर्ने, बुझ्ने र सोच्ने एउटै हुँदैन ।
राजनीतिकरूपले सचेत नभएका सर्वसाधारण लोभलालचमा फस्न सक्छन्† धाक धम्की दिएको आधारमा शत्रुसमक्ष झुक्न सक्छन्† लहैलहैमा जान सक्छन् र अडान फेर्न सक्छन् । तर, सांसद, मन्त्री र नेताहरू त्यस्तो हुनुहुँदैन । नेता र मन्त्रीहरूले बोल्दा, व्यवहार गर्दा गल्ती गरे भने सर्वसाधारणले गल्ती गरेजस्तो ठान्दैनन् । नेता र मन्त्रीहरूले मनपरी बोल्दैनन, बोल्नु हुँदैन । भावनामा बगेर, आक्रोशमा रिस पोखेर, कसैको दबाब र प्रभावमा परेर जे पनि बोल्ने, व्यवहार गर्न थाले भने नेता र मन्त्रीहरूको इज्जत कसरी जोगिन्छ ? सर्वसाधारण र नेता, कर्मचारी र मन्त्री एउटै स्तरका हुँदैनन् । आज देश बिग्रिनु, विकास नहुनु, परनिर्भर हुनु र विदेशी ऋणमा देश डुब्नुको कारण यसरी नै भावावेग, आक्रोश, लोभलालच र दबाबमा परेर हो ।
सार्वजनिक कार्यक्रममा मनले बोलेको भनेर के जे पनि अभिव्यक्ति दिन पाइन्छ ? दिमागले बोल्नुपर्ने कुरा मनले बोलेकोले गल्ती हुन गएको भनेर सन्तोष लिएर हुन्छ ? मनको एउटा र दिमागको अर्को कुरा बोले भनेर के जनताले चित्त बुझाउने ? दिमाग र मन दुवैले बोल्ने प्रधानमन्त्री पुष्पकमल दाहालको कुरालाई सकार्ने नै हो भने कुन कुरा दिमाग र कुन कुरा मनले बोलेको थाहा पाउने ? के जनताले अब दिमागले बोलेको ठीक हुने मनले बोलेको बेठीक हुने भनेर बुझ्ने ? आफ्नो प्रवृत्तिगत विशेषता भनेर नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनप्रतिनिधिले आक्रोश र भावावेगमा जे पनि बोल्नु ठीक होइन । हरेक नेता, प्रधानमन्त्री, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताले आ–आफ्नो पद, प्रतिष्ठा र इज्जतको ख्याल राखेर बोल्नुपर्छ । यसको हरेकले आत्म समीक्षा गर्नैपर्छ ।
प्रम दाहालले भावावेगमा बोल्ने आफ्नो बानी भएको अभिव्यक्ति दिए । प्रम दाहालको भावावेगमा बोलेको यो पहिलो अभिव्यक्ति होइन । उनी छिनछिनमा बोली र बचन फेर्ने या अडान नभएका नेतामध्ये एक हुन् । उनले भावावेगमा बोलेर सयौँ पटक गल्ती महसुस पनि गरे । तर, पनि उनी सच्चिएनन् । बारम्बार गल्ती भए पनि आफैँले सोचेर, विचारेर बानी सुधार्नुपर्ने हो । आफ्नै दलका नेताहरूले आलोचना गरेर सच्याउन खबरदारी गर्नुपर्ने हो । तर, त्यो भएको पाइँदैन । “म थोरै भावनामा आएँ, प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नु हुन्नथ्यो, त्यो दिन म ज्ञानुको बुबा भएर बोलेको थिएँ” भनी दिएको स्पष्टीकारणले प्रम दाहालको भनाइ गल्ती भएको स्पष्ट हुन्छ ।
Leave a Reply