रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
हवाना, जुलाई १२ (ग्रान्मा) । गणतन्त्र क्युवाको परराष्ट्र मन्त्रालयले जुलाई ६, २०२३ मा ग्वान्टानामो खाडीमा अवस्थित अमेरिकी सैन्य आधारमा जुलाई ८ सम्म रहने भनिएको आणविक शक्तिबाट चल्ने पनडुब्बीको ग्वान्टानामो खाडीमा भएको प्रवेशके विरोध गर्दै त्यसलाई राजनीतिक वा रणनीतिक उद्देश्य अज्ञात राखी संयुक्त राज्य अमेरिकाले चालेको उत्तेजनाको चाल भनेको छ ।
क्युवाली परराष्ट्र मन्त्रालयको वक्तव्यमा अगाडि भनिएको छ – क्युवाली जनताको इच्छाविपरीत र सन् १८९८ मा स्पेनी औपनिवेशिक शक्तिविरूद्ध क्युवाको स्वतन्त्रताको युद्धको क्रममा विस्तारवादी हस्तक्षेपपछि सुरू भएको हाम्रो देशको अवैध सैन्य कब्जाको औपनिवेशिक अवशेषको रूपमा अमेरिकी सैन्य अखडाले १२१ वर्षदेखि त्यो ११७ वर्ग किलोमिटर भूभाग ओगटेको छ ।
गवान्टानामो धेरै वर्षदेखि संरा अमेरिकाको लागि कुनै रणनीतिक वा सैन्य महत्व नभएको सुनसान क्षेत्र हो । त्यहाँ अमेरिकी सेनाको उपस्थितिले क्युवाको सार्वभौम अधिकारको उल्लङ्घन गर्ने प्रयास गर्ने राजनीतिक उद्देश्यलाई मात्र बढावा दिन्छ । हालैका दशकहरूमा यसको व्यावहारिक उपयोग विभिन्न देशका दर्जनौँ नागरिकहरूको हिरासत, यातना र व्यवस्थितरूपमा मानवअधिकारको उल्लङ्घनको केन्द्रको रूपमा सेवा गर्न कम भएको छ ।
यस क्षणमा त्यहाँ आणविक पनडुब्बीको उपस्थितिले हामीलाई संसारको यो शान्तिपूर्ण क्षेत्रमा वास्तविक सैन्यकीकरण उद्देश्य के हो ? यो कुन उद्देश्यको विरूद्ध निर्देशित छ ? र यो कुन रणनीतिक उद्देश्य पछ्याउँदै छ ? भनेर प्रश्न गर्न क्युवालाई बाध्य बनाएको छ ।
यस क्षेत्रका ३३ राष्ट्रहरूले ल्याटिन अमेरिका र क्यारिबियनलाई शान्ति क्षेत्रको रूपमा घोषणापत्रमा हस्ताक्षर गरेका छन् । जनवरी २०२३ मा हवानामा हस्ताक्षर गरिएको थियो ।
ल्याटिन अमेरिकी र क्यारिबियन जनताको सार्वभौमसत्ता र हितको लागि खतराको रूपमा, संरा अमेरिकाले यस क्षेत्रमा ७० भन्दा बढी सैन्य अखडाहरू स्थापना गरेको छ, यस सैन्य उपस्थितिको स्थायित्वका विभिन्न मापनहरू, साथै परिचालनका अन्य रूपहरूलाई पनि ध्यानमा राख्नु महत्वपूर्ण छ । अमेरिकी सेनाका उच्च सैन्य कमान्डरहरूले हालैका दिनहरूमा ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रका प्राकृतिक स्रोतहरूमा अमेरिकी महत्वाकाङ्क्षा सुनिश्चित गर्न आफ्नो सैन्य शक्ति प्रयोग गर्ने नियतलाई सार्वजनिकरूपमा उल्लेख गरेका छन् । मन्त्रालयले क्युवामा अमेरिकी सेनाको उपस्थितिलाई अस्वीकार गरेको र ग्वान्टानामो प्रान्तमा अवैधरूपमा कब्जा गरेको क्षेत्र फिर्ता गर्नुपर्ने माग दोहो¥याउँदै नजिकैको क्यारिबियन सागरमा संरा अमेरिकाको सशस्त्र सेनाको आणविक पनडुब्बीको उपस्थिति र सञ्चालनलाई ठूलो मानवीय खतराको रूपमा लिन्छ ।
हवाना, जुलाई ११, २०२३
Leave a Reply