भर्खरै :

आफूलाई कुन विदेशीले प्रधानमन्त्रीमा पु¥यायो, सार्वजनिक गर्नु जरुरी

आफूलाई कुन विदेशीले प्रधानमन्त्रीमा पु¥यायो, सार्वजनिक गर्नु जरुरी

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्ली र नेपालमा कुरा गरेको पुनः दोहो¥याए । यसअघि प्रधानमन्त्री दाहालले असार १८ गते सिंहको पुस्तक सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका थिए ।
प्रधानमन्त्री दाहालले आफूलाई भारतीय शासकवर्गले नै प्रधानमन्त्री बनाएको सार्वजनिक गरेपछि प्रमुख विपक्षी दल एमालेले असार २० गतेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै प्रधानमन्त्री दाहालको राजीनामा मागेको थियो । एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद् अवरोध गर्ने घोषणा गरेका थिए ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा निर्धक्कसँग प्रतिप्रश्न राखे, “प्रतिपक्षले राजीनामा माग्नेबित्तिकै दिनुपर्ने हो र ? प्रधानमन्त्रीलाई सदनसमक्ष स्पष्टीकरणको मौका पनि दिन नहुने लोकतान्त्रिक विधि हो र ?”
“प्रधानमन्त्री दाहालले आफू एमालेका केपी ओलीकै प्रस्तावअनुसार २०७९ पुस १० गते प्रधानमन्त्री भएको दाबी गरे । यसबारे सबभन्दा बढी विपक्षी दलका नेता केपी ओलीलाई थाहा छ,” प्रम दाहालले भने ।
प्रधानमन्त्री र मन्त्री भएकाहरूको यस्तै व्यवहारको विरोधमा नेपाली जनताले सडक र संसद्मा कुन–कुन प्रधानमन्त्री र मन्त्री नेपाली लेण्डुप हुन् भनी आपत्ति जनाएका छन् । तेस्रोपटक प्रधानमन्त्री भएका माओवादीका दाहालले आफूलाई भारतीय विस्तारवाद र एकाधिकार पुँजीले प्रधानमन्त्री बनाएको खुलाए । प्रतिगमनविरोधी जनआन्दोलनको सफलतापछि शान्ति प्रक्रियामा आएका दाहालले २०६३ साल असारयता पटकपटक सशस्त्र द्वन्द्व, शान्ति वार्ता, निर्वाचन र सरकारसम्म माओवादीको पछाडि भारतीय शासकवर्गको हात रहेको सार्वजनिक गर्दै आएको हो । एमालेका अध्यक्ष केपी ओलीले संसद्मै दाहाललाई सशस्त्र द्वन्द्वको बेला जेलवाला तेल राख्दै जुल्फी कोरेर भारतीय एकाधिकार पुँजीको आश्रयमा बसेको दाबी गरेका थिए ।
माओवादीका दाहालले जस्तै अरू शासक पार्टीबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएकाहरूले आ–आफूलाई कुन कुन विदेशीले ती पदहरूमा पु¥याएका हुन्, सार्वजनिक गर्ने साहस गर्नु जरुरी छ ।
प्रधानमन्त्री दाहालले संसद्मा राखे, “अहिले म प्रधानमन्त्री छु । भोलि अर्काे हुनेवाला छ ।” यसले प्रधानमन्त्री दाहाल छिट्टै प्रधानमन्त्रीबाट बाहिरिने सङ्केत देखाउँछ ।
के अब एमालेको समर्थनमा नेकाको देउवा प्रधानमन्त्री हुने हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *