उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
समाजवादी प्रचार अभियान, कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पुगेपछि या जनताले बुझ्न थालेपछि वर्गशत्रु कमजोर हुँदै जान्छ । वर्गशत्रु कमजोर बनाउन जनता सचेत र सङ्गठित हुनुपर्छ । नेमकिपाले आफ्ना नेता र कार्यकर्तालाई मात्र होइन सर्वसाधारण जनतामाझ पनि कम्युनिस्ट पार्टीको वर्गशत्रुबारे सुसूचित पार्दै आएको छ । कम्युनिस्ट पार्टीले आफ्नो वर्गशत्रुबारे कार्यकर्ता र जनतालाई सुसूचित पारेन भने कम्युनिस्ट आन्दोलन कसविरुद्ध लक्षित छ भन्ने कुरा प्रस्ट हुँदैन । नेपाल र नेपाली जनता यतिबेला भारतीय विस्तारवाद, भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादबाट प्रताडित छन् । विदेशी दलाल, सामन्त, प्रतिक्रियावादीहरूदेखि सावधान रहन नेमकिपाले जनतालाई सचेत पार्दै आएको छ ।
भारतीय शासक र विदेशी दलाल नेपाली जनताका शत्रु हुन् तर भारतीय जनता होइनन् । आफ्नो रजाइँ कायम राख्न वर्गशत्रुले अनेक चलखेल गरिरहेको हुन्छ । उनीहरूले जनतालाई भड्काउने, नेता तथा कार्यकर्तालाई लोभलालच देखाएर, पैसा दिएर हातमा लिने प्रयास गरिरहेका हुन्छन् । पुँजीपतिहरू कम्युनिस्ट कम्युनिस्टमाझ अन्तद्र्वन्द्व चर्काउँछन् । एउटा पक्षलाई उचालेर अर्काे पक्षलाई खसाल्ने षड्यन्त्र पुँजीवादीहरूले गरिरहेका हुन्छन् । यसकारण, कम्युनिस्ट पार्टीले समाजवादी सिद्धान्तबारे जनतामाझ बुझाउनुपर्छ, बुझाउँदै जानुपर्छ । कार्यकर्ताहरू सक्रिय नभएमा या शिथिल भएमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ ।
कार्यकर्ताहरू सिद्धान्त र विचार जनतामाझ पु¥याउन, सरकार र वर्गशत्रुको कमी कमजोरी औँल्याउन कुनै नेताको जन्म दिवस पर्खनुपर्दैन, कुनै ऐतिहासिक गतिविधिको स्मरणको दिन पर्खनु पर्दैन । भ्रष्टाचारको विरोध गर्न भ्रष्टाचारविरोधी आन्दोलनको दिन पर्खेर बस्नुपर्दैन । जनतालाई सचेत पार्ने काम निरन्तर भइरहनुपर्छ । हामीले शत्रु पक्षले गरिरहेको गतिविधि या चलखेलप्रति पनि चनाखो हुनुपर्छ । अहिले देशमा पुँजीवादी व्यवस्थाका सञ्चालकहरूमात्र होइन आफूलाई कम्युनिस्ट भन्ने शासक र ठूला दलका नेताहरूले गरिरहेका पुँजीवादी गतिविधिहरूबारे पनि एक एक कुरा थाहा पाउनुपर्छ ।
पुँजीवादी व्यवस्थाका शासकहरूले कम्युनिस्ट पार्टीलाई फसाएका हुन् वा कम्युनिस्टहरू पुँजीवादी भासमा फसेका हुन् ? त्यो समयले देखाउनेछ । तर, देशमा पुँजीवादीहरूले सरकारी संयन्त्रभित्रै राखेर कम्युनिस्ट पार्टीलाई कम्युनिस्टविरोधी गतिविधि गराउने चेष्टा गरिरहेका छन् । आफूलाई देशभक्त कम्युनिस्टको हवाला दिने पुँजीवादी पार्टीमा रहेका कम्युनिस्ट शासकहरू सरकारमा रहेर कसरी देशमा आमूल परिवर्तन हुन्छ ? पुँजीपतिवर्गको उठबसमा रहेर कसरी कामदार जनताको भलाइ हुन्छ, कामदारवर्गको पक्षमा कसरी ऐन कानुन बन्छ ? कम्युनिस्ट पार्टीले पुँजीपतिवर्गको कमजोरी खोतल्ने कि पक्षपोषण गर्ने ? समाजवादी सिद्धान्तको प्रचार गर्ने कि पुँजीवादी व्यवस्थालाई मलजल गर्दै कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने ?
Leave a Reply