उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भारतले नेपाललाई एक स्वाधीन र सार्वभौम देशको रूपमा हेरेको छैन । नेपालमा भइरहेको भारतीय हस्तक्षेप अझै रोकेको छैन । नेपालमा बढिरहेको भारतीय हस्तक्षेप, अतिक्रमण, दबाबकै कारण भारतीय शासकहरूको विरोध बढेको हो । भारतले नेपाललाई एक सार्वभौम मुलुकको रुपमा नहेरी गिद्धेदृष्टिले हेरिरहेको छ । भारत कुनै दिन नेपाललाई निल्न या भारतीय नागरिकहरू नेपालमा बहुमतमा पु¥याएर सत्ता कब्जा गर्ने जाल बुन्दै छ । विकास र आर्थिक प्रलोभनमा भुल्ने नेपाली शासकहरूको कमजोरीको फाइदा भारत या भारतीय शासकहरूले लिइरहेका छन् । सत्ताको भागबन्डाको निम्ति दलको सिद्धान्त र विचार त्याग्ने शासकहरूको अदूरदर्शिता र अवसरवादी नीतिको कारण देश विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको जालमा फस्दै छ । यो राम्रो लक्षण होइन ।
सत्ताको लागि मरिहत्ते गर्ने तर देश जोगाउन र बनाउन अघि नबढ्ने शासकहरूको कारण देशले दुर्गति भोग्दै छ । प्रधानमन्त्री नपाउने भए पार्टी फुटाउन धम्की दिने, सरकार छोड्न धम्की दिने शासक र ठूला दलका नेताहरूले भारतले नेपालमाथि भइरहेको थिचोमिचो, अतिक्रमण र भारतीय एकाधिकार पुँजीको विरोधमा किन बोल्न सकेनन् ? भारतीय शासकहरूसामु उनीहरू किन थुरथुर काम्छन् ? भारतीय शासकहरूको नुन नखाएका भए, असमान सन्धि सम्झौताको विरोध गर्ने छैन भनी कसम नखाएका भए नेपाली शासकहरूले भारतीय थिचोमिचोको विरोध गर्न किन डराउने ? के नेपाल जोगाउने र बनाउने काम नेपाल सरकार र जनताको होइन ? भ्रष्टाचारको विरोध गर्दैमा कुनै दल देशभक्त हुँदैन । पार्टी खोलेको वर्ष दिन नहुँदै नाउँ बटुलेका र झन्डै दुई दर्जन सांसद सीट जितेकोमा गर्व गरेका नेताहरूले भारतले गरेको नेपाली भूमि अतिक्रमणको विरोध गर्नुपर्छ कि पर्दैन ?
दलको स्वार्थ पूरा हुने भएपछि विदेशी हस्तक्षेप र असमान सन्धि सम्झौता पनि सहजै स्वीकार्ने, देश हितविपरीत कार्यमा हस्ताक्षर गर्ने शासकहरूको नेपाल र नेपालीको हितमा कसरी ध्यान जान्छ ? के आ–आफ्नो दलको स्वार्थको आधारमा विदेशी हस्तक्षेप देख्ने र नदेख्ने हुन्छ ? दलको स्वार्थ पूरा भए विदेशी हस्तक्षेप नदेख्ने र पूरा नभए विदेशी हस्तक्षेप देख्ने कस्तो दृष्टिकोण ? नेपाल रहे पो नेपाली रहन्छ । नेपाल नै रहेन भने नेपालीहरूको अस्तित्व कसरी रहन्छ ? शासकहरू यति धेरै किन गिरे ? शासकहरू किन नीच काम गर्न अघि सरे ? शासकहरूको यस्तै गलत राजनीति, गलत र जिम्मेवारहीन कार्यले गर्दा नेपाल विकासशील देश पनि बन्न नसकेको हो, नेपाल गरिब देश बनेको हो, नेपाल आत्मनिर्भर हुन नसकेको हो ।
भारतले नेपाललाई विकासको लोभ देखाएर धेरै असमान सन्धि सम्झौता ग¥योे† नेपालको जलस्रोत हातमा लिने काम ग¥यो । भारतीय दलाल, उद्योगपति र कम्पनीहरूले नेपालको उद्योगहरू हात पारे । नेपालको मुख्य मुख्य सहरहरूको बजार भारतीय व्यापारी र उद्योगपतिहरूले ढाकिसकेका छन् । आफ्नै देशका राष्ट्रिय पुँजीपतिवर्ग र उद्योगपतिहरूलाई उद्योग, कलकारखाना खोल्न नदिई सरकारले विदेशीहरूलाई चल्न दियो । नेपाली जनताले भारतीय एकाधिकार पुँजीको त्यसै विरोध गरेका होइनन् । यस्ता देश हितविपरीतको काममा शासकहरू फसिरहेका छन् । शासकहरूको यस्तो गलत कार्यको अन्य दल, नागरिक समाज, सर्वसाधारण जनता तथा देशभक्त कर्मचारीले विरोध गर्नुपर्छ, आम जनता एकगठ हुनुपर्छ ।
Leave a Reply