भर्खरै :

छिकोङ (शारीरिक व्यायाम) को उद्घाटन

छिकोङ (शारीरिक व्यायाम) को उद्घाटन

भक्तपुर, १ साउन । भक्तपुर नगरपालिका वडा नं. ७ खेलकुद समितिको आयोजनामा छिकोङ शारीरिक व्यायामको एक समारोहबिच उद्घाटन भयो ।
उक्त कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले मानिसको मानसिक, सामाजिक, आर्थिक, शारीरिक क्षेत्रमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्दै जनताका दैनिक जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी र खेलकुदको माध्यमबाट सेवा पु¥याइरहेको बताउनुभयो ।
भक्तपुरका खेलाडीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेको चर्चा गर्दै उहाँले खेलाडीहरू अनुशासित भएझैँ देशका शासकहरू पनि अनुशासित हुनुपर्छ भन्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले छिकोङ मानिसलाई चाहिने अक्सिजन ठीक ठीक तरिकाबाट सास लिने र छोड्ने खेल हो, मानिस बाँच्न रूख बिरूवाबाट मात्र पर्याप्त नहुने हुँदा हावाबाट अक्सिजन लिन र छोड्न यो खेलको आवश्यकता छ भन्नुभयो ।
कृष्णगोविन्द खाइजूले भनपाले समय–समयमा खेलकुद प्रतियोगिताको आयोजना गरेर खेलाडी उत्पादन गरिरहेको र खेलकुदको पूर्वाधार विकास गरिरहेको बताउनुभयो ।
भनपा वडा नं. ७ खेलकुद समितिका अध्यक्ष केशव त्वानावासु, भनपा युवा तथा खेलकुद समितिका रामसुन्दर बासी, छिकोङ खेलका प्रशिक्षक रविना सुवाल, भक्तपुर युवा टीमका बालकृष्ण साँद, खेलकुद समितिका राजेश लाखालगायतले बोल्नुभएको थियो ।
उक्त खेल साउन २ गतेदेखि खँचामा बिहान सुरू हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *