भर्खरै :

शिक्षक सद्भाव दूत

भक्तपुर सहरबाट पहिले पहिले शारीरिक श्रम सहर बाहिर निर्यात हुन्थ्यो । बौद्धिक शक्ति भक्तपुर सहरलाई नै पर्याप्त हुुन्थेन । कटुञ्जेका बाहुनहरू पढेर पढाइ पूरा गरेपछि भक्तपुर पाठशाला, ठिमी पाठशालामा पढाउन जान्थे जागीर खाएर । उदाहरणमा हरिभक्त ढुङ्गेलहरू थिए । यता भक्तपुर सहरबाट बलिया तिघ्रा र पाखुरा भएका ज्ञानबहादुर न्याइच्याईजस्ता युवाहरू भदौरे बाटो कटुञ्जे आउँथे, कटुञ्जेमा बुद्धि निर्यात गथ्र्यो† भक्तपुर सहर श्रम निर्यात गथ्र्यो । तर, भक्तपुर सहरले बुझ्यो अज्ञानको मुहार । भक्तपुर पढ्न लाग्यो । भक्तपुर सहरले अब कोदाली चलाउने श्रमिक होइन कलम चलाउने शिक्षक पठाउन लाग्यो गाउँतिर । अब भक्तपुर सहर श्रमिक होइन शिक्षक पो पठाउन लाग्यो र गाउँ र जिल्लातिर । व्यक्तिको श्रम बेच्थे ज्ञानबहादुर न्याइच्याईहरू । अब सीप बेच्न थाले । खेताला जान्थे बारी खन्न, खेत खन्न गाउँतिर । तर, अब गाउँतिर ज्ञानबहादुर दाइका छोराछोरी, भतिजाभतिजी पढाउन जान थाले कटुञ्जेतिर । यसरी दुई–तीन दशकको बिचमा श्रम बेच्ने भक्तपुर सहर बुद्धि बेच्न थाल्यो । अब भक्तपुर सहर भन्न लाग्यो अब भक्तपुर अरू होइन बुद्धि बेच्छ । अब नेपाल भूमिलाई शिक्षक सङ्गठनले भन्न थाल्यो भक्तपुरबाट शिक्षक भएर जाने सबै सद्भाव दूत हुनुपर्छ भन्ने स्पष्ट हुन्छ ।
के आबद्ध रहँदैन
यसै क्रममा सांसद प्रेम सुवालले शिक्षक जो जहाँ नियुक्ति भए पनि भक्तपुरको सद्भाव दूतको रूपमा काम गर्न सुझाव दिँदै सामुदायिक विद्यालयलाई कुनै पनि निजी विद्यालयभन्दा कम नहुने गरी काम गर्न सल्लाह दिनुभएको छ । हो त नि सार्वजनिक विद्यालयहरूमा पढाइ कम हुन्छ । अन्ततः सार्वजनिक विद्यालयमा पढाउनेहरूले तलब निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले भन्दा बढी खाँदा रहेछन् । तब पढाइ किन कमजोर हुने ? सार्वजनिक विद्यालयहरूको पढाइ कमजोर हुनुपर्ने तर्क नै छैन । साँच्चै मासिक तलब खाने गरी शिक्षक पेसामा आबद्ध भएपछि त्यहीँ समर्पित हुनु भनेर । विद्यार्थी –अभिभावकहरू शिक्षकप्रति कति आदर्श देखाउँछन् ? २०१५ सालको आम निर्वाचनमा जनताले मत धेरै शिक्षकले भनेका प्रत्याशीलाई नै दिएर जिताए । जनताले यति धेरै आदर एवं सम्मान गर्छन् शिक्षकलाई भन्ने कुरा त बुझिदिनुप¥यो कि ? भक्तपुर एउटा चिनिएको जिल्ला हो । जिल्लाको इज्जत एवं प्रतिष्ठा राख्नु भक्तपुरबाट पढाउन भनी गएका शिक्षकहरूले विशेष केही देखाउनै प¥यो । अन्यथा भक्तपुर आबद्ध रहँदैन ।
पढ्ने प्राइमरी पढाउने मास्टर्स
साँच्चै हो कि शिक्षकहरूले चाहेमा सार्वजनिक सर्वाधिक राम्रो हुनसक्छ । तर, शिक्षकलाई शिक्षा दिनु राम्रो हुँदैन राम्रो गर्नोस् भन्नु शिक्षा दिएको हुँदैन, एउटा सुझाव हो । सबै एकै ठाउँमा नियुक्त हुनसक्दैन । तसर्थ, जो जहाँ नियुक्त भएको छ त्यसले त्यही राम्रो उत्तरदायित्व बहन गर्नुपर्छ† तलब मागेको छैन । तपाईं शिक्षकले पाउने सुविधा मागेको छैन । शिक्षक देखिए, बाटोमा भेटिए भने शिक्षकले मात्र अभिवादन गर्दैन घरका सम्पूर्ण सदस्यले अभिवादन गर्छन् । यसरी कुन पेसा नचिनेका मान्छेले आदरपूर्वक अभिवादन गर्छन् । तसर्थ यस्तो सम्मान र आदर पाइने पेसा हो शिक्षण पेसा । तपाईंले भाग्यले शिक्षण पेसा पाउनुभएछ । त्यसको सम्मान गर्नोस् मर्यादा गर्नोस् । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कनले आफ्ना सन्तानका शिक्षकलाई लेखेको चिठी पढ्नुभएको छ ? नपढेको भए खोजेर पढ्नोस् र दृष्टि लगाउनोस् बढी भनेको छ कि गम गर्नोस् । केही बिग्रँदैन त्यसो गर्दा नराम्रो हुँदैन । शिक्षण भनेको सर्वोत्तम काम हो । आफूले जानेको कुरो सिकाउने । एउटा कुरा सुनेको थिएँ । एकजना मान्छे प्राथमिक स्कूलको शिक्षक रहेछन् । बाटोमा एउटा साथीले सोधेछ के गर्नुहुन्छ । उनले निर्धक्क भनेछन् प्राइमरी शिक्षा पढ्छु मास्टर कोर्ष पढाउँछु । उनको भनाइको तात्पर्य रहेछ प्राथमिक शिक्षक भएकाले आफूले पढाउन प्राइमरी कोर्स पढ्नुप¥यो । आफूले पढाउने शिक्षकले मास्टर कोर्स पढ्नुप¥यो । तब भनेको प्राइमरी पढ्छ मास्टर पढाउँछ ।
यो श्रेय शिक्षा प्रसारलाई
शारीरिक श्रम बेच्दाको एउटा स्थिति तर शिक्षक भएर बुद्धि बेच्दाको अर्को स्थिति । दधिकोट गाउँ र वरिपरिका अरू गाउँमा भक्तपुरका युवाहरूले बुद्धि बेचे । अब कटुञ्जेमा भक्तपुरबाट खेताला होइन शिक्षक पठाउन थालियो । तब भक्तपुर सहरमा पनि वातावरण बदलियो । बारी खन्न खेताला पठाउने भक्तपुर अरू पठाउन थाल्यो । विद्यालय पढाउनेमात्र होइन खाना एवं घरेलु उद्योगमा पनि भक्तपुर सहरबाट शिक्षक शिक्षिका आउन थाले । कुटञ्जेका सार्की भक्तपुर सहरमा डेरा लिई जुत्ता सिउँदै बेच्ने गर्न लागे । किनकि बजार भक्तपुर सहर नै भयो । यसरी अब भक्तपुर सहरमा शिक्षा यसरी विकास भयो देशमा अरू भागमा पनि भक्तपुरका युवायुवती गुरु भएर जान लागे । गुरु भएर गाउँ जानुको आकर्षण नै अर्को । अब भक्तपुर सहरबाट गाउँ जाने युवायुवती शिक्षकमात्र होइन सद्भावना दूत हुन् भन्न थालियो । हँुदा हुँदा यताबाट गाउँ जाने केटीले उतै गाउँतिरका केटा मान्छेसँग विहे गर्न थाले । यसरी सहर गाउँ जान थाल्यो । अब सहरको विशेषता गाउँ जान थाल्यो । गाउँको विशेषता सहर पस्न थाल्यो । यी सबको कारण भक्तपुर सहरका युवा गाउँ जानाले हो । तसर्थ, यो नयाँ स्थिति बस्नुको कारण सहरका युवा युवती गाउँ जानाले भएको हो । मलाई लाग्छ, यो परम्पराले निरन्तरता पाउँछ, पाउनुपर्छ । यो सम्पूर्ण उपलब्धिको श्रेय भक्तपुरको शिक्षा प्रचार प्रसारलाई नै जान्छ, मेरो ठम्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *