नेपाली जनताले युद्धको विरोध गर्नु जरुरी छ
- आश्विन २६, २०८१
भक्तपुर, २ साउन । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रम मङ्गलबार जिल्ला समन्वय समिति, भक्तपुरको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको अवगत गराउनुभयो ।
भक्तपुर जिल्लाबाट सो कार्य आरम्भ गर्न भक्तपुर जिल्लाका स्थानीय तहका सबै जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूसँग प्रारम्भिक छलफलको लागि आजको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी गराउनुभयो ।
‘निर्वाचन आयोग ऐन २०७३’ संशोधनको क्रममा रहेको बताउँदै आयुक्त थपलियाले स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी माथि उल्लिखित अधिकारहरू स्थानीय तहलाई प्रत्यायोजन गर्ने नीतिगत निर्णय गरिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली सङ्कलन र मतदानस्थल व्यवस्थापनलगायतको अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य भएको बताउँदै जनप्रतिनिधि र सम्बन्धित पदाधिकारीहरूलाई निर्वाचनसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
निर्वाचन आयोग स्वायत्त र स्वतन्त्र ढङ्गले अगाडि बढ्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले निर्वाचन आयोग नियन्त्रित हिसाबले सञ्चालन हुन नहुने र आयोगको कार्य सञ्चालनको लागि पर्याप्त बजेट छुट्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
मतदान केन्द्रमा मतगणना गर्ने विषय सुरक्षाको दृष्टिकोणले पनि जटिल भएको बताउँदै उहाँले विदेशीलाई मतदान गर्ने अधिकार दिनेजस्ता गम्भीर विषयमा राजनीतिक तह नै स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।
सूर्यविनायक नपाका उपप्रमुख सरिता तिमल्सिना (भट्टराई) ले निर्वाचन आयोगबाट माथि उल्लिखित अधिकारहरू सूर्यविनायक नपालाई प्रत्यायोजन भएमा त्यसको सही कार्यान्वयन गर्ने बताउँदै बसाइँसराइ भएका र नभएका मतदाताहरूको मतदाता नामावलीमा नाम समावेश गर्नेबारे भएको अन्योल प्रस्ट पार्न मुख्य निर्वाचन आयोगसमक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा नेमकिपालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मतदाता नामावली सङ्कलन र अद्यावधिक तथा मतदाता र निर्वाचन शिक्षाको लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न उपयुक्त भएको र निर्वाचन व्यवस्थापनसम्बन्धी प्रत्यायोजनको लागि पर्याप्त छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकका निर्णयहरू :
– बैठकले भक्तपुर जिल्लाभित्रका सबै स्थानीय तहहरूबाट निर्वाचन व्यवस्थापनसँग सम्बन्धित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य, मतदानस्थल तथा केन्द्र व्यवस्थापन गर्ने कार्य र मतदाता शिक्षा एवम् निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन कार्य सुरुवात गर्ने निर्णय गर्यो ।
– बैठकले निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तहबाट सम्पादन गर्नको लागि हरेक स्थानीय तहमा रहेको निर्वाचन एकाइमार्फत आवश्यक जनशक्ति खटाउने र स्रोतसाधन व्यवस्थापन गरी सेवा आरम्भ गर्ने निर्णय गर्यो ।
– स्थानीय तहबाट निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्न आवश्यक पर्ने प्रणालीको व्यवस्था निर्वाचन आयोगले गरी सो कार्यका लागि आवश्यक पर्ने कार्यविधि मापदण्ड तयार गरी सोको लागि आवश्यक प्रशिक्षणको व्यवस्था निर्वाचन आयोगले मिलाउने निर्णय गर्यो ।
– उल्लिखित कार्य गर्न आवश्यक दर्ता किट र सफ्टवेर तत्कालका लागि निर्वाचन आयोगले उपलब्ध गराउने र आगामी दिनमा आवश्यक पर्ने दर्ता किटलगायत आवश्यक स्रोतसाधन व्यवस्थापन गरी नागरिकलाई सरल, सहज र विश्वसनीय एवम् प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउने निर्णय गर्यो ।
– उल्लिखित कार्यको अनुगमन गरी आवश्यक समन्वय र सहजीकरणको कार्य जिल्ला समन्वय समिति र जिल्ला निर्वाचन कार्यालयले गर्ने निर्णय ग¥यो ।
Leave a Reply