यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ललितपुर, २ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ ललितपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गरियो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले ललिता निवास जग्गा हडप्नेमा शासक दलका नेता तथा कार्यकर्ताहरू नै संलग्न छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकता विधेयक प्रमाणीकरणबाट तराईवासी नेपाली जनताको अधिकार खोसिने भएको छ । नेमकिपाले नेपालीलाई मात्र वंशजको नागरिकता दिनुपर्नेमा जोड दिँदै आएको हो ।”
उहाँले नेपालमा उत्पादन हुने वस्तु भारतबाट आयात गर्न रोक्नुपर्ने आवश्यकता औँल्याउँदै नेपालमा उत्पादन नहुने वस्तुमात्र भारतबाट आयात गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसको सरकारले विश्व व्यापार सङ्गठन (WTO) मा नेपाल सदस्य भएर खुला बजार अर्थतन्त्रमा लगेर नेपाली किसानलाई समस्यामा पारेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा क्रान्तिकारी भूमिसुधार लागु गरी जमिनको मालिक वास्तविक किसानलाई गरेपछि मात्र नेपालमा उत्पादन बढ्ने र नेपाल आत्मनिर्भर बन्नेछ । नेपालमै रासायनिक मल कारखाना स्थापना गरी मलको व्यवस्था गर्ने, बीउबिजन र कृषि सामग्री वा औजार उपलब्ध हुने व्यवस्था गर्नुपर्छ र कृषि विशेषज्ञ कृषकको पहुँचमा हुनुपर्छ ।”
“अहिलेसम्मका शासक दलहरू सबै विदेशी पुँजीपरस्त भएकाले नेपालको आर्थिक स्थिति झन्झन् बिग्रिँदै छ । युवाहरू विदेसिँदै छन् । यसले नेपालमा राजनैतिक विचलन भइरहेको छ । एमसीसी तथा एसपीपीजस्ता देशघाती कदमले गर्दा नेपालमा अस्थिरता बढेको हो,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले नेपाल क्रान्तिकारी किसान सङ्घले २०२५ सालमै भ्रष्टाचारविरुद्ध सङ्घर्ष गरी भ्रष्टाचारीलाई कारबाही गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भुटानी शरणार्थी प्रकरण, ललिता निवासको जग्गा निजी गरेको विरोध तथा अन्य सार्वजनिक पोखरी, जङ्गल, पर्ती जग्गा हडपेको विरोधमा सङ्घर्ष गर्दै आएको छ भक्तपुरमा निजी बनाइएको पोखरीको जग्गा जनसङ्घर्षबाटै पुनः सार्वजनिक भएको छ ।”
उहाँले काठमाडौँको ठमेलस्थित कमलपोखरीलाई निजी बनाई २६ रोपनीभन्दा बढी जग्गामा छायादेवी कम्प्लेक्स निर्माण गरेको बताउनुभयो ।
नेमकिपा वाग्मती प्रदेशका सदस्य एन. महर्जनले तराई, पहाड र हिमाली क्षेत्रमा सहकारी संस्थामार्फत ठग्ने कार्य भइरहे पनि सरकार मूकदर्शक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेकाका अर्थमन्त्री प्रकाशशरण महतले ऋणबाट प्राप्त रकम फर्जी बिलको आधारमा निजी अस्पताललाई ३० करोडभन्दा बढी वितरण गरी अनियमित गरेका छन् । कोरोना कालमा निजी अस्पतालहरुले महँगो शुल्क लिएर उपचार गरी निःशुल्क उपचार गरेको फर्जी बिल पेश गरे ।”
उहाँले नेकाले बहुदल पुनः स्थापनापछि देशमा चीन, रुसलगायतले बनाइदिएको उद्योग कलकारखाना कौडीको मूल्यमा निजीकरण गरी भ्रष्टाचार गरेको र नेपाललाई परनिर्भरतातर्फ धकेलिएको बताउनुभयो ।
नेमकिपा ललितपुरका सदस्य महन्त महर्जनले नेमकिपाका नेता कार्यकर्तामा लोभ र डर छैन, हरेक अपराध र भ्रष्टाचारको निर्भिकतापूर्वक विरोध गर्दै आइरहेको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ, ललितपुरका अध्यक्ष कवीन्द्र डंगोलको सभापतित्वमा भएको प्रवचन कार्यक्रममा सूर्यलक्ष्मी देसारले पनि बोल्नुभएको थियो ।
Leave a Reply