भर्खरै :

इन्जिनियरहरुको तालिम सम्पन्न

भक्तपुर, २ कात्र्तिक । इन्जिनियर समाज नेपालको आयोजनामा भएको दश दिने एसएपी अटोक्याड तथा तथ्याङ्क विश्लेषण तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम ख्वप ई कलेजको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें(रोहित)ले संसारभर नयाँ नयाँ आविस्कारहरुलाई जोड दिने गरेको बताउँदै साँस्कृतिक स्तर उठ्न नसक्दा नेपालको विषयमा नेपालीले भन्दा विदेशी लेखकहरुले बढी पुस्तक लेख्ने गरेको चर्चा गर्नुभयो ।
पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता नहुँदा भएको ज्ञान समेत थन्काउनु पर्न े बाध्यता भएको स्मरण गर्दै अध्यक्ष रोहितले आजको खुला समाजमा ज्ञानको विस्तारमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग अनुसन्धान एकाइका महासचिव डा. गोविन्द तामाङले अध्ययन, अध्यापन र अनुसन्धानको त्रिकोणात्मक सम्बन्ध र असरबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा बस्तु उत्पादन र त्यसको वितरणात्मक व्यवस्थापन प्रणालीलाई विश्वविद्यालयको शिक्षासँग सहकार्य गर्दै अध्ययन अनुसन्धान भइरहेको बताउनुभयो ।
समाजका अध्यक्ष ई. रवीन्द्र फोजूको सभापतित्वमा भएको कार्यक्रममा तालिममा सहभागी एक सय दश जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *