नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, १९ जुलाई (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन पर्यावरण संरक्षण सम्मेलनमा उपस्थित भएर एक महत्वपूर्ण सम्बोधन गर्नुभएको छ । भावी पाँच वर्ष नै सुन्दर चीनको निर्माणको निर्णायक समय भएको तथा उच्च गुणस्तरको पर्यावरणीय वातावरणबाट उच्च गुणस्तरीय विकासमा समर्थन दिइनु आवश्यक रहेको र मानवजाति तथा प्रकृतिबिच मेलमिलाप हुने आधुनिक समय बनाउने क्रमलाई तीव्र पार्दै जान पनि सीले आह्वान गर्नुभयो ।
पर्यावरणीय सभ्यताको निर्माण गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण सम्बन्धहरूबारे चर्चा गर्दै सीले जनाउनुभयोः पहिलो, उच्च गुणस्तरीय विकास र उच्चस्तरीय संरक्षणबिचको सम्बन्ध । दोस्रो, मुख्य कठिन समस्याहरूको समाधान गर्नु र सँगसँगै सहयोग गरेर काम गर्नु बिचको सम्बन्ध । तेस्रो, प्रकृतिको भरमा परी पुनस्र्थापना गर्नु र मानवजातिले गर्ने सम्भारबिचको सम्बन्ध । चौथो, बाह्य अवरोध र आन्तरिक शक्तिको संयोजन सम्बन्ध र पाँचौँ, कार्बन निष्काशनसम्बन्धी २ प्रतिबद्धता र स्वतन्त्र कार्यबिचको सम्बन्ध ।
यसका अतिरिक्त, सुन्दर चीनको निर्माणकालागि प्रत्याभूति प्रणालीको सुधार गर्नुका साथै पर्यावरणीय संरक्षणसम्बन्धी केन्द्रीय सरकारको निगरानी भूमिकालाई निर्वाह गर्दैजाने पनि सीले औँल्याउनुभयो ।
सी चिनफिङद्वारा चिनियाँ अर्थतन्त्रको हरित विकासमा जोड
त्यसैगरी, चीनको राष्ट्रिय पर्यावरणीय संरक्षण अधिवेशन जुलाई १७ देखि १८ सम्म पेइचिङमा आयोजित भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त अधिवेशनमा सहभागी भएर ‘सुन्दर चीन’ निर्माण गर्ने कदमलाई व्यवस्थापन गर्दै हरित कम कार्बुन शृङ्खलाबद्ध आर्थिक प्रणालीको स्थापना गर्ने र मानव जाति तथा प्रकृतिबिचको मेलमिलापयुक्त सहअस्थित्व आधुनिकीकरण अघि बढाउने विचार प्रस्तुत गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई नेतृत्व गरेर चिनियाँ शैलीको आधुनिकीकरण पश्चिमा आधुनिकीकरणको तुलनामा एउटा विशेषता भनेको वातावरणलाई बलिदान गरेर परम्परा औद्योगिकीकरण बाटो त्यागी एउटा पर्यावरणीय वातावरणलाई प्राथमिकता दिएर हरित विकास बाटोमा हिँड्दै छ ।
सर्वप्रथम ‘हरित जीडीपी’ विचारको प्रस्तुत गरेका विद्वान्, अमेरिका राष्ट्रिय मानव र संस्कृति प्रतिष्ठानका प्रोफेसर जोन बी कोब जुनियरले चीनले विश्व पर्यावरणीय सभ्यताको निर्माणमा आशा पु¥याएको ठान्नुभएको छ । संयुक्त राष्ट्र सङ्घ वातावरण योजना विभागका प्रमुख एरिक सोल्हेमले चीनको चच्याङ प्रान्तको विकास देखेर चच्याङ प्रान्तमा वातावरणको संरक्षण, आर्थिक विकास, रोजगारीको वृद्धि, नागरिकको स्वास्थ्य तथा ग्रामिण क्षेत्रको पर्यटन विभिन्न क्षेत्रको दिगो विकासलाई साकार तुल्याएको औँल्याउनुभएको छ ।
Leave a Reply