कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
दोलखा, ४ साउन । नेपाल मजदुर किसान पार्टी दोलखाको आयोजनामा भक्तपुरका सचेत किसान जनताले सहकारी संस्थाका भ्रष्ट पदाधिकारीहरूलाई ५५ वर्ष अगाडि कारबाही गरेको साउन २ को सम्झनामा अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एन. बी. श्रेष्ठले भन्नुभयो, “नेपालमा भ्रष्टाचारले विकराल रूप लिएको छ । अन्तर्राष्ट्रियरूपमा नेपालको बदनाम भएको छ । भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा शासक दलका नेताहरू भ्रष्टाचारी ठहरिएका छन् । कतिपय नेताहरू भ्रष्टाचारमा जेल परेका छन् । नेपाली काङ्ग्रेस भ्रष्टाचारी र अपराधीहरूलाई सरंक्षण गर्ने पार्टीको रूपमा बदनाम भएको छ भनी काङ्ग्रेसकै नेताहरू बोलिरहेका छन् । एमालेका नेताहरूको नाम पनि भ्रष्टाचार र अनियमिततामा जोडिएको अवस्था छ ।”
उहाँले पुँजीवादी पार्टीले गरिरहेको भ्रष्टाचार, अनियमितता र अपराधबारे नेपाली जनतालाई सचेत गर्दै जनताको आन्दोलन अगाडि बढाउनसके भ्रष्टाचार निवारण हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान पुँजीवादी सरकारका अर्थमन्त्री प्रकाशशरण महतले विदेशबाट विकासको लागि प्राप्त गरेको ऋण निजी अस्पतालहरूलाई कोरोनाकालको फर्जी बिलको आधारमा ३० करोडभन्दा बढी रकम स्वास्थ्य मन्त्रालयलाई जानकारी नगरी भुक्तानी दिए । स्वास्थ्य मन्त्रालयले कोरोनाकालमा पैसा बढी लिएर निजी अस्पतालमा उपचार गरेको हुँदा फर्जी बिल भनी निकासा नदिने निर्णय गरेको थियो । यसबाट मन्त्रीले कति रकम पाउने हुन् त भनी जनता प्रश्न गर्दै छन् ।”
नेमकिपा दोलखाका के.जी. प्रधानले भन्नुभयो, “किसान कार्यकर्ताहरूले विसं २०२५ साउन २ गते र २०२६ साल असार १९ गते सहकारी संस्थामा भ्रष्टाचार गर्ने अपराधीलाई उल्टो टोपी लगाएर भक्तपुर नगर परिक्रमा गराई सजाय दिएका थिए । त्यसबेलादेखि नेमकिपालाई भ्रष्टाचारविरोधी पार्टीको रूपमा सचेत जनताले चिन्दै आएका छन् ।”
उहाँले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार भनेको छायासरि हुने, पैसा प्राप्तिको लागि पुँजीवादी सोच बोक्ने मानिसले इज्जत, प्रतिष्ठा, नैतिकता र इमानदरिताजस्ता कुरा सबै गुमाउने गर्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी दोलखाका मयप्रसाद शिवाकोटीले भन्नुभयो, “नेमकिपा भ्रष्टाचार र अनियमितताको विरोध गर्छ । नेमकिपाले देश र जनताको पक्षमा कार्य गर्छ ।”
नेमकिपा दोलखाका सदस्य शान्तप्रसाद शिवाकोटीले सबै मानव जातिको कल्याण गर्ने समाजवादी बन्दोबस्तमा मात्र भ्रष्टाचार अन्त्य हुन्छ भन्नुभयो । कृष्णको सभापतित्वमा भएको उक्त कार्यक्रममा डीबी जिरेल, मदेश दोलखाली र तीर्थ रत्नले पनि बोल्नुभएको थियो ।
Leave a Reply