यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक आफूले प्रतिनिधित्व गर्ने राजनीतिको कुरूपता प्रकट गरेका छन् र त्यसको पर्यायवाची बनेका छन् । मणिपुरमा भएको बहुसङ्ख्यकको हिंसामा उनले मौनता तोडे भन्नु गलत हुनेछ । वास्तवमा आफ्नो शैलीमा उनले आफ्ना समर्थकहरूलाई ‘यौन हिंसाका घटनाहरूविरुद्ध कार्य नगरेको’ आरोप लगाउँदै विपक्षी–शासित राज्यहरूलाई लक्षित गर्न उक्साए । उनले आफ्ना अनुयायीहरूलाई मणिपुरका जनताले भोगेको हिंसालाई चिन्न वा दोषी महसुस गर्न आवश्यक छैन भनी बताए । बरु विपक्षीविरुद्ध आक्रामकरूपमा अघि बढ्नुपर्छ ।
मोदीको बयानपछि अहिले जब कुकी महिलाहरूमाथि भएको सामूहिक क्रूरताको तस्बिरले विश्व स्तब्ध भइरहेको बेला बीजेपी नेताहरू र उनको सोसल मिडिया सेनाले काङ्ग्रेसशासित राज्यहरूमा महिलाहरूमाथि हुने हिंसाको विरुद्धमा किन बोल्दैनन् भनेर प्रश्न गर्दै काङ्ग्रेस नेताहरूलाई आक्रमण गर्न थाले । मणिपुरका कुकी जनताले झन्डै तीन महिनादेखि भोगेको बहुसङ्ख्यकको हिंसाको मुद्दालाई छायामा परेर महिला हिंसाको मुद्दामा सीमित गरियो । यस्तो हिंसा प्रायः सबैभन्दा डरलाग्दो ढङ्गमा भारतका सबै राज्यहरूमा र विश्वव्यापीरूपमा पनि महिलाहरूका लागि दैनिक वास्तविकता हो ।
घटनाको झन्डै तीन महिनापछि दुई कुकी महिलालाई भिडले नग्न पारेर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । एफआईआरमा घटनामा तीन जना महिला पीडित भएको बताइएको छ । यो भिडियोले मानिसहरूलाई त्रसित पा¥यो र अविश्वास र आक्रोशपूर्ण सार्वजनिक प्रतिक्रियाहरू जन्मायो । तर, भारतको प्रधानमन्त्रीको बारेमा पनि यस्तै भन्न सकिन्छ र ? वा प्रदेशको मुख्यमन्त्री ? कर्नाटक विधानसभा चुनावको प्रचारको क्रममा मणिपुरमा तीन दिन बिताएका गृहमन्त्रीको नाम उल्लेख गर्न आवश्यक छैन ? के हामीले ती अति विशिष्टहरूले पनि आम मानिसले जस्तै यो घटनाको बारेमा भिडियोमार्फत मात्र थाहा पाएका र कुकी जनतामाथि भएको हिंसाबारे अनभिज्ञ छन् भन्ने विश्वास गर्ने अपेक्षा गरिएको हो ?
यदि त्यसो हो भने, हामीले भारतको केन्द्र र राज्य सरकारको उद्देश्यमाथि प्रश्न उठाउनुपर्छ । मणिपुरका महिला हिंसाका पीडित महिलाहरूले प्रहरी र राष्ट्रिय महिला आयोगमा दर्ता गरेपछि ती उजुरीहरूबारे उनीहरू राम्ररी जानकार थिए भन्ने स्पष्ट छ । यसले मुख्यमन्त्रीले कुकीहरूविरुद्ध बहुसङ्ख्यकको हिंसालाई सक्रियतापूर्वक उक्साएको, हिंस्रक मेइटी समूहहरूलाई समर्थन गरेको, यी ज्ञात तथ्य हुन् र यिनलाई निरन्तरता देऊ भनेको अर्थ लाग्न जान्छ ।
आफ्नो भाषणको क्रममा, मोदीले मणिपुर हिंसामा छोटकरीमा छुनुअघि राष्ट्रलाई गहिरो असर गर्ने मुद्दाप्रति आफ्नो उदासीनता र घृणा प्रदर्शन गर्दै साउनको महिना (मनसुन) र युवाहरूको डिजिटल इन्डियासँगको सम्बन्धको बारेमा खुसी साथ कुरा गरे । मोदीको भनाइले उनको धूर्तता र आत्मविश्वासलाई प्रकट गर्दछ कि उनले आफ्ना निर्वाचन क्षेत्रहरूको संवेदनालाई अपमानित गरेका छन्, उनीहरूलाई आफ्नो धूर्तता र दुष्टता स्वीकार गर्न बाध्य तुल्याएको छ ।
यौन दुव्र्यवहार र हत्या हिंसाका रूपहरू भए तापनि आफ्नो पहिचानका कारण सम्पूर्ण समुदायविरुद्ध हुने हिंसा फरक र बढी गम्भीर श्रेणीमा पर्दछ । मणिपुरमा दुव्र्यवहार र बलात्कार गरिएका महिलाहरू कुकी थिए र आक्रमणकारीहरू मेइती समुदायका थिए । यौन दुव्र्यवहार राज्य सरकारको मौन समर्थनका साथ मेइती समूहहरूले उक्साएको बहुसङ्ख्यक हिंसाको हिस्सा थियो ।
मेइती महिलाको बलात्कार र हत्याको झूटो समाचारले मेइती जनतालाई यी महिलामाथि आक्रमण गरेर बदला लिन उक्साएको दाबी गर्नु पनि गलत हो । कुकी महिलामाथि हुने यौन हिंसालाई ढाकछोप गर्ने र त्यसका लागि बहाना खोज्ने उद्देश्यले फेक न्युज हुने सम्भावना बढी हुन्छ । तसर्थ, झूटा समाचार फैलाउने र कुकी महिलाहरूमाथि आक्रमण गर्नेहरू उही थिए – हिंसात्मक मेइती समूह जसले कुकीहरूविरुद्धको हिंसामा भाग लिन आम मेइती व्यक्तिहरूलाई पनि परिचालन ग¥यो ।
इन्डियन एक्सप्रेसका अनुसार हिंसा गर्ने भिडले मात्रै होइन, राज्य प्रहरीले पनि महिलालाई भिडको जिम्मा लगाएर भाग लिएको थियो । कसै–कसैले दाबी गरेअनुसार उनीहरूलाई भिडले जबरजस्ती खोसेको थिएन ।
प्रधानमन्त्रीले हिंसाको एक हिस्सा भएकोले बोल्ने आशा गर्नु गलत थियो र सायद यसको लागि उनको राजनीतिको ब्रान्ड जिम्मेवार छ । गुजरातमा मुस्लिमविरुद्धको नरसंहारको नेतृत्व गर्दा नरेन्द्र मोदी अहिले मणिपुरका बिरेन सिंहकै स्थितिमा थिए ।
मोदी अस्वीकृतिका विशेषज्ञ हुन्, तर अझ डरलाग्दो कुरा के छ भने उनी हिंसात्मक भिडलाई परिचालन गर्छन् र नेतृत्व गर्छन् । न्याय खोज्ने र मुद्दाहरू छलफल गर्न चाहनेहरूलाई आक्रमण गर्छन् । सत्तामा उनको निरन्तरता भनेको मानिसहरूलाई वास्तवमै मानव बनाउने सबै चीजहरूको मृत्यु हो ।
(लेखक अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा पढाउँछन् ।)
Leave a Reply