नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्योङयाङ । युद्धको विश्व इतिहासले विश्व–ऐतिहासिक महत्वका केही युद्धहरूसहित धेरै ठूला र साना युद्धहरूलाई चिनेको छ । तीमध्ये कोरियाली जनताको पितृभूमि मुक्तियुद्ध अतुलनीय छ । युद्धमा भूभाग र जनसङ्ख्याको हिसाबले सानो प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरिया दुई वर्षको मात्रै थियो । त्यस देशले इतिहासमा पहिलोपटक शक्तिशाली शत्रु अमेरिकी साम्राज्यवादी आक्रमणकारीलाई पराजित गर्दै विश्व शान्ति र स्थायित्व कायम गर्न ठूलो योगदान पु¥यायो ।
नवोदित प्रजग कोरियाले युद्धमा साम्राज्यवादको तानाशाह नेता संरा अमेरिकालाई पराजित ग¥यो, यसरी २० औँ शताब्दीमा ‘युद्धको शताब्दी’ भनिने नाटकीय प्रभाव र छाप छोड्यो । युद्धमा कोरियाली जनताको विजयको सबैभन्दा महत्वपूर्ण विश्व–ऐतिहासिक महत्व यस तथ्यमा निहित छ कि उनीहरूले दोस्रो विश्वयुद्धपछि एसिया महादेश र बाँकी विश्वमाथि नियन्त्रण प्राप्त गर्ने नियतले अमेरिकी साम्राज्यवादीहरूको विश्व प्रभुत्वको रणनीतिलाई साकार पार्ने प्रयासलाई विफल पारेर मानव जातिको शान्ति र सुरक्षाको रक्षा गरे ।
युद्धमा कोरियाली जनताको विजय एउटा उल्लेखनीय घटना थियो जसले एसियाप्रतिको पश्चिमाहरूको आक्रामक नीति र विश्व प्रभुत्वको रणनीति लागू गर्ने र आणविक युद्ध सुरु गर्ने अमेरिकी योजनालाई सुरुमै विफल बनायो ।
विश्व प्रभुत्वका लागि अमेरिकाको रणनीतिका मुख्य लक्ष्यहरू तीन बुँदामा थिएः पहिलो, विश्वयुद्धमा राजनीतिक, आर्थिक र सैन्यरूपमा गम्भीररूपमा कमजोर भएका आफ्ना सहयोगीहरूलाई नियन्त्रणमा राख्नु थियो । दोस्रो, कमजोर पुँजीवादी संसारको पुनर्संरचना गरेर समाजवादी देशहरूको विरुद्धमा युद्ध छेडेर घाँटी थिच्नु थियो । तेस्रा,े औपनिवेशिक व्यवस्थालाई हतियारको बल प्रयोग गरेर उपनिवेशहरूमा रहेको राष्ट्रिय मुक्ति आन्दोलनलाई बढाउनु र रोक्नु थियो ।
त्यसको लागि अमेरिकाले एसियाप्रति आक्रामक नीतिमा ध्यान केन्द्रित ग¥यो किनभने त्यतिबेला यो क्षेत्र साम्राज्यवादविरोधी सङ्घर्षको मुख्य मोर्चा, साम्राज्यवादविरोधी क्रान्तिकारी आन्दोलनको मुख्य रङ्गमञ्च बनेको थियो र त्यहाँ क्रान्तिकारी शक्तिहरू तीव्ररूपमा वृद्धि भएका थिए । एसिया महाद्वीपमा फैलिएको क्रान्तिको ज्वाला निभाउन नसकेसम्म यसले युरोप र एसियालाई गुमाउन सक्छ भन्ने निर्णय ग¥यो ।
संरा अमेरिकाको कोरिया नीतिको अन्तिम लक्ष्य सम्पूर्ण कोरियामाथि प्रभुत्व जमाउनु हो र एसियातर्फको आक्रामक नीति सुदूर पूर्वलाई महत्व दिने अमेरिकी नीतिको केन्द्रबिन्दु बन्यो ।
कोरियाली प्रायः द्वीपको रणनीतिक स्थिति अमेरिकी नीतिनिर्माताहरूले बुझेका थिए कि अमेरिकाले सुदूर पूर्वमा एसियामा प्रगतिको बाटो खोल्नको लागि प्रजग कोरिया कब्जा गर्नुपर्छ र त्यसपछि मात्र उसले आफ्नो विश्व सर्वोच्चताको रणनीतिलाई साकार पार्न पहिलो कदम चाल्न सक्छ ।
अमेरिकी अखबार द ओरेगन जर्नलको जनवरी २१, १९५० को अङ्कले प्रजग कोरियाको रणनीतिक महत्वलाई सङ्केत गर्दै कोरियाली प्रायःद्वीप, एसियाली महादेशको फैलावट, प्रशान्त क्षेत्रमा लगभग सबै गतिविधिहरूको लागि ब्रिजहेड स्थापित गरेको बताएको थियो ।
प्रजग कोरियाको रणनीतिक महत्वको स्पष्टीकरणसँगै संरा अमेरिकाले देशविरुद्ध आक्रामक नीति पुष्टि ग¥यो र आफ्नो विश्व प्रभुत्वको महत्वाकाङ्क्षाको निम्ति त्यहाँ आक्रामक कदम चाल्ने दुष्प्रयास ग¥यो ।
दोस्रो विश्वयुद्धपछि प्रजग कोरियाविरुद्धको अमेरिकी आक्रामक नीतिको कार्यान्वयनको प्रत्यक्ष जिम्मेवार म्याकआर्थरले भने कि सैन्य दृष्टिकोणले जापान ‘भविष्यको स्प्रिङबोर्ड’ होे र कोरिया एसिया महादेशको पुलको रूपमा उपयुक्त छ । उनले थपे कि यदि तिनीहरूले सम्पूर्ण कोरिया कब्जा गरे भने तिनीहरूले चीनको दक्षिणी क्षेत्र र दक्षिणी तटीय क्षेत्रबिच पनि विखण्डन गर्न सक्षम हुनेछ ।
प्रजग कोरियालाई जित्ने युद्ध संरा अमेरिकाको आक्रामक विदेश नीति कार्यान्वयनको लागि निर्णायक थियो । तर, अमेरिकीहरू गलत थिए । उनीहरूले सोचेजस्तो प्रजग कोरिया कमजोर देश होइन । यसको अभूतपूर्व बलियो प्रतिआक्रमणले संरा अमेरिकालाई स्तब्ध बनायो । आफ्नो देशको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा गर्न मर्न तत्पर रहेका कोरियाली जनताले देखाएको अतुलनीय पराक्रम, आत्मत्यागी भावना र लोकप्रिय वीरताले विश्वसामु संरा अमेरिकाको ‘पराक्रम’ को मिथकलाई चकनाचुर पारिदियो । संरा अमेरिकाले त्यसअघि कुनै पराजय बेहोर्नुपरेको थिएन र कोरिया युद्धमा इतिहासमा पहिलोपटक अपमानजनक पराजय भोग्नुपरेको थियो ।
कोरियाली जनताले पितृभूमि मुक्ति युद्धमा ठूलो विजय हासिल गरे । यसरी संरा अमेरिकाको प्रजग कोरिया र एसिया कब्जा गर्ने र विश्वमा प्रभुत्व जमाउने जङ्गली महत्वाकाङ्क्षालाई परास्त ग¥यो । यसले ‘विश्वमा सबैभन्दा बलियो’ भएको घमण्ड गर्ने अमेरिकी साम्राज्यवादीहरूका लागि पराजयतिर उन्मुख गराउने कार्यकको थालनी ग¥यो ।
स्रोतः प्योङयाङ टाइम्स
Leave a Reply