कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ७ साउन । भक्तपुर नगरपालिका वडा नं. २ कार्यालय ब्यासीको आ.व. २०७९/०८० को समीक्षा गोष्ठी एवम् चारदिने प्राङ्गारिक कृषि तालिमको प्रमाणपत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा अतिथि रवीन्द्र खर्बुजाले भक्तपुर आजको अवस्थामा पु¥याउन स्थानीय जनता र जनप्रतिनिधिहरूको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै भक्तपुरको विकास निर्माण कार्यमा जनताको विश्वासले गर्दा जनश्रमदान बढिरहेको चर्चा गर्नुभयो । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र जीर्णाेद्धारलगायतको कामले आज भक्तपुर आन्तरिक र बाह्य पर्यटकहरूको गन्तव्यस्थल बन्दै आइरहेको उल्लेख गर्दै उहाँले भक्तपुर विश्व परिचित गराउन अझै धेरै कार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष आसकुमार कोजुले बालबालिका हुर्काउन परिवारले जसरी मेहनत गर्नुपर्छ त्यसरी नै भक्तपुरको विकासमा स्थानीय सरोकारवाला सम्पूर्ण पक्षबाट सहयोग गर्नुपर्ने चर्चा गर्नुभयो । उहाँले शैक्षिक माफिया र भ्रष्टाचारी, शासक दलहरूको कमिसनखोरका कारण ख्वप विश्वविद्यालयको स्वीकृत नदिएको बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा उहाँले २०७९/०८० मा सम्पन्न भएका योजना र आ.व. २०८०/०८१ का भावी योजनाबारे जानकारी दिनुभयो ।
वडाका रत्नकाजी नातरी, गणेशप्रसाद सुवाल, राजन जति, श्यामसुन्दर मातां, न्हुछेराम कोजु, मन्जु लाखाजु, नीमा प्रजापति, रजनी सुवाल र पुण्यराम स्वंगमिखालगायतले समीक्षा गोष्ठीमा आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply