भर्खरै :

कोरिया युद्ध विजयको ७० औँ वार्षिकोत्सव मनाउन भव्य समारोह

कोरिया युद्ध विजयको ७० औँ वार्षिकोत्सव मनाउन भव्य समारोह

प्योङयाङ, जुलाई २७ (केसीएनए) । कोरियाली जनताको पितृभूमि मुक्ति सङ्ग्राममा वीरता र न्यायको प्रतीकको रूपमा चम्किरहेको कोरिया युद्ध विजयको ७० औँ वार्षिकोत्सव समारोहमा हर्ष र उत्साह थप्दै जुलाई २७ मा भव्य समारोहको आयोजना भयो । गरिमामय प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विकासको क्रम, गौरव र उत्तराधिकारको महान् पर्वको रूपमा सो समारोह इतिहासमा विशेषरूपमा दर्ज भएको छ ।
तीनवर्षे कोरिया युद्ध विजयको ७० औँ वार्षिकोत्सव समारोहमा वीर कोरियाली जनता र मित्रहरूप्रति अमूल्य प्रशंसा र सम्मानका साथ युद्ध विजय दिवस, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र यसका सबै जनतालाई उल्लेखनीयरूपमा अभिवादन गरिएको थियो । पूर्वमा जनताको पहिलो देशको रूपमा नयाँ जन्मेको गणतन्त्रले २० औँ शताब्दीको मध्यमा अमेरिकी साम्राज्यवाद, साम्राज्यवादीहरूको प्रमुख अगुवा अमेरिकी साम्राज्यवादले गरेको गुण्डागर्दीपूर्ण सशस्त्र आक्रमणको प्रत्याक्रमण युद्धमा विजय हासिल गरेको थियो ।
समारोह कोरियाली मजदुर पार्टीका महासचिव एवं प्रजग कोरियाको राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अवसरमा उहाँले युद्धको महान् विजयको ७० औँ वार्षिकोत्सवको अवसरमा वीर कोरियाली जनतालाई बधाई ज्ञापन गर्नुका साथै प्रजग कोरियाको भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष ली होङजोङसँग न्यानो र मैत्रीपूर्ण कुराकानी गर्नुभएको थियो ।
उपाध्यक्ष ली होङजोङ चिनियाँकम्युनिस्ट पार्टी र सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रजग कोरिया भ्रमणमा रहनुभएको छ । उहाँले युद्ध विजय दिवसको अवसरमा चिकपाको केन्द्रीय समितिका महासचिव र जनगणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पठाउनुभएको सन्देश पत्र कमरेड किम जोङ उनलाई हस्तान्तरण गर्नुभयो ।
समारोहमा रूसी महासङ्घका राष्ट्रपति भ्लाडिमिर पुटिनका विशेष दूत एवं रक्षामन्त्री जनरल सर्गेइ शोइगु पनि विशेष अतिथि रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *