भर्खरै :

खेलकुदमार्फत एकता प्रवद्र्धन गर्न सी चिनफिङको आह्वान

खेलकुदमार्फत एकता प्रवद्र्धन गर्न सी चिनफिङको आह्वान

छेङतु, १३ साउन । (सीआरआई) । ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडको उद्घाटन समारोह जुलाई २८ बेलुकी सछ्वान प्रान्तको छङतु शहरमा आयोजना गरिएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा सहभागी हुँदै सो विश्व युनिभर्सिआड शुभारम्भ गर्ने घोषणा गर्नुभयो ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो ।
सो उद्घाटन समारोहको स्वागत भोजमा सी चिनफिङले खेलकुदमार्फत एकता प्रवद्र्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय समुदायका लागि विकास शक्ति थप दिनुपर्ने र विश्वव्यापी चुनौतीहरूको संयुक्तरूपमा सामना दिन आह्वान गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, अन्तर्राष्ट्रिय आदान–प्रदान गर्न र विभिन्न मानव जातिहरूबीचको आपसी समझदारी र मित्रता बढाउनको लागि खेलकुद महत्वपूर्ण पुलहरूमध्ये एक हो । खेलकुदका लागि मानव समाजले देखाएको साझा उत्साहले अन्तर्राष्ट्रिय आदान–प्रदानलाई राम्रो अवसर उपलब्ध गराएको र सबै देश तथा क्षेत्रका मानिसहरूको हृदयलाई नजिक पनि बनाएको देखिन्छ ।
३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडमा ६ हजार ५ सय खेलाडी
३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडको मुख्य नारा ‘युवा सपनालाई साकार बनाऔँ’ हो । यस उद्घाटन समारोहले चिनियाँ विशेषताहरू, आधुनिकीकरण र युवा आचरणसहितको भावना विश्वलाई प्रदर्शन गरिएको छ ।
यस पटक युनिभर्सिआडले ११३ वटा देश र क्षेत्रबाट आएका ६,५०० जना खेलाडीलाई आकर्षित गरेको छ । यी विश्व विद्यालयका विद्यार्थी खेलाडीहरूले १८ वटा ठूला र २६९ वटा साना प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
तीमध्ये मार्सल आर्ट र पानी पोलो प्रतियोगितामा छङतु युनिभर्सिआडको पहिलो र अन्तिम स्वर्ण पदक आउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *