नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
भक्तपुर, १७ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ, इताछेँ एकाइ समितिको आयोजनामा ‘स्मृतिमा का. शोभा’ पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले शोभा प्रधानको जीवनीबाट असल व्यक्ति बन्ने प्रेरणा मिलेको बताउनुभयो । आफूलाई लागेको कुरा स्पष्ट राख्ने स्पष्ट वक्ता, कर्तव्यनिष्ठ, सङ्घर्षशील शोभा भाउजूले भक्तपुर काण्डको बेलामा महिलाहरूको सङ्घर्षलाई नेतृत्व गर्दै उहाँले सङ्घर्ष गरेको चर्चा गर्नुभयो ।
उहाँ असल शिक्षिका, सङ्घर्षशील महिला, असल अभिभावकलगायत सफल राजनीतिक कार्यकर्ता रहेको उहाँले चर्चा गर्नुभयो ।
श्यामसुन्दर मातांले शोभा भाउजूको सङ्घर्षपूर्ण जीवनीबाट पाठ सिकी अगाडि बढ्नुपर्ने चर्चा गर्दै हिजोआज डेङ्गुको प्रकोप बढिरहेकोले खोज र नष्ट गर अभियानलाई सफल पार्न सबैले आ–आफ्नो स्थानबाट सक्रिय भई लाग्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष लक्ष्मीश्वरी मातांको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजन जति, मन्जु लाखाजु, सरिता खुसु, सबिता कैटी, तुल्सीलक्ष्मी दुमरु, मन्जु स्वंगमिखा र शर्मिला मानन्धरले स्मृतिमा का. शोभा पुस्तकबारे आ–आफ्नो अध्ययनबारे जानकारी दिनुभयो ।
Leave a Reply