शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
चीनका उच्च कूटनीतिज्ञ वाङ यीले हालै पेइचिङमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली अकबर अहमदियानसँग भेटवार्ता गर्नुभयो । भेटका क्रममा वाङले दुई राष्ट्र प्रमुखबिच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न र द्विपक्षीय सम्बन्धको स्थिर र दीर्घकालीन विकासलाई प्रवद्र्धन गर्न इरानसँग सञ्चार र समन्वयलाई सुदृढ गर्न चीन इच्छुक रहेको बताउनुभयो ।
वाङले चीन–इरान बृहत् सहयोग योजनाको कार्यान्वयन र बेल्ट एन्ड रोड सहयोगलाई अगाडि बढाउन इरानसँगको सहकार्यलाई बलियो बनाउन चीन इच्छुक रहेको कुरामा जोड दिनुभयो ।
बेल्ट एन्ड रोड इनिसिएटिभ
(बीआरआई) को लागि इरान महत्वपूर्ण रणनीतिक साझेदार हो । यो पूर्व र पश्चिमबिच पुलको रूपमा रहेको छ । त्यसकारण, यसले मानिसहरू, संस्कृति र वस्तुहरूको भेटघाटको लागि एक मार्गको रूपमा काम गर्दछ । इरान देश लामो समयदेखि मध्य एसियाको प्रवेशद्वार रहेको छ, बीआरआईले इरानलाई ऐतिहासिक रेशम मार्गमा एक अत्यन्त महत्वपूर्ण खेलाडी बनाउँदै पश्चिमतर्फ युरोप र मध्यपूर्वमा व्यापार प्रवाहित गरिरहेको देखिन्छ ।
त्यस्तैगरी, यो भौगोलिक स्थितिले यसलाई दुई महादेशहरूलाई जोड्ने क्षमताको माध्यमबाट बीआरआईमा एक प्रमुख खेलाडी बनाएको छ । तर, यस द्विपक्षीय सम्बन्धमा अन्य विचारहरू पनि छन् ।
वाङ यीले भन्नुभएझैँ चीनले आफ्नो राष्ट्रिय सार्वभौमसत्ता कायम राख्ने इरानको प्रयासलाई समर्थन गर्दछ र आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेपको विरोध गर्दछ । इरान लामो समयदेखि संरा अमेरिका र यसका सहयोगी देशहरूले थोपरेको द्वन्द्व र अशान्तिको स्थितिमा रहेको छ, जसले आफ्नो ऊर्जा बजारमा पहुँच गर्न देशमा राजनीतिकरूपमा प्रभुत्व जमाउन खोजेका छन् । हालैका वर्षहरूमा, संरा अमेरिकाले संयुक्त राष्ट्र सङ्घको मध्यस्थता गरिएको इरान आणविक सम्झौताको पालना गर्न अस्वीकार गरेको छ र तेहरानलाई अतिरिक्त–कानुनी नियम र सर्तहरू मान्न बाध्य पार्ने प्रयासमा क्रुर एकपक्षीय प्रतिबन्धहरू लगाएको छ ।
वास्तवमा त्यो अमेरिकी कदम सम्झौताको उल्लङ्घन थियो ।
यद्यपि, चीनले प्रतिबन्धहरू प्रयोग गर्न वा देशहरूलाई ‘पक्ष लिन’ बाध्य पार्नुको सट्टा ‘जीत–जीत’ सहयोगको अवधारणा पछ्याउन देशहरूलाई एकसाथ ल्याउन खोज्छ । जस्तै, यसले क्षेत्रीय विवादहरूमा शान्ति निर्माता र मध्यस्थकर्ताको रूपमा सक्रिय भूमिका खेल्दै इरानसँग साझेदारीको माध्यमबाट महत्वपूर्ण सन्तुलन प्रदान गरेको छ ।
यसबाहेक, चीनले इरान र साउदी अरेबियाबिचको सम्बन्धलाई सामान्य बनाउन मध्यपूर्वको दृष्टिले शान्ति र क्षेत्रीय एकीकरणलाई प्रवद्र्धन गर्ने र आर्थिक विकासलाई सहज बनाउनको लागि मध्यस्थता गरेको छ । यो कदम बेल्ट एन्ड रोड इनिसिएटिभको उद्देश्यसँग मेल खान्छ । चीनले अघि सारेको बीआरआई यसमा सहभागी भएका १५० भन्दा बढी देशहरूको लागि आर्थिक वृद्धिको ज्योतिको रूपमा विकसित भएको छ ।
इरानको शीर्ष व्यापार साझेदारको रूपमा चीनको हैसियतसाथै यसको समय–परीक्षण र विविध समर्थन, जस्तै २०२१ मा हस्ताक्षर गरिएको तिनीहरूको २५–वर्षीय सहयोग सम्झौता, सबै इरानलाई आफ्नो क्षमताको आधारमा बाँच्न मद्दत गर्ने पूर्वको दृष्टिकोणको अभिव्यक्ति हो । यही दृष्टिकोणले मात्र अन्तरमहादेशीय आदानप्रदान तथा छिमेकी देशहरूसँग राम्ररी एकता कायम गर्न सकिन्छ ।
यसले बहुपक्षीयता, बहुध्रुवता र जीत–जीत सहयोगमा आधारित मध्यपूर्वको लागि वैकल्पिक भविष्य प्रदान गर्दछ । यसले यस क्षेत्रका राष्ट्रहरूले आफ्ना मतभेदहरू समाधान गर्न, शान्ति स्थापना गर्न र त्यसैले आर्थिकरूपमा एकीकरण गर्न सक्छन् भन्ने धारणालाई पनि बढावा दिन्छ ।
(टम फाउडी बेलायती राजनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक तथा डरहम र अक्सफोर्ड विश्वविद्यालयबाट दीक्षान्त हुन् ।)
Leave a Reply