भर्खरै :

डेङ्गुसम्बन्धी सचेतना र योजनाको समीक्षा

डेङ्गुसम्बन्धी सचेतना र योजनाको समीक्षा

भक्तपुर, १८ साउन । हाल फैलिरहेको डेङ्गु रोगसम्बन्धी जनचेतनामूलक तथा वडा नं. ७ मा सञ्चालन भएका योजनाहरूको समीक्षा कार्यक्रम बिहीबार भयो ।
उक्त कार्यक्रममा भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले वर्षायामसँगै बढिरहेको कीटजन्य रोग डेङ्गुको नियन्त्रणसम्बन्धी जनतालाई सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा देशभर फैलिने भएकोले सतर्कता अपनाउनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजुले डेङ्गु रोगबाट सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै भनपाले नेमकिपाको घोषणापत्रअनुसार कार्य गर्दै आएको बताउनुभयो ।
वडा सदस्य हेरा ख्याजुले आ.व. २०७९/०८० सालको विनियोजित वडास्तरीय, नगरस्तरीय र अमानतबाट भएका योजनाहरूबारे जानकारी दिँदै कृषक सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम पनि सफल पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य हरिरत्न गोर्खाली र रञ्जना त्वाती, वडा सचिव विजय लोहला, नर्स मीना दुवाल र कृषक गणक रसा गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *