प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
भक्तपुर, २० साउन । नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाको आयोजनामा जात्रा नियमितरूपमा सफलतापूर्वक सञ्चालन गर्ने उद्देश्यले जात्रामा संलग्न रकमी सहयोगी तथा देवगण (उजाजु) बिच शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नवदुर्गा देवगण जनस्तरबाट चल्ने जात्रा भएको उल्लेख गर्दै नेपालकै सबभन्दा लामो चल्ने यो जात्रा राष्ट्रिय जात्राको रूपमा परिचित छ भन्नुभयो ।
समयअनुसार जात्रा सञ्चालन गर्न कठिन भएको हुँदा गुठी संस्थानले चल अचल सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले यो जात्रालाई राज्यको सम्पत्तिको रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
संस्कृतिलाई पेसाको रूपमा लिन नहुने विचार व्यक्त गर्दै उहाँले पैसाले मात्र सबै कार्य सफल नहुने हुँदा व्यवस्थापनमा ध्यान दिनुपर्छ भन्नुभयो ।
गुठी संस्थानका प्रमुख खिमा वलीले नवदुर्गा जात्रा सफल पार्न रकमी सहयोगीहरूको योगदान महत्वपूर्ण हुने विचार व्यक्त गर्दै यो जात्रालाई दीर्घकालसम्म कायम राख्न आर्थिक तथा भौतिक सहयोगको लागि माथिल्लो निकायमा आग्रह गर्ने बताउनुभयो ।
पूर्ववडाध्यक्ष विष्णुबहादुर मानन्धरले २०१६÷०१७ सालदेखि नवदुर्गा द्योछेँलाई पुख्र्यौली जग्गा प्रदान गरेर सहयोग गरेको स्मरण गर्दै जात्राको लागि मानन्धर समुदायले बाजा बजाएर सहयोग गरिरहेको बताउनुभयो ।
दसैँमा मनाइने खँम्ये जात्राको लागि खँम्येको व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न पहल भई हाल २०८८ सम्मको लागि खँम्येको व्यवस्था भइसकेको जानकारी उहाँले दिनुभयो ।
जात्रामा संलग्न रकमी सहयोगीहरूको बैठक बरोबर बस्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले परापूर्वदेखि चल्दै आएको यो जात्रा नियमितरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का पूर्ववडाध्यक्ष कृष्णभक्त लवजु नवदुर्गा देवगणमा संलग्न रकमी सहयोगी र देवगणको पीडा हल गर्न संस्कृति मन्त्रालय, गुठी, संस्थान र स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
देवगणहरूको जात्रा अनुशासितरूपमा सञ्चालन गर्नुपर्ने, लोभलालचमा फस्न नहुने, हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
संस्थाका सल्लाहकार नारायणमान बनमालाले देवगण जात्राको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै जात्रा सञ्चालनमा विभिन्न पेसाको संलग्नता, जात्राको प्रचारप्रसार, नयाँ पुस्तामा जात्राको सहभागिता आदिबारे बताउनुभयो ।
जात्राका रकमी सहयोगी पूर्णबहादुर चित्रकारले १३ वर्षको उमेरदेखि मकुन्डो बनाउने कार्य गर्दै आएको चर्चा गर्दै विगतमा आर्थिक सहयोग भोग्दै हाल केही आर्थिक सहयोग जुतिरहेको बताउनुभयो ।
जात्रामा तान्त्रिक पूजा गर्ने रमेश कर्माचार्यले संस्कृति जोगाउन आफ्नो कर्तव्य पालना गर्ने विश्वास व्यक्त गर्दै आवश्यक सहयोगको लागि आग्रह गर्नुभयो । खँम्येको जिम्मेवारी लिइरहेका कान्छा शाहीले आर्थिक सहयोग कम रहेको, शान्ति सुरक्षामा बेवास्ता भएको, खँम्येको बलिदिन कठिनाइ भएको उल्लेख गर्दै जात्रा सञ्चालनमा सहयोग गरिरहने विश्वास दिलाउनुभयो ।
अर्का सहभागी पृथ्वीकुमार प्रजापतिले देवगणको लागि आवश्यक माटाका भाँडा बनाएर सहयोग गरिरहेको चर्चा गर्दै कार्यक्रमबाट थप ऊर्जा मिल्ने बनाउनुभयो ।
संस्थाका अध्यक्ष बालगोपाल बनमालाको सभापतित्वमा भएको सो कार्यक्रममा रामगोपाल कुसले, संस्थाका उपाध्यक्ष आशाकाजी बनमाला र सचिव लक्ष्मीप्रसाद बनमालाले पनि बोल्नुभएको थियो ।
Leave a Reply