भर्खरै :

चौतर्फी सङ्कटबिच बृहत यूरेशिया स्थिर छ

चौतर्फी सङ्कटबिच बृहत यूरेशिया स्थिर छ

रुस–युक्रेन द्वन्द्व तथा रुस र पश्चिमबिचको टकरावको हुँदा पनि बृहत यूरेशिया द्वन्द्वमा फस्नेछ र अस्थिरताले ग्रसित हुनेछ भन्ने अपेक्षाको विपरीत यो क्षेत्र अपेक्षाकृत रूपमा स्थिर रहेको छ । भौगोलिक, राजनीतिक, संस्थागत र आर्थिक कारकहरूको सङगमले बृहत यूरेशियालाई यस क्षेत्र वरिपरि तीव्र बनिरहेको प्रमुख शक्तिहरूबिच प्रतिस्पर्धाको लागि लचिलो स्थिति बनाएको छ भनी भन्नु अतिशयोक्ति हुनेछैन ।
पहिलो, बृहत यूरेशियाको मुख्य भौगोलिकरूपमा प्रमुख शक्तिहरू बिचको टकरावको प्राथमिक स्थितिहरूबाट हटाइएको छ । जबकि पूर्वी युरोप र बाल्टिक राज्यहरू रसिया र नाटोबिचको वास्तविक द्वन्द्वको अग्रपङ्क्तिमा अवस्थित छन् । मध्य एसियाली देशहरू, मङ्गोलिया र पूर्वी एशियाका अधिकांश भू–राजनीतिक द्वन्द्व उत्पन्न हुनसक्ने बिन्दुहरूबाट हटाइएका छन् । द्वन्द्वका स्थितिहरूबाट उनीहरूको दूरीले उनीहरूलाई युरोपमा केन्द्रित महाशक्ति प्रतिद्वन्द्विताको सबैभन्दा खराब अस्थिर प्रभावहरूबाट अलग्ग गरेको छ ।
दोस्रो, बृहत यूरेशियाका अधिकांश राष्ट्रहरू राजनीतिकरूपमा स्थिर र कट्टरपन्थीका लागि कम अनुकूल छन् । चीन र रुसले आफ्नो सिमानामा हुने कुनै पनि पृथकतावादी र चरमपन्थी आन्दोलनलाई दमन गर्ने र मध्य एसियाली देशहरूले बाह्य शक्तिहरूलाई आफ्नो सिमानाभित्र समस्या निम्त्याउनबाट रोक्ने संयन्त्रहरू परिचालन गरेका छन् भने मङगोलियामा स्थिर सरकार छ र दक्षिण कोरिया र जापानलाई परिपक्व र उदार राष्ट्रहरूको रूपमा लिइन्छ र यी देशहरू चरम राजनीतिक आन्दोलनहरूको प्रतिरोधीका रूपमा रहेका छन् । यस क्षेत्रका देशहरूको स्थायित्वले बृहत यूरेशियालाई यस क्षेत्र बाहिरका द्वन्द्वका विघटनकारी प्रभावहरूबाट जोगाएको छ ।
तेस्रो, शाङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन) र युरेशियाली आर्थिक सङ्घ (यूरेशियन इकोनोमिक युनियन) जस्ता क्षेत्रीय संस्थाहरूले बाह्य भूराजनीतिक विवादहरूमा युरोपेली सङ्घ तथा युरोप सुरक्षा र सहयोग सङ्गठनजस्ता युरोपेली खेमाहरू र सङ्गठनहरूभन्दा बढी लचिलो साबित भएका छन् । शाङ्घाई सहयोग सङ्गठन र युरेशियाली आर्थिक सङ्घ व्यावहारिक सङ्गठनहरू हुन् र अन्तरराज्यीय द्वन्द्वहरूले कमजोर हुन सक्ने स्थानीय मूल्यमान्यताहरू वा राजनीतिक आदर्शहरूमा नभई सदस्य राष्ट्रहरूले साझा गरेको मुख्य सुरक्षा र आर्थिक हितहरूमा आधारित छन् । तिनीहरूको ठोस मुद्दामा आधारित मूल्यमान्यताको आधारले तिनीहरूलाई भू–राजनीतिक आँधीबेहरीको मौसममा त्यसको सामना गर्न सक्षम बनाउँछ ।
चौथो, आर्थिक शक्तिहरू विशेषगरी बजारका शक्तिहरूले बृहत यूरेशियाको लागि स्थिरताको कारकको रूपमा काम गर्छन् । जबसम्म तिनीहरू राजनीतिक विवादहरूले अत्यधिकरूपमा सीमित छैनन् चीन, रुस र मध्य एसिया र काकेशस क्षेत्रका देशहरू युरेशियामा बढेको व्यापार, लगानी, पूर्वाधार र कनेक्टिभिटीबाट आर्थिक रूपमा लाभान्वित हुन सक्छन् । यी पारस्परिक आर्थिक चासो र प्रोत्साहनहरूले राजनीतिक विभाजनलाई समाधान गर्न र लाभदायक अन्तरनिर्भरता बढाउन मद्दत गर्दछन् ।
सामान्यतया बृहत् यूरेशियाको सबैभन्दा अस्थिर उप–क्षेत्र मानिने दक्षिण काकेशसलाई पनि व्यापक विश्वव्यापी शक्ति प्रतिस्पर्धाले भन्दा स्थानीय गतिशीलताले बढी आकार दिएको छ । टर्किए र इरानजस्ता क्षेत्रीय शक्तिहरूले यस क्षेत्रको मामिलामा विदेशी प्रमुख शक्तिहरूभन्दा ठूलो भूमिका खेल्छन् र यदि ती देशबिच कुनै मतभिन्नता र असहमतिहरू छन् भने पनि व्यापक अस्थिर अन्तरराज्यीय द्वन्द्वहरूतिर बढ्नुको सट्टा स्थानीयकृत र सीमित रहेका छन् ।
यसबाहेक, बृहत यूरेशियाका संस्थाहरू पश्चिमी खेमाहरू र युरोपेली सङ्घ र युरोप सुरक्षा र सहयोग सङ्गठन जस्ता सङ्गठनहरूभन्दा फरक ऐतिहासिक र भूराजनीतिक परिस्थितिहरूमा स्थापित भएका थिए । शाङ्घाइ सहयोग सङ्गठनसँग शक्ति राजनीतिको जटिल सन्तुलन छैन, जुन परम्परागत रूपमा युरोप सुरक्षा तथा सहयोग सङ्गठनसँग नरहेको छ । त्यस्तै, युरोप सुरक्षा र सहयोग सङ्गठनले युरोपेली सङ्घलाई परिभाषित गर्ने विविध हितहरूको जटिल सन्तुलन कायम गर्ने प्रयास गर्दैन । यो क्षेत्रका देशहरूको मुख्य स्वार्थहरूमा केन्द्रित व्यावहारिक संस्थागत ढाँचामात्र हो जसले यूरेशियन सङ्गठनहरूलाई परिणाममुखी र बाह्य दबाबहरूप्रति कम लचिलो बनाएको छ ।
साथै, बृहत यूरेशियाका अर्थतन्त्रहरू विश्वव्यापी आर्थिब मन्दीका झट्काहरूबाट पूर्ण रूपमा प्रतिरक्षा नभए पनि बाह्य राजनीतिक कारणहरूमा अपेक्षाकृत कम निर्भर छन् । फलस्वरूप, अन्तर–क्षेत्रीय आर्थिक एकीकरण र घरेलु विकास, बाह्य बजारहरूमा निर्भर नहुने, तिनीहरूको आर्थिक वृद्धिलाई अगाडि बढाउन सफल छन् र यो आर्थिक आत्मनिर्भरताले तिनीहरूलाई राजनीतिक स्थिरता दिएको छ ।
यो सत्य हो कि बृहत यूरेशियाको आजको स्थायित्व सदाको लागि रहन्छ भनी मान्न सकिँदैन, तर वस्तुगत भौगोलिक, राजनीतिक, संस्थागत र आर्थिक कारकहरूले यस क्षेत्रलाई बढ्दो प्रमुख शक्ति प्रतिस्पर्धाको बिचमा मानक अन्तर्राष्ट्रिय सम्बन्ध सिद्धान्तहरू अनुसार थप स्थिर बनाउन सक्छन् । यस क्षेत्रको स्थायित्व सिमान्त कारणहरूले बढ्दो अस्थिर विश्वव्यापी वातावरणलाई कति लामो समयसम्म सहन सक्छ भन्ने कुरामा भर पर्छ ।
दोस्रो विश्वयुद्धको अन्त्यसम्म युरेशियामा स्थिर व्यवस्थाको उदयलाई रोक्ने कार्य सधँै अमेरिकी रणनीतिक लक्ष्य रहँदैआएको छ । तसर्थ, यूरेशियामा स्थायित्व र शान्ति कायम गर्नु विश्व शान्ति र विकासको चासोका लागि आधारभूत आवश्यकता हो । यूरेशियाले विश्वको जनसङ्ख्या र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण हिस्सा ओगटेको छ । यदि द्वन्द्व र मुठभेडले चौतर्फी घेरा हाल्यो भने यसले क्षेत्रीय विकासमा बाधा पु¥यााउने मात्र नभई विश्वलाई नै असर गर्छ ।
तसर्थ, यस क्षेत्रका देशहरूले मतभिन्नताहरूभन्दा बाहिर पनि देख्नसक्नुपर्छ, आपसी विश्वास र सहयोगलाई अभिवृद्धि गर्नुपर्छ र युरेशियालाई द्वन्द्वको केन्द्रबिन्दु नभई विश्व शान्ति र समृद्धिको महत्वपूर्ण संवाहक बन्न सक्षम बनाउनुपर्छ । यसरी मात्रै सबै मानव जातिले विकासका अवसरहरूमा साझेदारी गर्न र राम्रो भविष्य सिर्जना गर्न मिलेर काम गर्न सक्छ ।
(लेखक पेइचिङस्थित अन्तर्राष्ट्रिय मामिलाका टिप्पणीकार हुन् ।)
चाइना डेलीबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *