भर्खरै :

नेका र एमाओवादीको केन्द्रीय समितिको बैठक लोकमतको आँखामा

नेका र एमाओवादीको केन्द्रीय समितिको बैठक लोकमतको आँखामा

केही दिनअगाडि नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको खुला बैठकबारे कार्यकर्ताहरूले मात्रै होइन सबै जनताले नेकाको आन्तरिक विषयमा जानकारी पाउने अवसर पाए । यो एक प्रकारको पारदर्शिता हो ।
त्यसको लगत्तै एमाओवादी (प्रचण्ड) को केन्द्रीय समितिको बैठक १७ साउनमा भयो । बैठकले ‘एक वर्षभित्र विधान सम्मेलन र विशेष महाअधिवेशन गर्ने प्रचण्डको प्रस्ताव’ शीर्षकको समाचार ‘नयाँ पत्रिका’ ले १८ साउनमा छाप्यो ।
उपशीर्षकमा ‘केन्द्रीय समिति २०९ बाट झारेर ९९ सदस्यीय बनाउने’ उल्लेख गरियो र ‘बैठकमा प्रचण्डले सरकारले चालेको कदमबाट जनतामा नयाँ आशा पलाएको’ बारे जानकारी दिइयो ।
साउन १९ कै ‘नयाँ पत्रिका’ को शीर्षक भन्छ, ‘नेतृत्वबाटै कार्यशैली नबदले ओरालो यात्रा रोकिँदैन ।’
‘माओवादी बैठकमा बहस : आफँैले हिँडेको बाटो भुल्यौँ कि !’ – (अन्नपूर्ण पोष्ट १९ साउन २०८०)
माओवादी केन्द्रको बैठकबारे ‘परिवारवाददेखि सुनकाण्डसम्मको आरोप’ ‘शीर्षकमा पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै’ केन्द्रीय सदस्य रामनारायण बिडारीले ‘किसान र मजदुरको पार्टी’ बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै काङ्ग्रेस बैठकमा ‘कचमचले’ अर्थात् ‘रङ्गविरङ्गी’ भन्दै ‘काङ्ग्रेस शीर्ष बैठकमा सत्ता सुख सबै सुखको मुहान बनेझैँ’ देखियो । बरु एमालेलाई लडाउन नेतृत्व सफल भएकोमा काङ्ग्रेसजन गौरवान्वित भएको मज्जैसँग झल्कियो ।
‘नेपाली काङ्ग्रेसको अहिलेको अन्तद्र्वन्द्वमा सैद्धान्तिक मतभेद कहीँ कतै देखिएन । विवाद देखिएको भनेको गठबन्धनबाट प्राप्त सुविधा वा अवसर काङ्ग्रेसभित्रको संस्थापन पक्षले बढी हात पा¥यो, पराजित पक्षले यथोचित पाएन भन्ने मात्र सुनियो ।’
काङ्ग्रेसभित्रकै टिप्पणी थियो– ‘काङ्ग्रेसमा एक्लै चुनाव लड्ने ह्याउ देखिँदैन किनभने सिद्धान्त र आचरण नारायणहरि पारिएको छ । निर्वाचनमा सिद्धान्तनिष्ठ, सङ्घर्षशील, विषयविद्ले टिकट पाउँदैनन् । चुनाव जितेकालाई एकपटक हेर्नुस् त, ठेकेदार, दलाल, बिचौलिया, तस्कर, माफिया, डन, व्यापारी, सामन्त…। काङ्ग्रेसहरू माओवादीका पुच्छरजस्तै देखिन्छन् । सरकारमा ठाउँ पाएका मन्त्रीलाई फाइदा होला तर देश, जनता र पार्टी रनभुल्ल छन् । मिटरब्याजीमा को छ ? भुटानी शरणार्थीमा को छ ? बालुवाटार प्रकरणमा को छ ? काङ्ग्रेस र यो पार्टीको छवि कमजोर मात्रै होइन दिनदिनै नारायणहरि पारिँदै छ ।’ (नागरिक विचार, १९ साउन २०८०) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *