जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, २२ साउन । भक्तपुर नगरपालिका नगर शिक्षा शाखाको आयोजनामा पूर्व प्रावि शिक्षकहरूको लागि एजयलष्अ सम्बन्धी एकदिने तालिम सम्पन्न भयो ।
तालिम उद्घाटन गर्दै भनपाका उपप्रमुख रजनी जोशीले शैक्षिक जग बलियो बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षामा गरेको लगानीको प्रतिफल तत्काल प्राप्त हुँदैन । तर, समाज रूपान्तरणमा यसले महत्वपूर्ण योगदान खेलिरहेको हुन्छ ।”
देश विकासको लागि हामीले अझ धेरै काम गर्नु छ भन्दै उहाँले पूर्व प्राविका शिक्षकहरू बालबालिकाको दोस्रो आमा हुनुहुन्छ भन्नुभयो ।
समाजका अग्रजहरूले पु¥याएको योगदानको कदर गरी नयाँ पुस्ता थप जोश र जाँगरका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सफल शिक्षकको निम्ति बालमनोविज्ञान पनि जान्नु आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका सदस्य ज्ञानसागर प्रजापतिले शिक्षण पेसालाई पैसासँग मात्र दाँज्न नहुने भन्दै उहाँले पैसा भएर पनि इज्जत नहुनेहरूको भीडमा यो पैसा नभए पनि इज्जतदार पवित्र पेसा हो भन्नुभयो । आफ्नो पेसामा गौरव गरौँ भन्दै उहाँले शिक्षकलाई थकानको छुट हुँदैन† निरन्तर समर्पित हुनुपर्छ भन्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तालिम सार्थक र फलदायी हुनेमा आफू विश्वस्त रहेको बताउँदै यसले शुद्ध उच्चारणमा मद्दत पुग्ने बताउनुभयो ।
नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले शैक्षिक सुधारको लागि अनुगमन समितिको सहयोगमा निरन्तर तालिम चलाइरहेको र तालिममा हासिल गरेको सिप कक्षाकोठामा विद्यार्थीलाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।
समापन समारोहमा सहभागीहरूको तर्फबाट विष्णुमाया लामाले भक्तपुर नगरपालिकाप्रति आभार व्यक्त गर्दै नगरपालिकाले सामुदायिक र संस्थागत स्कूललाई सँगसँगै समेटेर लान भइरहेको प्रयास प्रशंसनीय छ भन्नुभयो । उहाँले तालिम अत्यन्त उपलब्धिमूलक छ, तर तालिम एक दिन अपुग छ र यस्तै अरू पनि तालिमको आयोजना गरेर शिक्षकको क्षमता वृद्धि गरिदिन आग्रह गर्नुभयो ।
तालिममा सहभागी ८२ जना पूर्व प्रावि शिक्षिकाहरूलाई तीन समूहमा विभाजन गरी एजयलष्अ सम्बन्धी व्यावहारिक तालिम दिइएको थियो । प्रशिक्षकहरूमध्ये देवना जोशीले सहभागीहरूलाई आफूले सिकेको सिप विद्यालयमा अन्य सहकर्मी साथीहरूलाई बाँड्न आग्रह गर्दै सिकेको सिप कार्यान्वयन भए नभएको अनुगमन गर्ने पनि बताउनुभयो ।
Leave a Reply