भर्खरै :

तब पो जान्छन् सरकारमा ?

भएन, भएन, राज्य सञ्चालनको तरिका भएन । यसरी सुचारूरूपमा राज्य सञ्चालन हुन सक्दैन । कसैले भनेको कोही टेर्दैन । प्रधानमन्त्रीदेखि परिचरसम्म सबैजना निर्देशन दिन्छन् । यहाँ निर्देशन दिने हाकिम, बडाहाकिम धेरै भए, हाकिमको आदेश पालना गर्ने कोही भएनन् । आखिर निर्देशन कार्यान्वयन गर्ने मानिस आजको सबैभन्दा खाँचो भएको देखिन्छ । अन्ततः आदेश निर्देश पालना गर्ने तहका मान्छे नै मुख्य मान्छे हुन् । यो देशमा त्यही खाँचो भयो । राजनीतिक नेतृत्वले आदेश पालना गर्ने आदेश निर्देशन विनाशङ्का पालना गर्ने कर्मचारी बनाउन सकेन । परिणाम यी यस्तो भयो । बजेट खर्च हुँदैन समयमा । जब बजेट खर्च हुँदैन तब योजना, विकास परियोजना कार्यान्वयन हुँदैन । सचिवहरू टेर्दैनन् । यता कार्यालय समयमै लोकसेवा आयोगका उम्मेदवारहरूलाई परीक्षा दिने विषय पारिश्रमिक लिएर पढाउन जान्छन् । एउटै समयमा दुईतिरबाट कमाउँछन् । के वातावरण भयो जो पनि कमाउने दायाँ बायाँ केही नहेर्ने खाली कमाउने । सरकार केही गर्नै सक्दैन । धेरै वटा भनौँ भने जति वटा कर्मचारी सेवा छन् ती भन्दा धेरै निजामती कर्मचारी सङ्गठन छन् । एकथरी कर्मचारी त आफूले तलब खाने अड्डामा हाजिर हुन जानु पनि पर्दैन ।
ग्रेड वृद्धि ? सोच्ने कि ?
जे पनि हलुका किसिमले लिने । जागिरलाई अवकाशपछि पनि निवृत्तिभरणको नाममा महिना मरेकै दिन क्याँस बैङ्कमा पठाउने पेन्सन प्रथाले पनि कर्मचारीहरूलाई छाडा गराएको त होइन ? एकपल्ट गम्भीर अन्तरक्रिया हुनुप¥यो । यदि नेपालको प्रशासन पेन्सनको कारण पनि उत्तरदायी नभएको ठहरिए पेन्सन प्रथाउपर पुनर्विचार गर्नुपर्ने पो हो कि ? पेन्सन त मानव कल्याणको एउटा उपाय हो । अब पेन्सन पाउनेहरूको सङ्ख्या यति धेरै बढ्यो । राज्यले कति धान्न सक्ला ? अन्ततः राज्यले धान्न नसके के गर्ने विकल्प खोज्नेतिर नलागे भोलि के होला को भन्न सक्छ ? भोलिको प्रक्षेपण आजले गर्छ । तर, यो यति गम्भीर विषय छ हल्का ढङ्गले बुझे कठिन हुन्छ । आज पनि आफूले ठीक काम गरेर जनताले बुझाएको कर र अन्य तिरोको रकम पनि भ्रष्टाचार गरी खाएको छ कि अपच हुनेगरी खाएको छ । त्यसको गहिरो समीक्षाको खाँचो छ । अर्को प्रतिवर्ष तलब बढ्छ कर्मचारीवर्गको शिक्षकदेखि हल्कारासम्मको बढ्ने पैसाउपर ध्यान दिने कि सबैलाई नदिने कि ? कसलाई ग्रेड वृद्धि भनिन्छ क्यार ? ग्रेडवृद्धि कामको आधारमा प्रगतिको आधारमात्र दिने कि ? यसो सोच्ने बेला भएजस्तो लाग्दैन तपाईंलाई । सोचौँ न ।
दृष्टिकोण आ–आफ्नै
मुलुक देशभक्त पनि हुन छोड्यो । शासन सत्ता यसको कब्जामा छ । बिचौलिया पनि एउटा नयाँ वर्ग जन्म्यो देशमा । जता गयो यही बिचौलिया व्यक्तित्वहरू अझै केही नगर्ने भए यो नपुंसकता कताबाट आयो ? भर्खर प्रधानन्यायाधीशबाट अवकाशप्राप्त हरिकृष्ण कार्की आफैँले बनाएको प्रतिवेदन पनि कार्यान्वयन गर्ने जाँगर देखाएनन् । न्याय सेवाको एउटा गम्भीर सन्देश के भने राम्रो काम गर, कामप्रति गम्भीर होऊ । अब त समाजमा यस्तो मनोविज्ञान नै बन्यो जसले जत्रै ठूलो दायित्व बहन गरे पनि त्यसको मूल्याङ्कन तदनुरूप नहुने भयो । उदाहरणको लागि हरिकृष्ण कार्कीलाई नै लिउँ । दुई महिनाभन्दा पनि छोटो समय उनी प्रधानन्यायाधीश भए । यो निकै छोटो समय हो । तर, हो त हो कार्की प्रधानन्यायाधीश त भए । यो छोटो समयावधिमा पनि अदालतमा वर्षौँदेखि नपल्टाइएका, नहेरिएका मुद्दा पल्टाएको भए कसको के पो बिग्रन्थ्यो होला र ? तर, कार्कीले त्यस्तो कुनै काम गरेन न पो उल्लेख गर्न योग्य होस् । यस्ता मान्छेलाई न्याय सेवामा किन तानिन्छ । प्रमोसन के आधारमा हुन्छ ? यी सबै समीक्षा गर्न कसलाई जाँगर, कसलाई प्रोत्साहन ? पूर्वप्रधानन्यायाधीश चालेन्द्रशमशेरले दुईवटा गम्भीर मुद्दामा बदनाम भए । आफ्नै श्रीमतीलाई मारी गुप्तरूपमा जलाएर मुद्दाको रूपमा आउन नदिई डिसमिस गर्ने मुद्दामा ११ वर्ष कैद माफी गर्ने, मादक पदार्थ खाएर गाडीले किचेर फुटपाथमा हिँडिरहेकी लीला देवकोटालाई मारेको अभियोगमा थुनामा रहेकीलाई धरौटीमा रिहा गराए ।
घीनलाग्दा उपमा
आखिर सबै पार्टी सत्तामा आरोहण गरेपछि प्रायः विधि पु¥याउने काम गर्छन् । विशेषगरी सत्ता यस्तो विषय हो जहाँ पुगेपछि जसको पनि कम्तीमा त्यो कार्यकाल टिकिरहने र निर्वाधरूपमा पुनः विजयी हुने । जसरी हुन्छ सत्तामा उक्लन्छन् कमाउन । सकेसम्म कमाउ त्यही नयाँ कमाइ खर्च गर जित, फेरि कमाउ, पुरानोमा थप । यही पो त भयो सार नेपालको राजनीतिको । यही पो त भयो सार । कमाउ धेरै, खर्च गर थोरै । सँगै जनयुद्ध लडेका कैयौँ साथी जनयुद्धमा सहिद भए, कैयौँ घाइते भए, कैयौँ लडाकु अझै गोली बोकेर बाँचेका छन् । यता सरकारको नेतृत्व गरेका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ल्हारक्याल लामाजस्तो दुर्गन्धित व्यक्ति लुम्बिनी विकास कोषको उपाध्यक्षमा राखिन्छन् । विकृतिको योभन्दा घृणित दृष्टान्त अरू के होला ? उनी यसअघि पनि झन्डा फर्फराएर हिँड्ने मन्त्री भइसकेका हुन् । किन टिपिन्छन् यस्ता बदनाम व्यक्तिहरू पार्टीबाट ? केही उत्तर छ प्रचण्डसँग ? फेरि के के मिलाउने भए । माओवादी केन्द्र अब सरकारको नेतृत्व गर्न पाउँदैन होला भन्ने थियो । तर, सत्ताको नेतृत्वमा टिकेन मात्र ल्हारक्यालहरूलाई ठूलठूला पदमा नियुक्त गर्थे बलसमेत लिएर पो त उभिए । यो भित्र के छ र ? के छैन जहाँ केही छ । नत्र यस्तो अनर्थ त हुँदैनथ्यो । मलाई त लाज पो लाग्छ । यस्ता उपमा कति छन् कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *