भर्खरै :

नव फासीवादीहरू अझै सक्रिय छन्

नव फासीवादीहरू अझै सक्रिय छन्

धेरै वर्षदेखि युक्रेनमा अक्टोबर १४ गतेलाई युक्रेनियाली राष्ट्रवादी फासीवादीहरूविरुद्ध युक्रेनका फासीवादविरोधी र त्यहाँका कम्युनिस्टहरू एकजुट भएको परम्परागत दिनको रूपमा लिइन्छ । उन्मत्त नव–फासीवादी युक्रेनियालीहरू सदैव किभ (Kiev) चोकमा उत्तेजक प्रदर्शन गर्न प्रयासरत छन् । त्यहाँ सन् २००४–२००५ मा विदेशीको आर्थिक सहयोगमा सुन्तला क्रान्ति (Otange Revolution) भएको थियो । उक्त सुन्तला क्रान्तिको भित्री आशय दोस्रो विश्वयुद्धका लुटेराहरू, युक्रेनलाई ध्वस्त पार्न हिटलरलाई साथ दिने तिनका सहयोगीहरू तथा जर्मन नाजीविरुद्धको सङ्घर्षलाई साथ दिन हजारौ जनताको हत्या गर्ने र देशलाई ध्वस्त पार्नेहरूलाई सम्मान प्रदान गर्नु थियो । दोस्रो विश्वयुद्धको अन्त्यपछि यी युक्रेनियाली लुटेराहरूले पश्चिमी युक्रेनमा शान्तिपूर्वक बसेका हजारौँ युक्रेनियाली जनताको हत्या गरेका थिए । त्यसकारण, कम्युनिस्ट हुनुको नाताले हामीले यस्ता युक्रेनियाली राष्ट्रवादी– फासीवादीहरूको हरेक कोसिसलाई विफल पाछौँ र तिनीहरूलाई अगाडि बढ्न दिदैनौँ । तर पनि यी नव–फासीवादीहरूले अझै हार मानेका छैनन् ।
युक्रेनको फासीवादविरोधी परिषद्ले सदैव यस्ता लुटेरा राष्ट्रवादीहरूलाई रोक्नका निम्ति हजारौँलाई किमको क्रेशच्याटिक (Kreshchatnik)चोकमा आमन्त्रण गर्दछ । यस्ता लुटेरा फासीवादीहरूले बेबी यार (Babliy Yar) मा भएको हत्या काण्डमा सहभागिता जनाए तथा त्यसपछि जर्मनहरूले गरेका आम नरसंहार (Holocaust) मा पनि सहयोग गरेको साथै तिनीहरूले जर्मन नाजीहरूलाई मद्दत गर्नका निम्ति युक्रेनका अन्य देशभक्त जनताको पनि हत्या गरे ।
लेनिन स्मारकको तल युक्रेनियाली फासीवादविरोधी परिषद्का प्रमुख कामरेड जर्जी बाइको (Georgi Buyko) द्वारा आफ्नो भनाइ प्रस्तुत गरिएको थियो । उनले आफ्नो मन्तव्यमा महान् देशभक्तिपूर्ण युद्धको समयमा जर्मन नाजीहरू तथा युक्रेनियाली लुटेराहरूद्वारा मारिएका लाखौँ सोभियत जनताहरूको सम्झना गरे । साथै उनले युक्रेनभरी यस्ता फासीवादी राष्ट्रवादीविरोधी अभियानहरू भइरहेको बारेमा पनि अवगत गराए । उनी पछि अन्य धेरैले आफ्ना विचारहरू त्यहाँ प्रकट गरे । त्यहाँ बोल्न चाहने हरेकलाई बोल्न दिइएको थियो । लुटेरा तथा शुशेविच (Shushevich) हरूका अनुयायीहरू तथा युक्रेनका जनतामाझ फुट मच्चाउन बद्नियतपूर्वक राष्ट्रवादी बनेकाहरूलाई त्यहाँ सर्वाेच्च अदालतले ‘युक्रेनका बहादुर’ पदवी दिन अस्वीकार गरेको खबर सुनेर क्रेशच्याटिक चोक (Kreshchatnik Square) मा भेला भएका हजारौँ जनताहरूले सोभियत युद्धका गीतहरू गाएका थिए ।
प्रदर्शनमा सहभागी हजारौँ प्रतिनिधिहरूले युक्रेनियाली सरकारसँग त्यहाँ भइरहेका लुटाहा काम कारबाहीको अन्त्य गर्न माग गरे । साथै महान् देशभक्तिपूर्ण युद्धको समयमा जर्मन नाजीविरुद्ध सङ्घर्ष गर्ने आफ्ना लाखौँ पूर्वजहरूलाई अपमान हुने र तिनीहरूबारे उत्तेजना फैलाउने कार्यहरू बन्द गर्न पनि माग गरेका छन् । हालको युक्रेनियाली सरकारको नीतिले त्यहाँका लुटेरा प्रवृत्तिका राष्ट्रवादीहरूलाई फासीवादको पक्षमा विरोध गर्न समर्थन गरेको छ ।
(Neo-Fascists Did Not Pass Even Now)

Northstar Compass, 9 Deember,2011
धु्रवतारा, फागुन–चैत, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *