भर्खरै :

छालिङको सडक समस्याबारे नपालाई ध्यानाकर्षण

छालिङको सडक समस्याबारे नपालाई ध्यानाकर्षण

भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोंजूको नेतृत्वमा छालिङका जनताको एक टोलीले बुधबार चाँगुनारायण नगरपालिकामा छालिङस्थित सैनिक शिक्षालय ब्यारेकदेखि वडा कार्यालय हुँदै मत्स्येनारायण जाने सडकको समस्या लिएर नगरपालिकाको ध्यानाकर्षण गराउन गरायो ।
उक्त सडकमा अविरल वर्षाको कारण खाल्डाखुल्डी र हिलो जम्मा भएर एम्बुलेन्ससम्म चल्न सकिरहेको छैन । बिरामी र गर्भवती महिलालाई अस्पताल पु¥याउन पनि गा¥हो छ । विद्यार्थीहरू आवतजावत गर्ने स्कूल बस र अन्य सवारी साधनसमेत चल्न सकेको छैन । सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पैदल यात्रीले पनि उस्तै समस्या भोग्नु परिरहेको छ ।
अध्यक्ष फोजूले उक्त समस्या समाधान गर्न तत्कालको लागि सडकमा रहेको अग्लोहोचो माटो सम्याउने, खाल्डाखुल्डी पुर्ने र ग्राभेल बिछ्याएर आवागमन सहज बनाउन नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । वर्षापछि अविलम्ब कालोपत्रे गरेर सडक स्तरोन्नति गर्न पनि उहाँले नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।
नगरपालिकाका कार्यकारी प्रमुख चुरामणी पन्थीले जनताको आवाज नपाका प्रमुखसमक्ष राखेर समस्या समाधानको उपाय निकाल्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *