अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २४ साउन । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) केन्द्रीय समितिको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीद्वारा हस्ताक्षर गरिएको शिक्षा विधेयक, २०८० बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । सङ्घीय संसद्मा दर्ता भई सांसदहरूको हातमा पुग्नुभन्दा अगाडि नै बाहिरिएको शिक्षा ऐन, २०२८ लाई विस्थापित गर्ने गरी प्रस्तावित शिक्षा ऐन, २०८० को विषयमा भएको अन्तरक्रियामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईले आफूले प्रदेशसभामा शिक्षण संस्थालाई व्यवस्थित गर्न बुढानीलकण्ठ विद्यालयको मोडलमा लाने प्रस्ताव गरिएको स्मरण गराउनुभयो । देशको आर्थिक दुरवस्थाले आर्थिक नीतिमा पुनरावलोकन गर्नुपर्ने बताउँदै उहाँले निजी क्षेत्रबाट बैङ्क सञ्चालन अनुमति दिँदा निश्चित व्यक्तिहरूको हातमा अर्थको अधिकारको पहुँचमा जाने भएकोले राज्य आर्थिक माफियाहरूको चङ्गुलमा फसेको विचार व्यक्त गर्नुभयो ।
विद्यालयलाई गुठीअन्तर्गत सञ्चालन गर्न प्रक्रियामा जाँदा निकै झन्झट व्यहोरेको स्मरण गर्दै उहाँले शिक्षा पाउने हकबाट कसैलाई वञ्चित गर्न नहुने र गुठीबाट सञ्चालित विद्यालयले सञ्चित गरेको रकम विद्यालय विकासमै खर्च गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका प्रिन्सिपल वदनकेशरी प्रजापतिले सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको पहुँच कानुनले सुनिश्चित नगरेको र छात्रवृत्तिमा समेत अन्योल कायमै रहेको बताउनुभयो । प्रस्तावित शिक्षा ऐन, २०८० ले पनि सार्वजनिक गुठीमा जानुपर्ने बाध्यता एवं गुठीको नियम तथा हैसियत स्पष्ट नभएकोले शिक्षामा सेवा गर्नेहरू अन्योल भएको बताउनुभयो ।
इसानका केन्द्रीय उपाध्यक्ष सनकमान महर्जनले सरकार दूरगामी नभएको आरोप लगाउँदै कहिले कम्पनी त कहिले गुठी भन्दै सरोकारवालाको अनुपस्थितिमा ऐन नियम निर्माण परिमार्जन गर्दा शिक्षामा विकृति आएको बताउँदै वाक् स्वतन्त्रताको हकलाई कुण्ठित पार्न खोजेको बताउनुभयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले शिक्षक समाजको परिवर्तनकामी भएको हुनाले प्रस्तावित शिक्षा ऐनले समाज परिवर्तनमा लगाम लगाउन खोजेको बताउनुभयो । दुर्गम क्षेत्रमा काम गर्ने एक जना साधारण शिक्षक, शिक्षकमात्र नभई समाजसेवी, कृषिविज्ञसमेत हुने भएकोले उक्त ऐनले शिक्षकको मुख थुन्न खोजेको छ भन्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले हरेक कुरा तथ्यगत प्रावधान बुझेर मात्र ऐन नियम बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सचिव कृष्णराम त्वानाबासु र इसानका केन्द्रीय महासचिवले पनि बोल्नुभएको थियो ।
Leave a Reply