अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, २७ साउन । वरिष्ठ पत्रकार भैरव रिसालको ९६ औँ जन्मोत्सवको अवसर पारेर शनिबार ‘भैरव दाइ’ पुस्तक लोकार्पण गरिएको छ ।
पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रूपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’ लगायत अनुभूति समेटिएका छन् ।
पुस्तक लोकार्पण गर्दै मानवअधिकारकर्मी गौरीशङ्करलाल दासले पुस्तकले भैरव दाइको जीवनलाई उजागर गरेको बताउँदै जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको बताउनुभयो ।
दलित अधिकारकर्मी राम वादीले रिसाललाई दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताउनुभयो । आफूले पुस्तकमार्फत जिन्दगीको अनुभव साटेको उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्कृतिविद् डा. गोविन्द नेपालीले रिसाललार्ई भोजपत्रको माला लगाइदिनुभयो । भक्तपुर दधिकोटका बालचन्द्र मिश्रले वरिष्ठ पत्रकार रिसाललाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार रिसाललाई देश विदेशबाट प्राप्त शुभकामना सन्देशसम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो ।
Leave a Reply