अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २८ साउन । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्व विकास तालिम शनिबार नगरकोटमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नं १ का सांसद प्रेम सुवालले सहकारीका जिम्मेवार व्यक्तिहरु लागुपदार्थ सेवन, मद्यपान र धूमपानबाट अलग रही सहकारीलाई अगाडि बढाउन अध्ययनशील हुनुपर्छ भन्नुभयो ।
“संसद्मा नेमकिपाले देश जनताको समस्याको विषयमा आवाज उठाएको छ । सिंहदरबारमा बस्नेहरूले राम्रो काम गरे देश राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।
सहकारीकर्मीले पनि युक्रेनको विषयमा बुझ्नुपर्नेमा जोड दिँदै उहाँले नेपालले अमेरिकाको पक्षमा मतदान गर्न नेपालको परराष्ट्र नीतिविपरीत छ भन्नुभयो । उहाँले भन्नुभयो, “अमेरिकी राष्टपतिका छोरा बाइडेन अमेरिकामा रहेको जेलेन्सकीको उद्योगमा काम गर्छन् । जेलेस्कीको काँधमा बन्दुक राखी अमेरिकाले युक्रेन युद्ध लडिरहेको हो ।”
भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेतृत्व विकास तालिमले सहकारी संस्थालाई अझ सबल र बलियो बनाउँछ, सहकारीको मूल्य मान्यताअनुसार काम गरे सहकारी सङ्घ संस्थामा समस्या आउँदैन भन्नुभयो । उहाँले भक्तपुर नपाले नगरवासीहरूलाई निःशुल्क अक्सिजन र रगत वितरण तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
संस्थाका सल्लाहकार कुमार लघुले आइपरेको समस्या सरसल्लाह गरी समाधान गर्नुपर्छ, आर्थिक क्षेत्रमा हिनामिना भए समाजले थुक्छ भन्नुभयो ।
संस्थाका अर्का सल्लाहकार एवं शिक्षासेवी बालमुकुन्द बासुकलाले ख्वप साकोसले अरू राम्रो सहकारीका सकारात्मक कुरालाई ग्रहण गरी लागु गर्दा संस्थाको थप विकासमा टेवा दिन्छ भन्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तथा कार्यक्रमका सभापति राजकुमार लघुले संस्थाको प्रगतिबारे जानकारी गराउँदै संस्थाको भवन निर्माण गर्न प्रत्यनशील रहेको, समिति उपसमितिले निधारित वार्षिक कार्ययोजनाअनुसार क्रियाककलाप गरे लक्ष्यमा पुग्न सजिलो हुन्छ भन्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश ब्यान्जु, सचिव लक्ष्मीनारायण सुवाल, सञ्चालक सदस्य विकास ब्यान्जुले नेतृत्व विकास तालिमको महत्व र संस्थाको गतिविधिमाथि प्रकाश पार्नुभयो । नेतृत्व विकास तालिमको संयोजन प्रशिक्षक तुल्सीहरि प्रजापतिले गर्नुभयो ।
Leave a Reply