अडिग क्युवा !
- जेष्ठ १३, २०८३
यो नेपाली समाजमा नराम्रा मान्छेहरूभन्दा राम्रा मान्छे धेरै नै छन् । तर, हामी खोज्न धेरै समय दिँदैनौ, धैर्य गर्दैनौँ । असल कुरो सजिलै भेटिँदैन । तुलसी जहाँ पायो त्यहाँ भेटिँदैन तर कण्टकारी नखोजेको ठाउँमा पनि भेटिन्छ । यसो भनेर मैले कण्टकारीको गुणवद्र्धकलाई अवहेलना गर्न खोजेको होइन । दुर्गन्धित वस्तु नभए सुगन्धित वस्तुको मूल्याङ्कन यति मूल्यवान हुँदैनथ्यो होला ¤ यसर्थ, हामीले कुनै पनि वस्तु वा पदार्थको मूल्याङ्कन गर्दा त्यो वस्तु वा पदार्थको विस्तृत पक्षको सही व्याख्या र विश्लेषण गर्न झिजो मान्नुहुन्न । नेपाल बिग्रिसकेको छैन । बिग्री नसकेको वस्तुलाई बिग्रन नदिनु देशभक्तहरूको कर्तव्य हो । हिजो २९ गते साउन मेरो जन्म दिन हो । हिजोदेखि म ९६ वर्ष प्रवेश गरेछु । मेरो मान्यताअनुसार मेरोजस्तो अर्थतन्त्र भएका मान्छेको या नेपालीको आयु ८० वर्ष नाघ्नु हुँदैन । ८० वर्षसम्म सजिलै बाँच्छ । जीउडाल हेरी ८० वर्षसम्मको बुढ्यौली सहज एवं रहरलाग्दो हुने रहेछ । असी नाघेपछि शरीरमा विकृति हलुका वा ग¥हुँगा आफैँ उमँ्रदा रहेछन् । त्यो थाहा हुँदो रहेनछ । मैले भने ८० वर्ष नाघेपछि पनि ती अप्ठेरा थाहा पाइन । अझ भन्ने नै हो भने मलाई त खै के हो, के हो ९० वर्ष नाघ्दा मात्र शरीरमा विकृति देखिन लागे । उमेरले पहिले आँखामा समात्यो । दुवै आँखाको शल्यक्रिया गरेँ, चस्मा लाउन पर्ने भयो । केही वर्ष पढ्दा चस्मा लगाउनुप¥यो । डाक्टरी भाषामा मोतीविन्दुको अपरेसन भनिँदो रहेछ । मैले आलोपालो गरी दुवै आँखाको चिरफार, टालटुल जे जे गर्नुपर्ने गरेँ । त्यसपछि बुढ्यौली कानतिर स¥यो । म अब कान त सुन्ने भएको छु । आफूले कान सुन्दासम्म कानको महत्व बुझ्दो रहेनछु । मलाई लाग्न थाल्यो, कान कम सुन्न थालेपछि कानले त ५० प्रतिशतको काम गर्दो रहेछ । जीवनको आधा हिस्सा पो ओगट्दो रहेछ । हुन त यी पञ्चेन्द्रियको काम आ–आफ्नो ठाउँमा कम छैन । तर त्यो परेपछि, भोगेपछि मात्र थाहा हुने रहेछ । यो हो मेरो ९५ वर्षे जीवन र जिजीविषाको अनुभूति ।
दुःख गर्ने सबैलाई धन्यवाद
जति उमेर पाको भो उति उति लोभको मात्रा पनि बढ्दो रहेछ । ममा पनि त्यो लोभ बढ्न लागेको अनुभव भइरहेको छ । लोभ पैसामा केन्द्रित रहेन नाममा केन्द्रित भएजस्तो लाग्छ । पैसामा जति नै लोभ नगरे पनि तर पैसो भनेको पैसै हो । तर, मलाई मेरो परिवारले यहाँ परिवारको अर्थ दुवै छोरी र दुवै ज्वाइँ पनि पर्नुहुन्छ, नाति नातिनी पर्ने नै भए । यस्तै लोभ–नामको लोभमा ९५ वर्ष फेरेर ९६ औँ वर्ष प्रवेशमा एउटा सानो प्रकाशनको लोभ लाग्यो । ९५ औँ वर्षको पश्चिम सन्ध्यामा आफ्नो जीवनका अनुभव र अनुभूतिको सङ्क्षिप्त सँगालो प्रकाशन गर्ने सोच आयो । अब म आफैँ लेख्न असमर्थ भएँ । तसर्थ मित्रवर कमल ढकाल – जो घोष्ट राइटिङ संस्थान प्रमुखलाई सम्झेँ र मैले भनेको आधारमा एउटा कृति प्रकाशन गर्नु कसो होला भनी सल्लाह मागेँ । कमल औधी खुसी हुनुभयो । एकजना सज्जन पठाइदिनुभयो । उहाँले १८÷२० दिन हाम्रै घरमा आई रेकर्ड गर्नुभयो र एउटा दुई सय पृष्ठभन्दा अलि ठूलो पाण्डुलिपि तयार गर्नुभयो । अन्ततः हामी त्यसमा दरोसँग अड्न सकेनौँ र मूलतः त्यही आधारमा कमलजीले कैलाश कार्की पठाइदिनुभयो । उहाँको सा¥है परिश्रमले यो ‘भैरव दाइ’ पुस्तिकाको रूपमा तपाईंको हातमा छ । यसको लागि कमल ढकाल, कैलाश कार्कीसमेतलाई धन्यवाद !
बाँचुञ्जेलको पारस्परिकता ?
अन्ततोगत्वा गएको २७ गते शनिबार त्यो कृति सार्वजनिक गरियो । मभन्दा जेठा दुई जना खोजेँ मैले अतिथि । ९९ वर्षका मेडिकल डाक्टर गौरीशङ्करलाल दास र मेरो पढ्दाका सहपाठी ९९ वर्षकै गीर्वाणनाथ अर्याललाई मुख्य अतिथि र दलित महिला रमा वादीलाई सभापति बनाएर उक्त ठेली सार्वजनिक गरियो । यस्ता सिर्जनात्मक काममा केको पक्षपात भनी कतिपय पुराना नेताहरूलाई पनि आमन्त्रण गरेको थिएँ । पूर्वसभामुख दमननाथ ढुङ्गाना र तारानाथ रानाभाट सहभागी हुनुहुन्थ्यो । अमृतकुमार बोहरा, सीपी मैनाली, ईश्वर पोखरेललगायत नेताहरू आउनुभएको थियो । अर्जुननरसिंह केसी, सूर्यबहादुर थापा, गुरूराज घिमिरेलगायत थुपै्र अतिथि सहभागी हुनुहुन्थ्यो । म हिँड्न नसक्ने, सबैलाई टेलिफोन निम्ता गरेको थिएँ । नाम चलेका मान्छेको टेलिफोन नै कति वटा कति । कति जना आउँछु भनेर पनि आउन सक्नुभएन कति जनालाई आउन अनुकूल परेन । कति धेरै जना सज्जन, सज्जनिका निम्ता नपाइकन पनि उपस्थित भएर मप्रति अनन्य स्नेह र आत्मीयता देखाउनुभएको छ, त्यसका लागि सा¥है सम्मान एवं कृतज्ञता । मरेर लानु के छ र ?बच्न सक्ने त हो सद्भावना पारस्परिकता ?
बनाउने बुद्धि पलावस्
मैले केही विवादास्पद व्यक्तिबाहेक चोखा मान्छेलाई आमन्त्रण गरेको थिएँ । बिटुला मान्छेहरू कोही आएका भए त्यो अपवाद हो । अढाइ–तीन सय मान्छे बोलाउँदा थोरै मान्छे गन्हाएका पनि पर्न सक्ने स्वाभाविक हो । दमननाथ ढुङ्गाना र प्रदीप ज्ञवालीले कुरा गरे रे खाजा खाँदा घुस नखाने मान्छे खोज्ने हो भने पाइँदा रहेछन् नि त ? अलि राम्ररी खोजी गर्नुपर्छ । त्यसकारण, यो नेपाली समाजमा नराम्रा मान्छेहरूभन्दा राम्रा मान्छे धेरै नै छन् । तर, हामी खोज्न धेरै समय दिँदैनौ, धैर्य गर्दैनौँ । असल कुरो सजिलै भेटिँदैन । तुलसी जहाँ पायो त्यहाँ भेटिँदैन तर कण्टकारी नखोजेको ठाउँमा पनि भेटिन्छ । यसो भनेर मैले कण्टकारीको गुणवद्र्धकलाई अवहेलना गर्न खोजेको होइन । दुर्गन्धित वस्तु नभए सुगन्धित वस्तुको मूल्याङ्कन यति मूल्यवान हुँदैनथ्यो होला ! यसर्थ, हामीले कुनै पनि वस्तु वा पदार्थको मूल्याङ्कन गर्दा त्यो वस्तु वा पदार्थको विस्तृत पक्षको सही व्याख्या र विश्लेषण गर्न झिजो मान्नुहुन्न । नेपाल बिग्रिसकेको छैन । बिग्री नसकेको वस्तुलाई बिग्रन नदिनु देशभक्तहरूको कर्तव्य हो ।
Leave a Reply