विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
क्रान्तिकारी सशस्त्र दलले सिएरा माइस्त्रालाई आधार इलाकामा परिणत ग¥यो र पछि आधार इलाका सम्पूर्ण पूर्वी क्षेत्रमा विस्तार भयो । चारैतिरबाट असङ्ख्य क्रान्तिकारी जोशिला युवाहरू आधार इलाकामा गई क्रान्तिकारी स्वेच्छाले भर्ती भए । सैनिक गतिविधि सँगसँगै साङ्गठनिक गतिविधिबाट जनाधार पनि सुदृढ हुँदै गयो । क्रान्तिको नयाँ लहर पूर्वी क्षेत्रबाट क्युवाभरि फैलियो र क्रान्तिले नयाँ र निर्णायक मोड लियो । क्युवाभरि अमेरिकी साम्राज्यवाद र उसको कठपुतली तानाशाह बातिस्ताको सरकारविरुद्ध विद्रोहको आगो दन्कियो । जननायक एवम् सेनाध्यक्ष फिडेल क्यास्ट्रोले पूर्वी इलाकाबाट सैनिक मुख्यालयलाई बायरको नगर (The Town of Baire) मा सारे । बायरको नगर बायामो (Bayamo) बाट ४२ माइल टाढा छ । फिडेल क्यास्ट्रोका क्युवाली जनसेना चारैतिर क्रान्तिकारी गीत घन्काउँदै पूर्वी इलाकाका उपत्यकाहरू हुँदै अघि बढे । जनसेनाले कैमानेरा (Caimanera) माथि कब्जा जमायो । कैमानेरा रणनीतिक दृष्टिले महत्वपूर्ण स्थान थियो, किनभने अमेरिकी साम्राज्यवादीहरूको जलसेनाको अखडा ग्वान्टानामो खाडीमा (Guantanamo) थियो । कैमानेरा नजिकै ग्वान्टानामो छ । तुरुन्तै अमेरिकी साम्राज्यवादीहरूको इसारामा बातिस्ताले दुई वटा लडाकू पानीजहाज त्यसतर्फ पठायो । कैमानेरामाथि भयङ्कर बमवर्षा भयो । जनसेनाले प्रत्याक्रमण गर्न थालेपछि रक्तपातपूर्ण भिडन्त भयो । लडाकू पानीजहाजको आक्रमण विफल भयो । जनसेनालाई समूल नष्ट गर्ने लक्ष्य लिई बातिस्ताको सेना भीषण हवाई आक्रमणमा लाग्यो । यो आक्रमण पनि व्यर्थ भयो । तानाशाह बातिस्ताको एउटा बलियो अखडा सान्टियागो (Santiago) मा थियो । थप २ हजार सशस्त्र जवानसहित फिडेल क्यास्ट्रोको नेतृत्वमा जनसेनाले सान्टियागोलाई घेरामा पारे । बास्तिस्ताको बलियो फौजले जनसेनाको घेरालाई तोड्न दुईपटक असफल प्रयास ग¥यो । अन्तमा प्रतिक्रियावादी फौज आफ्नै किल्लाभित्रै बस्न बाध्य भयो । जनसेना एकपछि अर्को भाग मुक्त गर्दै अघि बढ्दै थियो । यसै सिलसिलामा लास भिलास प्रोनिना (Las Villas Pronina) को ठूलो इलाकामा रहेको उखु खेतीको उर्वर फाँट र थुप्रै नगरहरू मुक्त भए ।

बातिस्ताको राज्य आतङ्क
अमेरिकी साम्राज्यवादीहरूको इसारामा क्युवाली जनताको शोषण गरी अनेक रङ्गीन सपना देखिरहेका तानाशाह बातिस्ता र उसका वरपर बसेर चिप्लो घस्ने पदाधिकारीहरू जनसेनाको बढ्दो शक्तिबाट झस्के । एडवार्ड टेलर स्मिथ (Edward T. Smith) तानाशाह बातिस्ताको नजिकको अमेरिकी साथी थियो । ऊ फ्लोरिडा राज्यको गणतान्त्रिक राष्ट्रिय आर्थिक समितिको पूर्व सदस्य थियो । सन् १९५७ मा अमेरिकी राष्ट्रपति आइजनआवर (Eisenhower) ले उसलाई क्युवाका लागि अमेरिकी राजदूत पदमा नियुक्त गरी पठाएको थियो । एडवार्ड टेलर स्मिथले रिपब्लिकन पार्टीलाई ठूलो आर्थिक सहयोग गरेको थियो । पहिले ऊ कम्पनीको कागजपत्र बेचबिखन गर्ने एक व्यापारी (Stock Broker) थियो । बातिस्ताको अर्को घनिष्ठ साथी अमेरिकी एजेन्ट मायर लान्स्की (Mayer Lansky) थियो । ऊ एक कुख्यात, जुवाडे र डाँकु थियो । हवानालगायत अन्य प्रमुख नगरहरूमा उसले ठूल्ठूलो होटलहरूमा जुवा (क्यासिनो) खोलेको थियो । ती क्यासिनोहरूमा उठ्ने कूल रकमको आधा रकम बातिस्तालाई जान्थ्यो । अमेरिकी साम्राज्यवादीहरू र क्युवाली प्रतिक्रियावादीहरू ती होटलहरूमा मोजमस्ती र विलासी जीवन बिताउँथे । क्युवाली क्रान्तिकारी जनसेनाले ती होटल र क्यासिनोहरूलाई आक्रमणको तारो बनाए । प्रमुख सहरहरूमा रहेका गगनचुम्बी होटलहरू र जुवाका खालहरूमा राति अचानक क्रान्तिकारीको बम पड्किन थाल्यो । क्युवाको राजधानी हवानाको भव्य होटल र जुवाका खालहरूमा विध्वंश गर्दै एकै रातमा सयौँ बम विस्फोट हुन थाले । तानाशाह बातिस्ताले राजधानी हवाना सहर जनसेनाबाट घेरिएको यथार्थलाई बुझ्यो । तर क्रान्तिकारी सेना एकजना पनि देखिएको थिएन । ऊ के गर्ने र के नगर्ने असमञ्जसमा प¥यो र ऊ बहुलायो । जननायक फिडेल क्यास्ट्रोको प्रतिष्ठालाई कलङ्कित पार्न प्रचारबाजीमा लाग्यो । उसले प्रहरी जासुसी र सैनिक जासुसीका पदाधिकारीहरूलाई गाली ग¥यो । कयौँ सैन्य पदाधिकारी र प्रहरी पदाधिकारीहरूलाई बर्खास्त गयो । उसले जनसेनाका आधारहरू ध्वस्त पार्न सैनिक कारबाही ग¥यो । तर, त्यस सैनिक कारबाहीको कुनै सीप लागेन । त्यसपछि तानाशाह बातिस्ताले राज्य आतङ्क सुरु ग¥यो ।
प्रतिक्रियावादी प्रहरी जवानहरूले जथाभावी सर्वसाधारण नागरिकहरूको निर्ममतापूर्वक हत्या गर्न थाले । सडक तथा पेटीहरूमा गोलीले छिया–छिया भएका र रक्ताम्य लासहरू फालिन थाले । त्यस राज्य आतङ्कले पनि क्रान्तिकारी जनसेनाको भूमिगत आधारलाई छुन सकेन । उल्टै क्रान्तिकारी जनसेनाको सशस्त्र भूमिगत गतिविधि झन्–झन् सुदृढ हुँदै गयो । भूमिगत क्रान्तिकारी सेनासँग सम्पर्कमा रहेको शङ्का गरेर सान्टियागो (Santiago) मा प्रहरीले एकजना क्रान्तिकारी युवालाई गोली हानी मा¥यो । राति वीर युवकको लासलाई उठाएर लगियो । शहादत्त प्राप्त गरेको युवककी आमाले छोराको लास उठाएर लगेको ठाउँमै बम लुकाइएको फूलगुच्छा श्रद्धाञ्जलीस्वरूप राखिदिइन् । भोलिपल्ट बिहान एकजना प्रहरीले त्यस फूलगुच्छालाई लात मार्दा बम विस्फोट भई त्यस प्रहरीको शरीर टुक्रा–टुक्रा भई सडकमा छरपस्ट छरिएको दृश्य सडकमा हिँडिरहेका सबैले देखे ।
क्रान्तिकारी सेनाले बिस्तारै भूमिगत गतिविधिलाई त्यागेर खुला सशस्त्र फौजी कारबाही सुरु गर्न थाले । लस भिलास प्रान्तको राजधानी सान्ताक्लारातर्फ जान सेना अघि बढिरहँदा फोमेन्तो (Fomento) भन्ने ठाउँमा जनसेना र शत्रु सेनाबिच घमासान रक्तपातपूर्ण भिडन्त भयो । अन्तमा सान्ताक्लारा जनसेनाको कब्जामा गयो ।
हतास मानसिकता बोकेको तानाशाह बातिस्ता, अमेरिकी राजदूत स्मिथ र अमेरिकी साम्राज्यवादले बेलायतमा निर्मित ३० वटा नयाँ ट्याङ्कहरू हवानामा तैनाथ गरे । त्यस्तै इटालीमा बनेको मेसिनगन राखिएका हजारौँ बाकस ओसारिए । जनसेनाको समर्थनमा हवाना सहर पूर्णरूपले बन्द रह्यो र अमेरिकी साम्राज्यवादविरोधी मौन प्रदर्शन भइरहेको थियो । सम्पूर्ण हवानावासीहरूको हृदयमा स्वयंस्फूर्त निस्केको विद्रोहको ज्वारभाटालाई साम्राज्यवादीहरूको सैन्य बलले रोक्न सकिरहेको थिएन ।
हवाना विश्वविद्यालयका हजारौँ क्रान्तिकारी विद्यार्थीहरू र प्राध्यापकहरू अन्तिम छिनोफानोको लागि जुर्मुराइरहेका थिए । त्यसैबेला जननेता एवम् मेजर अर्नेस्टो चे ग्वेभारा जनसेनाको एउटा हिस्साको नेतृत्व गर्दै हवानातर्फ अघि बढे ।
बातिस्ताले फिडेल क्यास्ट्रो र जनसेनाका अन्य जवानहरू अघि बढ्नबाट रोक्न नयाँ चालको रूपमा चाल्यो । उसले जनरल कान्टिलो (General Cantillo) लाई मध्यस्थकर्ताको रूपमा वार्ताको लागि सेनाध्यक्ष फिडेल क्यास्ट्रो कहाँ पठायो । जनरल कान्टिलोले फिडेल क्यास्ट्रोलाई बातिस्ताको प्रस्तावको विषयमा चर्चा ग¥यो । फिडेल क्यास्ट्रोले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरे ।

हवानाको राष्ट्रपति भवनमा विजयको झन्डा
सन् १९५८ डिसेम्बर महिनाको ३१ तारिखको रात वायु वेगले हुतिँदै जनसेनाले अचानक तानाशाह बातिस्ताको दरबारमाथि धावा बोल्यो । बातिस्ता नयाँ वर्षको रात्रीभोजमा रमाइरहेको थियो । चट्याङ र आँधीबेहरीसरी क्रान्तिकारी जवानहरू दरबार क्षेत्रभित्र घुस्न थाले । कैयौँ सशस्त्र सैन्य जवानहरू भागे भने कैयौँले आत्मसमर्पण गरे । अत्तालिएको बातिस्ता भने पहिले नै दरबार छोडेर भागिसकेको थियो । बातिस्ता हवाना दरबारबाट अमेरिकी सैन्य आधार क्याम्प कोलम्बिया (Camp Colombia) पुग्यो र त्यहाँ एउटा रात्रीभोज भयो । रात्रीभोजमा उच्च पदाधिकारी र उच्च प्रहरी अधिकारीहरूको उपस्थिति थियो । रात्रीभोज रमझमविहीन निस्तब्धताले छोपिएको थियो । कुनै ठोस् प्रस्ताव राखिएन र रात्रीभोजको अन्तमा आएर बातिस्ताको उच्च सैनिक अधिकारी इयुलोजिओ कान्टिलो (Eulogio Cantillo) ले मौनतालाई भङ्ग गर्दै बोल्यो, “क्युवाको गणतान्त्रिक सरकारको रक्षा गर्नको लागि हाम्रा सेनाहरूले सेनाध्यक्ष बातिस्ता सत्ताबाट अवकाश लिनुपर्ने आवश्यक भएको निर्णय गरेको छ ।” त्यो कुरा सुनेर बातिस्ता रातोपिरो भयो । उसले आफूलाई सम्हाल्न सकेन । उसले जङ्गिदै भन्यो, “मेरो उत्तराधिकारीलाई सत्ता नसुम्पिकन म सत्ता छोड्नेवाला छैन ।” ऊ आन्द्रेस रिभेरो अगुएरो (Andress Rivero Aguero) लाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्थ्यो । तर, आन्द्रेस रिभेरो अगुएरो भने बातिस्ताको उत्तराधिकारी बन्नुपर्ने डरले भागिसकेको थियो । हुन त कान्टिलोको सल्लाहअनुसार बातिस्ताका प्रधानमन्त्री राजनैतिक शरणको लागि गुप्तरूपले डोमिनिकन गणतन्त्रको भ्रमण गरी त्यहाँको तानाशाह राफेल लिओनिदास त्रुजिलो (Rafael Leonidas Trujillo) सँग कुरा मिलाई फर्किसकेको थियो । डोमिनिकन गणतन्त्रको तानाशाहले अर्जेन्टिनाका पूर्व तानाशाह हु आँ पेरन (Juan Peran) लाई राजनीतिक शरण दिएको थियो । बातिस्ता र उनका सहयोगीहरू रातारात देश छाडेर भाग्ने तरखरमा थिए । सत्ताच्यूत बातिस्ता आफ्ना पाँच सयजना सहयोगीहरूको साथमा क्याम्प कोलम्बिया विमानस्थलबाट भाग्न सफल भयो ।
यसरी एकै रातमा झट्ट पत्याउनै नसक्ने गरी क्युवाको सबैभन्दा अत्याचारी र क्रूर तानाशाही बातिस्ताको सत्ता ढल्यो । नयाँ वर्ष १९५९ जनवरी १ को बिहानीको सूर्यसँगै क्युवाको राज्यसत्ता फिडेल क्यास्ट्रोको नेतृत्वमा जनसेना र सम्पूर्ण क्युवाली जनताको हातमा गयो । यो नयाँ युगको सूत्रपात क्युवाको मात्र होइन, सम्पूर्ण दक्षिण अमेरिकी महादेशको थियो । क्युवाली जनताले पुस्ताँै पुस्तादेखि यसै दिनको प्रतीक्षा गरिरहेका थिए । एकजना अमेरिकी संवाददाताले लेखेका थिए, “कहिलेकाहीँ मध्यरात र झिसमिसे उज्यालोबिचको छोटो समयमा पनि सत्ता पल्टिन सक्दोरहेछ ।”
त्यसदिन राष्ट्रनायक एवम् सेनाध्यक्ष फिडेल क्यास्ट्रोले सान्टियागोको जनसभामा घोषणा गरे, “पुरानो युगको अन्त्य भई स्वतन्त्रताको नयाँ युगको सूत्रपात भएको छ । म मानव अधिकार, न्याय र शान्ति सुनिश्चित गर्ने वाचा गर्दछु ।”
पाँच दिनपछि उनी सान्टियागोबाट हवाना पुगे । सम्पूर्ण हवानावासीले जननायक, राष्ट्रनायक एवम् सेनाध्यक्ष फिडेल क्यास्ट्रो र जनसेनालाई निकै हर्षपूर्वक भावविह्वल भई हार्दिक स्वागत र अभिनन्दन गरे । हवानाको त्यस ऐतिहासिक र अभूतपूर्व जनसभामा उनले अत्यन्त हृदयस्पर्शी र सशक्त भाषण दिए । अनेक कष्ट झेल्दै ज्यानको बाजी लगाई लुकीछिपी जनसेनालाई हातहतियार, रसद–पानी, सैनिक पोशाक र गुप्त खबर पु¥याइदिने महान् र वीर क्युवाली महिलाहरूको पनि उनले मुक्तकण्ठले प्रशंसा गरे ।
हवानामा फिडेल क्यास्ट्रोको स्वागतको विषयमा सन् १९५९ जनवरी १९ मा न्यूयोर्कबाट प्रकाशित हुने पत्रिका टाइम (Time) ले यसरी लेख्यो, “हवाना सहरको परिसरमा फिडेल क्यास्ट्रो आइपुग्दा कलकारखाना, पसल, विद्यालय, कलेज र कार्यालय सबै बन्द थिए । सडक र घरको झ्याल, बार्दली एवम् कौसीमा हवानाका जनता फिडेल क्यास्ट्रोको स्वागत गर्न खचाखच थिए र उनीहरू करतल ध्वनीका साथ ताली बजाउँदै थिए । मारमोन हारिङ्गटन ट्याङ्क (Marmon Harrington Tank) हरू फिडेल क्यास्ट्रो चढेको जीपको लागि बाटो सफा गर्दै अघि बढिरहेका थिए । अन्तमा जनसेना लावालस्करको साथमा फिडेल क्यास्ट्रो हवानाको दरबारमा प्रवेश गरे । त्यहाँ उनको न्यानो स्वागत भयो । उनले उपस्थित जनभेलालाई सम्बोधन गर्दै भने, “मलाई यो दरबारको कहिल्यै मोह थिएन र मलाई के थाहा छ भने तपाईँहरूलाई पनि यो दरबारको कुनै चाहना थिएन । तर, नयाँ सरकारले हाम्रो भावनालाई बदलिदिनेछ ।”
– ‘फिडेल क्यास्ट्रो, क्युवा र क्युवाली समाजवाद’ बाट
समाप्त
Leave a Reply