भर्खरै :

विज्ञान र व्यवस्थापनमा विद्यार्थीको दबदबा शिक्षा सङ्कायमा विद्यार्थी अभाव

विज्ञान र व्यवस्थापनमा विद्यार्थीको दबदबा शिक्षा सङ्कायमा विद्यार्थी अभाव

विभिन्न विद्यालयको कक्षा ११ मा अध्ययनका लागि प्रवेश परीक्षा तथा भर्नामा शिक्षाशास्त्र विषयमा विद्यार्थीको सङ्ख्या औँलामा गन्न सकिने अवस्थामा छ ।
सरकारले वार्षिकरूपमा कस्तो प्रकारको जनशक्ति के–कति सङ्ख्यामा आवश्यक छ, सोअनुरूपको तथ्याङ्क निकाल्न सकेको छैन । विषयको वास्तविकता केलाउँदा विज्ञान तथा व्यवस्थापनलगायत मानविकी र कानुनशास्त्रको अध्ययनपश्चात् रोजगारी गर्न विद्यालयको शिक्षण सेवा सहजै पाउन सक्ने तर शिक्षाशास्त्र सङ्काय पढ्दा एसईईमा पाएको थोरै अङ्क वा जीपीएको आधारमा शिक्षण अध्यापनमा सेवा नपाउने वास्तविकता रहेको छ ।
मूलतः शिक्षाशास्त्र जीवनोपयोगी सीप र व्यवहारले भरिएको अध्ययन क्षेत्र हो । यसमा सिद्धान्तभन्दा बढी प्रयोग र व्यवहारसँग सम्बन्धित सीप, अवधारणा र ज्ञान प्रदान गरिन्छ । तैपनि, यस्तो व्यवहारिक सिकाइ हुने शिक्षाशास्त्रप्रति सरकारको नीति प्रस्ट नहुँदा मार्गनिर्देशन दिने शिक्षक, शिक्षाविद्, विषयविज्ञ तथा बुद्धिजीवीहरू उच्च ग्रेड वा जीपीए ल्याउनेलाई शिक्षाशास्त्र पढ्न किन उत्साहित गर्दैनन् ?
हरेक वर्ष शिक्षाशास्त्र सङ्कायमा विद्यार्थी घट्दा विद्यालयको लागि आवश्यक शिक्षक अन्य अध्ययन क्षेत्रबाट ल्याउँदा बाल मनोविज्ञान, पाठ्यक्रम पाठयोजना निर्माण, शिक्षाको दर्शन तथा समाज शास्त्रीय आधार, शिक्षणको प्रयोगात्मक अभ्यास एवम् शिक्षाको राष्ट्रिय उद्देश्यको मूल भाव नबुझेपछि राष्ट्रिय सिकाइ उपलब्धि र स्तर खस्कँदो क्रममा रहेको छ ।
यसर्थ, विषय छनोटमा देशको आवश्यक जनशक्तिमा आफ्नो भविष्य के–कति सुरक्षित छ त्यसको निक्र्याेल गरेर विषयको छनोट गर्न शिक्षक विज्ञहरूले उचित मार्गनिर्देशन र सुझाव दिन कन्जुस्याइँ गर्दा विद्यालयको शैक्षिक स्तर विदेशी अनुदान पाउने आशमा लागु गरिएको ग्रेडिङ प्रणाली झन्झन् खस्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *