विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
काठमाडौँ, २ भदौ । महालक्ष्मी इङ्गलिस स्कूलले विद्यालयबाट २०७९ सालमा एसईई उत्तीर्ण विद्यार्थी र विद्यार्थीका अभिभावकहरूलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम शनिबार ग¥यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशको शिक्षा प्रणाली दिनप्रतिदिन खस्कँदै गएको, विद्यार्थीमा मेहनत गर्ने बानी हट्दै गएको हुनाले अबका विद्यार्थीले त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जबसम्म देशमा इमान, नीति र सिद्धान्तको राजनीति हुँदैन तबसम्म देशको सामाजिक, शैक्षिक र आर्थिक वातावरण राम्रो हुनेछैन ।”
विद्यार्थीले देश र जनताको पक्षमा निःस्वार्थपूर्वक राजनीति गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राजनीतिबाट कोही पनि अछुटो हुन सक्दैन भन्नुभयो ।
त्रिविका प्रा.डा. प्रदीपचन्द्र गौतमले अनुशासन, धैर्यता र लगनशीलता विद्यार्थीको सफलताको कडी भएको धारणा राख्दै सफलता प्राप्ततर्फ सधैँ अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भक्तिनारायण महर्जनले विद्यार्थीले प्राप्त गरेको सफलतामा अभिभावक र शिक्षकको पनि भूमिका हुने भएकोले यसतर्फ विद्यार्थीहरू सचेत हुनुपर्ने बताउनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष सनकमान महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रिन्सिपल विकास डंगोल, विद्यार्थी प्रतिनिधि सुनिना तामाङ, विद्यालयका संयोजक प्रवीण न्यौपानेले पनि बोल्नुभएको थियो ।
Leave a Reply