भर्खरै :

सुन तस्करीसम्बन्धी टिपोट – ७

सुन तस्करीसम्बन्धी टिपोट – ७

विगतमा भारतमा भएको सुन तस्करी र हालै नेपालमा बरामद सुन तस्करीको अपराधको शैली उस्तै छ, कतै एउटै गिरोह हो कि भन्ने कोणले पनि अनुसन्धान गरिरहेका छौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की निर्देशक एसाइजी किरण बज्राचार्यले बताइन् ।
गत माघमा मात्रै भारतको राजस्व निर्देशनालयले नै नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरी एक सय एक केजी सात सय ग्राम सुन बरामद गरेको थियो । त्यसमा ‘अप्रेसन गोल्डेन डान’ सञ्चालन गरी दुई सुडानीलगायतलाई पक्राउ गरेको थियो । त्यही हो बेलामा नेपालमा पनि सुन तस्करी गर्ने सुडानी नागरिक पक्राउ परेका थिए । (नयाँ पत्रिका, २०८० भदौ २)
प्रेस सेन्टर नेपालले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सिआइबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे । उनले भने, छ, “यसअघि यस्तै काण्डमा संसद्बाट समिति बनाइयो, समितिको रिपोर्ट आयो, सिद्धियो, अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएको बेला ३३ किलो सुन काण्डका लागि छानविन समिति बनाइयो, समितिको रिपोर्ट आयो अन्य केही पनि आएन, न सुन आयो, न सिफारिस कार्यान्वयन भयो, त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ, त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।” (नागरिक, २०८० भदौ २)
७ सय ३० थान भेपको मुचुल्का उठ्यो, स्टोरमा राखियो । भेप व्यवस्थापन गर्ने जिम्मा नायब सुब्बा सरोज श्रेष्ठको थियो । श्रेष्ठले सुरक्षा गार्ड निर्मलकुमार विकको सहयोग लिएका थिए । सामान थन्क्याउने क्रममा श्रेष्ठले विकलाई ‘स्पेसल’ भेपको कुरा सुनाएका थिए । विक एक निजी कम्पनीबाट खटाइएका थिए । भेप स्पेसल छ, तानेपछि निद्रा लाग्छ भन्ने सुनेपछि विकको मनमा खुल्दुली भयो । उनी पनि पारखी थिए, भेपको । विकले विशेष किसिमको भोला सुटुक्क काटे । एउटा भेप निकाले र घर लगे । घरमा भेप तानभन्दा त्यसबाट धुँवा आएन । आपत् पयो । त्यस्तो स्पेसल भेप के गर्ने ? चार्ज गरेर तान्ने प्रयास गरे । तैपनि, केही आएन । चोरेर ल्याएको न हो, उनले भेप फुटाए सुनजस्तै पहेँलो वस्तु देखियो । अब त्यो वस्तु सुन हो कि होइन, तय गर्नु थियो । उनले आफ्नो एकजना साथीलाई प्रेमिकाले दिएको भने । चिनेको सुन पसलमा जाँच्दा सुन प्रमाणित भयो । त्यसको सिक्री बनाए ।
भेपमा सुन रहेको कुरा विकबाहेक कसैलाई थाहा थिएन । उनले एउटा एउटा गरेर ४२ वटा भेप चोरे । हरेक राति बत्ती काटिदिन्थे, सीसीटीभी बन्द हुन्थ्यो, भेप घर ल्याउँथे । भन्सार एजेन्ट दिनेश बस्नेतको बयानअनुसार उनीहरूले कुल ९ किलो सुन बिक्री गरेका छन् । ९ किलो निर्मलले निकालेको ४२ वटा भेपबाहेकको हो । बस्नेतले आफ्ना भाइ दिपेश र भिनाजु गोपाल सुवेदीको सम्पर्कका आधारमा घडी व्यापारी वेदप्रसाद अग्रवालमार्फत सुनको अवैध कारोबार गर्नेकहाँ पुगेर बेचेका हुन् ।
सुन चोर्ने समूहले प्रतितोला ६० हजारका दरले सुन बेचेको खुलेको छ । उनीहरूले साढे ७ सय तोला सुन ६ करोडमा बेचेको खुलेको छ । ६ करोडमध्ये नासु खड्कालाई ७५ लाख दिए सुरक्षा गार्ड निर्मललाई २५ लाख ६ करोडमध्ये दिनेशले ५० लाखको हिसाब अभ पाएका थिएनन् । (अन्नपूर्ण, २०८० भदौ २)
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरूपमा गरिने हुनाले यसको औचित्य पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,” भने । (कान्तिपुर, २०६० भदौ २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *