विश्वव्यापी पुँजीवादविरुद्ध विश्वव्यापी भाइचारा – १
- माघ २१, २०८२
दक्षिण अफ्रिकाको जोहानेसवर्ग सहरमा आयोजित १५ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी ब्रिक्स राष्ट्रका नेताहरू बायाँबाट क्रमशः ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भा, चिनियाँ राष्टपति सी चिनफिङ, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ अगस्ट २३, २०२३ का दिन ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ सदस्य थपिएको घोषणा गर्नुभएको हो । नयाँ सदस्य अब जनवरी १ देखि सङ्गठनमा आबद्ध हुनेछन् ।
“हामीले गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्णसदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौँ,” राष्ट्रपति रामाफोसाले घोषणा गर्नुभएको छ ।
Leave a Reply