भर्खरै :

भक्तपुर काण्डको भत्र्सना

भक्तपुर काण्डको भत्र्सना

भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिका वडा नं. ७ को ‘वाचुत्व–खँचा छोरी समूह’को आयोजनामा ‘भक्तपुर काण्ड’ को भत्र्सना तथा आँखा पाक्ने र डेङ्गु रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर काण्ड राज्य स्तरबाट रचिएको षड्यन्त्र हो, पुँजीवादी शासकहरूले ‘भक्तपुर काण्ड’ जस्तै फेरि पनि अरू षड्यन्त्र गर्नसक्ने भएकोले जहिल्यै सचेत भइरहनुपर्छ भन्नुभयो ।
उहाँले हाल फैलिएको डेङ्गु रोगबाट बच्न वातावरण स्वच्छ राख्नुपर्ने बताउनुभयो ।
वडा सदस्य हेरा ख्याजूले त्यसबेलाको सन्त्रासपूर्ण वातावरण, राज्यविहीन र युद्धबन्दी जस्तो बनाएर जनतालाई दिएको दुःख कहिल्यै नबिर्सने चर्चा गर्दै सङ्कटको बेलामा सहयोग गर्नेहरूको योगदान सधैँ सम्झिरहने बताउनुभयो ।
वडा नं. ७ मा कार्यरत नर्स मीना दुवालले आँखा पाक्ने र डेङ्गु रोगबारे चर्चा गर्नुभयो ।
भेलामा समूहका अध्यक्ष विष्णुकेसरी ख्याजू र न्हुछेलक्ष्मी दुवालले पनि भक्तपुर काण्ड र रोगबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *