बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा भएको दुईदिने भक्तपुर स्थानीय पथप्रदर्शक रिफ्रेसर तालिम बिहीबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले पर्यटकहरूको बसाइँ लम्ब्याउनेतर्फ विशेष ध्यान दिइरहेको बताउँदै भक्तपुरको पर्यटन क्षेत्रको विकाससँगसँगै रोजगारीको सिर्जना, जनताको आर्थिक अवस्थामा सुधार, आर्थिक गतिविधिबारे प्रस्ट पार्नुभयो ।
प्राकृतिक तथा सांस्कृतिक सम्पदाले गर्दा नेपालमा पर्यटन उद्योगको विकासको व्यापक सम्भावना रहेको उल्लेख गर्दै उहाँले पर्यटन उद्योगको विकास तथा विस्तार गरी राष्ट्रिय उत्पादन तथा आयमा वृद्धि, रोजगारीको अवसर सिर्जना, नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्फुटित गर्न मद्दत पुगेकोे बताउनुभयो ।
स्थानीय पथ प्रदर्शकहरूले पर्यटकहरूलाई सम्पदाहरूको तथ्य तथ्याङ्कहरूको विश्लेषण वैज्ञानिक ढङ्गले गर्नुपर्नेमा जोड दिँदै उहाँले पर्यटक र नगरवासीहरूको नजरमा एक असल पथप्रदर्शक भएर काम गर्न मार्गनिर्देश गर्नुभयो । संसारलाई आकर्षित गर्ने सम्पदाको उचित व्यवस्थापन र शान्ति सुरक्षाको ग्यारेन्टीले गर्दा भक्तपुरमा पर्यटकहरूको आकर्षण बढ्दै गइरहेको हो, उहाँले भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुरको मौलिक वस्तुहरूको प्रवद्र्धनमा पथ प्रदर्शकहरूले विशेष भूमिका खेल्न सक्ने बताउँदै स्थानीय पथ प्रदर्शकहरूले समाज उत्थानतर्फ पनि जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वातावरण समितिका सदस्य योगेन्द्रमान बिजुक्छेँ, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा र पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले तालिमका सहभागी स्थानीय पथप्रदर्शक र प्रशिक्षकहरूलाई प्रमाणपत्र र प्रशंसापत्र वितरण गर्नुभयो ।
Leave a Reply