भर्खरै :

माक्र्सको द्विशतवार्षिकीको अवसरमा विश्व सम्मेलन

विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा चीनले आगामी मे ५ र ६ मा दोस्रो विश्व सम्मेलन गर्ने भएको छ ।
सम्मेलनमा संसारभरका तीन सयभन्दा बढी माक्र्सवादका अध्येताहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ । माक्र्सवाद र वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सो सम्मेलन एउटा कोशेढुंगा हुने आयोजक समितिको प्राज्ञिक बोर्डका प्रमुख कु हायलिङले बताए ।
दोस्रो विश्व सम्मेलनको मुख्य विषय ‘माक्र्सवाद र समकालीन विश्व तथा चीन’ रहनेछ । सम्मेलनअन्तर्गत १७ वटा सहमञ्चहरु पनि आयोजना गरिनेछ । ती सहमञ्चहरुमा विकासशील देशहरुमा आधुनिकीकरण र चिनियाँ बाटो आदिबारे बहस हुनेछन् ।
कुका अनुसार यो सम्मेलनले माक्र्सवादको अनुसन्धान तथा समकालीन चीनमा माक्र्सवादमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
उनले भने,‘यो प्राज्ञिक मञ्चले चीनको बाटो, चीनको सिद्धान्त र चीनको अनुभवलाई विश्व प्राज्ञिक जगतमा बहस गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *