भर्खरै :

सी चिनफिङ र क्युवाका राष्ट्राध्यक्ष डियाज क्यानेलबिच भेटघाट

सी चिनफिङ र क्युवाका राष्ट्राध्यक्ष डियाज क्यानेलबिच भेटघाट

जोहानेसवर्ग, ७ भदौ (सीआरआई) । स्थानीय समयअनुसार अगष्ट २३ का दिन अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहान्सबर्गमा ब्रिक्स मुलुकका नेताहरूको १५ औँ भेटवार्ताको अवसरमा क्युवाका राष्ट्राध्यक्ष मिगुएल डियाज क्यानेलसँग भेटघाट गर्नुभएको छ ।
सी चिनफिङले चीनले क्युवालाई चीनको केन्द्रीय मामिलामा सधैँ नै चीनको समर्थन गरेको प्रशंसा गर्दै चीनले क्युवालाई राष्ट्रिय सर्वभौमिकताको संरक्षण गर्न, बाहिरी हस्तक्षेप र नाकाबन्दीको विरोध गर्न निरन्तररूपमा समर्थन दिने, क्युवाको आर्थिक तथा सामाजिक विकासका लागि समर्थन दिने कुरा बताउनुभयो ।
सीले चीनले क्युवाले आगामी महिना “७७ मुलुक समूह र चीन” शिखर सम्मेलनको सफलताका साथ आयोजना गर्न समर्थन दिएको, क्युवा र अरू ७७ मुलुक समूहका सदस्यसँग विकासोन्मुख मुलुकहरूको साझा हित र विकास अधिकारको राम्रोसँग संरक्षण गर्ने आशा लिएको कुरामा जोड दिनुभयो ।
जवाफमा क्युवाका राष्ट्राध्यक्ष क्यानेलले क्युवाले राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत गरिएको विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्ताव, विश्व सभ्यता प्रस्तावको समर्थन दिएको, चीनसँग ‘बेल्ट एन्ड रोड’ को साझा निर्माणको सहयोगलाई सबल पार्ने, क्युवा र चीनको भाग्य समुदायको सिर्जना गर्ने आशा लिएको कुरा बताउनुभयो ।
सी चिनफिङ र इथियोपियाका प्रधानमन्त्री अबीबिच भेटघाट
स्थानीय समयअनुसार अगष्ट २३ का दिन अपराह्न चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहान्सबर्गमा ब्रिक्स मुलुकका नेताहरूको १५ औंँ भेटवार्ताको अवसरमा इथियोपियाका प्रधानमन्त्री अबी अहमेदसँग भेटघाट गर्नुभएको छ ।
भेटमा सी चिनफिङले चीन इथियोपियाका भरपर्दो मित्र र साँच्चै साझेदार हो भन्दै हालैका वर्षहरूयता दुई मुलुकले ‘बेल्ट एन्ड रोड’ को साझा निर्माण, चीन–अफ्रिका सहयोग मञ्चआदि प्रारूपहरूमा फलदायी उपलब्धि हासिल गरेका कुरा बताउनुभयो ।
सी चिनफिङले चीनले अझै धेरै चिनियाँ उद्योग–व्यवसायलाई लगानी गर्न इथियोपिया जान प्रोत्साहन गर्नुका साथै चीनले इथियोपियासँग मिलेर क्षेत्रीय शान्ति र स्थिरताका लागि योगदान दिने आशा लिएको कुरा बताउनुभयो ।
त्यसक्रममा प्रधानमन्त्री अबीले लामो समययता चीनले इथियोपियालाई समर्थन दिएकोमा कृतज्ञता ज्ञापन गर्नुका साथै चीनको मद्दत र सहयोगका कारण इथियोपियामा ठूलो विकास र परिवर्तन भएको कुरामा जोड दिनुभयो । अबीले इथियोपियाले चीनसँग कृषि, खनिजआदि क्षेत्रहरूको सहयोगलाई सबल पार्ने आशा लिनुका साथै ब्रिक्समा संलग्न हुने आशा लिएको कुरा बताउनुभयो ।


विकास र पुनरुत्थानको बाटोमा सेनेगलसँग हातेमालो गर्न चीन इच्छुकः
चिनियाँ राष्ट्राध्यक्ष स्थानीय समयअनुसार अगष्ट २३ को दिउँसो, जोहानेसबर्गमा ब्रिक्स शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सेनेगलका राष्ट्रपति म्याकि सलसँग भेटवार्ता गर्नुभएको छ ।
भेटमा राष्ट्राध्यक्ष सीले यसरी औँल्याउनुभयोः सेनेगल अफ्रिकामा चीनको महत्वपूर्ण साझेदार हो । राष्ट्रिय स्थिरता र विकास कायम गर्न सेनेगलको प्रयासको चीनले दृढतापूर्वक समर्थन गर्दछ र सेनेगलसँग पारस्परिक समर्थनलाई बलियो बनाउने, उद्योग, कृषि, पूर्वाधार निर्माण र मानवशक्ति श्रोत विकास क्षेत्रमा हुने सहयोगलाई गहन बनाउने आशा चीनले लिएको छ । यसका साथै संयुक्तरूपमा वैधानिक विकास अधिकार र हितको रक्षा गर्दै दुई देश बिच व्यापक रणनीतिक सहकारी साझेदारी सम्बन्धलाई बढाउने इच्छुक चीनसँग छ ।
सोही अवसरमा सेनेगरका राष्ट्रपति म्याकि सलले फेरि एक पटक, म चीन र सेनेगल बिचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धको उच्च प्रशंसा गर्नुभएको छ । साथै उहाँले एक चीन नीतिलाई दृढतापूर्वक कायम राख्दै सेनेगल–चीन द्विपक्षीय सहयोग राम्रोसँग विकसित पार्ने पुष्टि पनि गर्नुभएको छ ।


चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र बङ्गलादेशकी प्रधानमन्त्री हसिनाबिच भेटघाट
पेइचिङ, २४ अगस्ट (सीआरआई) । स्थानीय समयअनुसार अगष्ट २३ का दिन अपराह्न चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहानेसवर्गमा ब्रिक्स मुलुकका नेताहरूको १५ औँ भेटवार्ताको अवसरमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गर्नुभएको छ ।
भेटवार्तामा सीले चीनले बङ्गलादेशसँग विभिन्न क्षेत्रको व्यवहारिक सहयोगलाई सबल पार्ने, चीन र बङ्गलादेशको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ तहमा चढाउने र दुई मुलुकका जनतालाई लाभ दिने आशा लिएको कुरा बताउनुभयो ।


सीले चीनले बङ्गलादेशलाई राष्ट्रिय सर्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अक्षुण्णताको संरक्षण गर्न, स्वदेशी एकता र स्थिरताको संरक्षण गर्न समर्थन दिनुका साथै बङ्गलादेशसँग केन्द्रीय हितमा आपसी समर्थन कायम राख्ने कुरामा जोड दिनुभयो ।
प्रत्युत्तरमा बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले सन् २०१६मा राष्ट्राध्यक्ष सी चिनफिङले बङ्गलादेशको राजकीय भ्रमण गर्नुभएको र यो दुई मुलुकको सम्बन्धको कोसेढुङ्गा बनेको स्मरण गर्नुभयो । हसिनाले राष्ट्राध्यक्ष सी चिनफिङले ‘बेल्ट एण्ड रोड’ प्रस्ताव प्रस्तुत गर्नुभएको दशौं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिनुका साथै ‘बेल्ट एरुण्ड रोड’ को साझा निर्माणले बङ्गलादेशका लागि विकासको नयाँ ढोका खोलेको कुरा बताउनुभयो । बङ्गलादेशले चीनसँग द्विपक्षीय सम्बन्धलाई सबल पार्ने, ब्रिक्सआदि बहुपक्षीय प्रणालीको सहयोग बढाउने आशा लिएको कुरा पनि हसिनाले व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *