बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
माक्र्सवादी र लेनिनवादीहरू सबै पक्षलाई आलोचनात्मक ढङ्गले हेर्छन् । आफूले गरेको काम कति सही र कति गलत समीक्षा गरिरहनुपर्छ । कुनै दलको नाउँ माक्र्सवादी–लेनिनवादी हुँदैमा त्यो दल माक्र्सवादी हुन्छ भन्ने होइन । माक्र्सवादी विचारलाई गहिरिएर अध्ययन गर्नुपर्छ । गहिरिएर अध्ययन गरेर व्यवहारमा लागु गर्नुपर्छ । माक्र्सवादीहरूले माक्र्सवादको मूलभूत सिद्धान्त थाहा पाउनुपर्छ । माक्र्सवादी सिद्धान्त जनतामाझ पु¥याउनुपर्छ । दलको पथप्रदर्शक माक्र्सवादी लेनिनवादी राखेर जनतालाई सुसूचित पारिएन भने त्यो देखाउने दाँत हुन्छ । दलको मार्गनिर्देशक सिद्धान्तबारे जनतालाई सुसूचित पार्दैन भने त्यो दलले माक्र्सवादी सिद्धान्त पालना गर्ला र आमूल परिवर्तनको निम्ति बाटो कोर्ला भनी कसरी विश्वास गर्ने ? ‘जनयुद्ध’ असफल भएपछि माओवादी केन्द्रले क्रान्तिकारी बाटो त्यागेकै हो । यो माओवादी केन्द्रले गलत बाटो लिँदाको परिणाम हो ।
क्रान्तिकारी बाटो छोड्नेहरू माक्र्सवादी हुँदैनन् । देश, काल र परिस्थिति तयारी नहुँदा माओवादीले त्यसबेला थालेको ‘जनयुद्ध’ गलत साबित भयो । नेमकिपाले त्यसको आलोचना गरेको थियो, झापामा मालेले थालेको व्यक्तिहत्याको राजनीतिको आलोचना गरेको थियो । कम्युनिस्ट भनिने दलहरू सामेल भएको वर्तमान सरकारले एमसीसी सम्झौता गर्दा नेमकिपाले विरोध गरेको थियो । एमसीसी सम्झौता पास गर्न नदिन सदन र सडकमा सरकारको ध्यानाकर्षण गरिएको थियो । नागरिकता विधेयक पारित गर्दा संसद् घेराउ गर्दै पास नगर्न खबरदारी गरिएको थियो । यसरी नेमकिपाले सत्तासीन दल र ठूला दलका नेताहरूले गरेको देशघाती र जनघाती कामको विरोध गर्दै आएको छ । नेमकिपाले एकातिर खोटो विचारको खण्डन गर्दै सचेत पार्दै आएको छ भने अर्कोतिर देशघाती सम्झौता र सहमतिको विरोध गर्दै आएको हो । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा मान्ने क्रान्तिकारीहरूले खोटो विचारको खण्डन गर्नुपर्छ, खबरदारी गर्नुपर्छ । त्यो जिम्मेवारी नेमकिपाले पूरा गर्दै आएको छ ।
हरेक राजनीतिक दलले वर्ग शत्रु चिन्नुपर्छ । वर्ग शत्रु र वर्ग मित्र चिनेर राजनीति गर्नुपर्छ । वर्ग शत्रुलाई वर्ग मित्र र वर्ग मित्रलाई वर्ग शत्रु सम्झेर देशको राजनीति सही ढङ्गले अघि बढ्दैन । हामीमा वर्गविरोधी भावना हुनुपर्छ । सबैले सबैलाई मिलाएर लान सकिँदैन । सबैसँग सहकार्य गरेर देशमा परिवर्तन सम्भव छैन, शोषणरहित समाज स्थापना हुँदैन । कसैले कसैलाई हिलोछ्याप्दैमा आफ्नो बाटो सही हुन्छ र माक्र्सवादी हुन्छ भन्ने कुरा पनि होइन । लामो समय राजनीति गर्दैमा, एक दुई वटा माक्र्सवादी ग्रन्थ अध्ययन गर्दैमा पनि कुनै व्यक्ति माक्र्सवादी हुने होइन । सङ्घर्ष नगरिकन व्यवस्था बदल्न निकै कठिन हुन्छ । राणा शासन अन्त्य गर्न सङ्घर्ष भएकै हो । सङ्घर्षमा रगतको खोलो बगेकै हो । पञ्चायती व्यवस्था अन्त्य गर्न पनि नेपाली जनताले रगतको खोलो बगाएका थिए । यो पुँजीवादी व्यवस्था बदल्न पनि सङ्घर्ष नगरी सम्भव छैन । पुँजीवादी बन्दोबस्तको निर्वाचनबाट कुनै दलले बहुमत प्राप्त गरे पनि व्यवस्था बदल्न सक्दैन । सरकारले केही सुधार गर्ला, तर सङ्घर्ष नगरिकन पुँजीवादी व्यवस्था बदल्न सक्दैन ।
युद्धको विजय या हार हुने कुराको निर्णय जनताले गर्छन्, एक दुईवटा नयाँ हतियारले होइन । पुँजीवादी सत्तामा कुनै कम्युनिस्ट पार्टी नै गए पनि बहुमत जनताको पक्षमा ऐन कानुन बनाउन सकिँदैन, बनाउन दिँदैन । राजनीतिकरूपले एकगठ भएर उठेका जनताले विजय पाउँछन् । त्यसकारण, जनताको समस्या अघि सारेर जनतालाई सचेत पार्नुपर्छ । यो काम नेमकिपाले गरिरहेको छ । अरू कम्युनिस्ट भनिने पार्टीले पनि यो काम गर्नुपर्छ । यो पुँजीवादी व्यवस्थाले सबै काम गर्छ भन्नु सही होइन । व्यवस्था नबदलिकन बहुमत जनताको हित हुनेछैन ।
Leave a Reply