यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ललितपुर, १० भदौ । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समितिको आयोजनामा भक्तपुर काण्डको भत्र्सना गर्दै अन्तरक्रियात्मक अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय प्रतिनिधि एन.महर्जनले सामन्त र पुँजीपतिवर्गले आफ्नो सत्ता टिकाउन कामदार जनताको विरूद्धमा विभिन्न षड्यन्त्र गरिरहने बताउनुभयो ।
देश र जनताको पक्षमा लड्ने कम्युनिस्टहरूमाथि अरू देशमा पनि षड्यन्त्र भएको इतिहासबारे चर्चा गर्दै उहाँले जर्मन राइखस्ताग काण्डबारे जानकारी गराउनुभयो ।
नेमकिपा ललितपुरका उपाध्यक्ष अशोक महर्जनले नेमकिपाको स्वार्थ भनेको कामदार जनताको हक र हितमा काम गर्नु हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष रोसनमैँया सुवालले पञ्चायती व्यवस्थाले षड्यन्त्र गरी भक्तपुर काण्ड रचेको, भक्तपुरमा युवाहरू बस्नै नसकिने गरी दमन गरेको, निर्दोष कार्यकर्ता र जनतालाई निर्ममतापूर्वक यातना दिएको घटनाबारे जानकारी दिनुभयो ।
नेमकिपा महलक्ष्मी नगरका चन्द्रमान महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विकी महर्जन, रूपना महर्जन, सुजिना महर्जन, कृष्णराज महर्जन, अनिष महर्जन, रविना महर्जन, सोनिका महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply